< हिब्रू 12 >

1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ ।
ܡܛܠ ܗܢܐ ܐܦ ܚܢܢ ܕܐܝܬ ܠܢ ܗܠܝܢ ܟܠܗܘܢ ܤܗܕܐ ܕܐܝܟ ܥܢܢܐ ܚܕܝܪܝܢ ܠܢ ܢܫܕܐ ܡܢܢ ܟܠ ܝܘܩܪܝܢ ܐܦ ܚܛܝܬܐ ܕܒܟܠܙܒܢ ܡܛܝܒܐ ܗܝ ܠܢ ܘܒܡܤܝܒܪܢܘܬܐ ܢܪܗܛܝܘܗܝ ܠܐܓܘܢܐ ܗܢܐ ܕܤܝܡ ܠܢ
2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
ܘܢܚܘܪ ܒܝܫܘܥ ܕܗܘ ܗܘܐ ܪܝܫܐ ܘܓܡܘܪܐ ܠܗܝܡܢܘܬܢ ܕܚܠܦ ܚܕܘܬܐ ܕܐܝܬ ܗܘܐ ܠܗ ܤܝܒܪ ܨܠܝܒܐ ܘܥܠ ܒܗܬܬܐ ܐܡܤܪ ܘܥܠ ܝܡܝܢܐ ܕܟܘܪܤܝܗ ܕܐܠܗܐ ܝܬܒ
3 त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
ܚܙܘ ܗܟܝܠ ܟܡܐ ܤܝܒܪ ܡܢ ܚܛܝܐ ܗܢܘܢ ܕܗܢܘܢ ܗܘܘ ܤܩܘܒܠܐ ܠܢܦܫܗܘܢ ܕܠܐ ܬܡܐܢ ܠܟܘܢ ܘܠܐ ܬܬܪܦܐ ܢܦܫܟܘܢ
4 तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन ।
ܠܐ ܥܕܟܝܠ ܡܛܝܬܘܢ ܥܕܡܐ ܠܕܡܐ ܒܐܓܘܢܐ ܕܠܘܩܒܠ ܚܛܝܬܐ
5 अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।
ܘܛܥܝܬܘܢܝܗܝ ܠܝܘܠܦܢܐ ܐܝܢܐ ܕܐܝܟ ܕܠܒܢܝܐ ܐܡܪ ܠܟܘܢ ܒܪܝ ܠܐ ܬܗܡܐ ܡܢ ܡܪܕܘܬܗ ܕܡܪܝܐ ܘܠܐ ܬܪܦܐ ܢܦܫܟ ܐܡܬܝ ܕܡܢܗ ܡܬܟܘܢ ܐܢܬ
6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।”
ܠܡܢ ܕܪܚܡ ܓܝܪ ܡܪܝܐ ܪܕܐ ܠܗ ܘܡܢܓܕ ܠܒܢܝܐ ܐܝܠܝܢ ܕܗܘ ܨܒܐ ܒܗܘܢ
7 कष्‍टलाई अनुशासनझैँ सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र?
ܤܝܒܪܘ ܗܟܝܠ ܡܪܕܘܬܐ ܡܛܠ ܕܐܝܟ ܕܠܘܬ ܒܢܝܐ ܤܥܪ ܨܐܕܝܟܘܢ ܐܠܗܐ ܐܝܢܘ ܓܝܪ ܒܪܐ ܕܠܐ ܪܕܐ ܠܗ ܐܒܘܗܝ
8 तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ ।
ܘܐܢ ܕܠܐ ܡܪܕܘܬܐ ܐܢܬܘܢ ܗܝ ܕܒܗ ܡܬܪܕܐ ܟܠܢܫ ܗܘܝܬܘܢ ܠܟܘܢ ܢܘܟܪܝܐ ܘܠܐ ܒܢܝܐ
9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र?
ܘܐܢ ܐܒܗܝܢ ܕܒܤܪܐ ܪܕܝܢ ܗܘܘ ܠܢ ܘܒܗܬܝܢ ܗܘܝܢ ܡܢܗܘܢ ܟܡܐ ܗܟܝܠ ܚܝܒܝܢܢ ܕܢܫܬܥܒܕ ܠܐܒܘܗܝܢ ܕܪܘܚܬܐ ܘܢܚܐ
10 किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्‍म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्‍वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ ।
ܗܢܘܢ ܓܝܪ ܠܙܒܢ ܗܘ ܙܥܘܪ ܐܝܟ ܕܨܒܝܢ ܗܘܘ ܪܕܝܢ ܗܘܘ ܠܢ ܐܠܗܐ ܕܝܢ ܠܥܘܕܪܢܢ ܕܢܫܬܘܬܦ ܠܩܕܝܫܘܬܗ
11 यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ ।
ܟܠ ܡܪܕܘܬܐ ܕܝܢ ܒܙܒܢܗ ܠܐ ܡܤܬܒܪܐ ܕܕܚܕܘܬܐ ܗܝ ܐܠܐ ܕܟܪܝܘܬܐ ܠܚܪܬܐ ܕܝܢ ܦܐܪܐ ܕܫܠܡܐ ܘܕܙܕܝܩܘܬܐ ܝܗܒܐ ܠܐܝܠܝܢ ܕܒܗ ܐܬܕܪܫܘ
12 त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ ।
ܡܛܠ ܗܢܐ ܐܝܕܝܟܘܢ ܡܫܪܝܬܐ ܘܒܘܪܟܝܟܘܢ ܪܥܠܬܐ ܫܪܪܘ
13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
ܘܫܒܝܠܐ ܬܪܝܨܐ ܥܒܕܘ ܠܪܓܠܝܟܘܢ ܕܗܕܡܐ ܕܚܓܝܪ ܠܐ ܢܛܥܫ ܐܠܐ ܢܬܐܤܐ
14 हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन ।
ܗܪܛܘ ܒܬܪ ܫܠܡܐ ܥܡ ܟܠ ܐܢܫ ܘܒܬܪ ܩܕܝܫܘܬܐ ܕܒܠܥܕܝܗ ܐܢܫ ܠܡܪܢ ܠܐ ܚܙܐ
15 होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।
ܘܗܘܝܬܘܢ ܙܗܝܪܝܢ ܕܠܡܐ ܐܢܫ ܢܫܬܟܚ ܒܟܘܢ ܕܚܤܝܪ ܡܢ ܛܝܒܘܬܐ ܕܐܠܗܐ ܐܘ ܕܠܡܐ ܥܩܪܐ ܕܡܪܪܐ ܢܦܩ ܥܘܦܝܐ ܘܢܗܪܟܘܢ ܘܒܗ ܤܓܝܐܐ ܢܤܬܝܒܘܢ
16 होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् ।
ܐܘ ܠܡܐ ܐܢܫ ܢܫܬܟܚ ܒܟܘܢ ܕܙܢܝ ܘܪܦܐ ܐܝܟ ܥܤܘ ܕܒܚܕܐ ܡܐܟܘܠܬܐ ܙܒܢ ܒܘܟܪܘܬܗ
17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा उनलाई अस्‍वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्‍चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए ।
ܝܕܥܝܢ ܐܢܬܘܢ ܓܝܪ ܕܐܦ ܡܢ ܒܬܪܟܢ ܨܒܐ ܗܘܐ ܕܢܐܪܬ ܒܘܪܟܬܐ ܘܐܤܬܠܝ ܐܬܪܐ ܓܝܪ ܠܬܝܒܘܬܐ ܠܐ ܐܫܟܚ ܟܕ ܒܕܡܥܐ ܒܥܗ
18 किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्‍ने पहाडमा आएका छैनौ ।
ܠܐ ܓܝܪ ܐܬܩܪܒܬܘܢ ܠܢܘܪܐ ܕܝܩܕܐ ܘܡܬܓܫܐ ܐܦܠܐ ܠܚܫܘܟܐ ܘܠܥܪܦܠܐ ܘܠܥܪܘܪܐ
19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए ।
ܘܠܐ ܠܩܠܐ ܕܩܪܢܐ ܘܠܩܠܐ ܕܡܠܐ ܗܘ ܕܗܢܘܢ ܕܫܡܥܘܗܝ ܐܫܬܐܠܘ ܕܠܐ ܢܬܬܘܤܦ ܢܬܡܠܠ ܥܡܗܘܢ
20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्‍नैपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । (नोटः केही पुरानो संस्करणमा लेखिएको छः एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्‍नैपर्छ) ।”
ܠܐ ܓܝܪ ܡܫܟܚܝܢ ܗܘܘ ܠܡܤܝܒܪܘ ܡܕܡ ܕܐܬܦܩܕܘ ܕܐܦܢ ܚܝܘܬܐ ܬܬܩܪܒ ܠܘܬ ܛܘܪܐ ܬܬܪܓܡ
21 मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो, “म डराएँ र म डरले काम्दै छु ।”
ܘܗܟܢܐ ܕܚܝܠ ܗܘܐ ܚܙܘܐ ܕܡܘܫܐ ܐܡܪ ܕܕܚܝܠ ܐܢܐ ܘܪܬܝܬ ܐܢܐ
22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ ।
ܐܢܬܘܢ ܕܝܢ ܐܬܩܪܒܬܘܢ ܠܛܘܪܐ ܕܨܗܝܘܢ ܘܠܡܕܝܢܬܐ ܕܐܠܗܐ ܚܝܐ ܠܐܘܪܫܠܡ ܕܒܫܡܝܐ ܘܠܟܢܫܐ ܕܪܒܘܬܐ ܕܡܠܐܟܐ
23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ ।
ܘܠܥܕܬܐ ܕܒܘܟܪܐ ܕܡܬܟܬܒܝܢ ܒܫܡܝܐ ܘܠܐܠܗܐ ܕܝܢܐ ܕܟܠ ܘܠܪܘܚܬܐ ܕܟܐܢܐ ܕܐܬܓܡܪܘ
24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
ܘܠܝܫܘܥ ܡܨܥܝܐ ܕܕܝܬܩܐ ܚܕܬܐ ܘܠܪܤܤ ܕܡܗ ܕܡܡܠܠ ܛܒ ܡܢ ܗܘ ܕܗܒܝܠ
25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र?
ܐܙܕܗܪܘ ܗܟܝܠ ܕܠܡܐ ܬܫܬܐܠܘܢ ܡܢ ܡܢ ܕܡܠܠ ܥܡܟܘܢ ܐܢ ܓܝܪ ܗܢܘܢ ܠܐ ܐܬܦܨܝܘ ܕܐܫܬܐܠܘ ܡܢ ܕܡܠܠ ܥܡܗܘܢ ܒܐܪܥܐ ܚܕ ܟܡܐ ܚܢܢ ܐܢ ܢܫܬܐܠ ܡܢ ܡܢ ܕܡܠܠ ܥܡܢ ܡܢ ܫܡܝܐ
26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्‍नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।”
ܐܝܢܐ ܕܩܠܗ ܐܪܥܐ ܐܙܝܥ ܗܫܐ ܕܝܢ ܡܠܟ ܘܐܡܪ ܕܬܘܒ ܚܕܐ ܙܒܢ ܐܢܐ ܐܙܝܥ ܠܐ ܒܠܚܘܕ ܐܪܥܐ ܐܠܐ ܐܦ ܫܡܝܐ
27 “अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन्, सबै निकालिनेछन् र हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् ।
ܗܕܐ ܕܝܢ ܕܐܡܪ ܚܕܐ ܙܒܢ ܡܚܘܝܐ ܫܘܚܠܦܐ ܕܗܢܘܢ ܕܡܬܙܝܥܝܢ ܡܛܠ ܕܥܒܝܕܐ ܐܢܘܢ ܕܢܩܘܘܢ ܗܢܘܢ ܕܠܐ ܡܬܙܝܥܝܢ
28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौँ ।
ܡܛܠ ܗܟܝܠ ܕܩܒܠܢ ܡܠܟܘܬܐ ܕܠܐ ܡܬܙܝܥܐ ܢܐܚܘܕ ܛܝܒܘܬܐ ܕܒܗ ܢܫܡܫ ܘܢܫܦܪ ܠܐܠܗܐ ܒܬܚܡܨܬܐ ܘܒܕܚܠܬܐ
29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।
ܐܠܗܢ ܓܝܪ ܢܘܪܐ ܗܘ ܐܟܠܬܐ

< हिब्रू 12 >