< हिब्रू 11 >
1 अब विश्वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो ।
我们对上帝的信,就是对所盼望之事的确定,是没有看见的事的明证。
2 किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्वासका निम्ति यसरी नै प्रमाणित भएका थिए ।
因着这对上帝的信,古人得到了上帝的称许。
3 विश्वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्व परमेश्वरको आज्ञाद्वारा सृष्टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् । (aiōn )
因着我们对上帝的信,我们明白整个宇宙是上帝命令建造的,也就是说,看得见的一切,可以看到的东西是由不能看到的东西构成的。 (aiōn )
4 विश्वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए । यसकारण, तिनी धर्मी हुन पुगे । यसरी, परमेश्वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए । त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् ।
亚伯因为相信上帝,献上了比该隐更美的祭品;借着这信心,他被上帝称许,认为他生活在正直良善之中。上帝通过接受他的献祭表明了这一点。尽管亚伯已死很久,仍然通过他的所作所为对我们说话。
5 विश्वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्वरलाई प्रसन्न पारेको प्रमाणित भएको थियो ।
因为信上帝,以诺被带到天堂,让他不会死,人也找不着他,因为上帝把他带到天堂了。在发生这件事之前,他就被称为是让上帝喜悦之人。
6 विनाविश्वास परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ । किनकि जो परमेश्वरकहाँ आउँछ उसले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्वास गर्नुपर्छ ।
没有信,就不能得到上帝的喜悦;因为来到上帝面前的人,必须信上帝存在,并且信他会赏赐那些寻求他的人。
7 विश्वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।
诺亚信上帝,所以上帝向他警告一些之前从未发生过的事情。因为诺亚非常重视上帝的话,所以建造了一艘方舟拯救自己的家人。通过信上帝,诺亚表明世界是错的,作为奖励,上帝确认他正直良善。
8 अब्राहामलाई बोलाइँदा विश्वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्ने कुरा थाहै नपाए तापनि तिनी गए ।
通过信靠上帝,当上帝呼唤亚伯拉罕去上帝将赐给他的土地时,亚伯拉罕听从了。他离开的时候,并不知道要去哪里。
9 तिनी विश्वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे ।
他信上帝,住在上帝承诺之地。作为一个外族人住在帐篷里,与他分享相同承诺的以撒和雅各一起生活。
10 किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्वर स्वयम् हुनुहुन्छ ।
因为他等待那座有根基的城,就是上帝所设计所建造的城。
11 सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्ति विश्वासद्वारा नै प्राप्त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्वासयोग्य भइरहे ।
因为信,撒拉虽然过了生育的年龄,还是能够怀孕,因为她认为承诺她的一切是值得信赖的。
12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्नै सकिँदैन ।
这就是为什么一个几乎快死之人,竟然生出许多子孙来,仿佛天上的星那么众多,海边的沙那么无数。
13 यी सबै प्रतिज्ञालाई प्राप्त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्ने कुरा स्वीकार गर्दै तिनीहरू विश्वासमा नै मरे ।
他们都死了,但仍然信上帝。虽然他们没有得到上帝承诺的,但仍然在远处寻找并迎接,承认他们在这个世界上就是异族人,只是路人。
14 किनकि जसले यस्ता कुराहरू भन्दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ ।
说这样话的人,表明他们在寻求一个自己的国家。
15 साँच्चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए ।
如果他们怀念已经离开了的国家,还有可以回去的机会。
16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्वर तिनीहरूका परमेश्वर हुन लजाउनुहुन्न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
但是现在他们所向往的,是一个更美、在天上的国家。所以上帝没有对他们失望,并且很高兴被称为他们的上帝,因为他为他们建造了一座城市。
17 आफ्नो जाँच हुँदा विश्वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्त गरेका थिए ।
因为信,亚伯拉罕在受考验的时候,把以撒献上;这接受上帝承诺的人,仍然准备好向上帝献上了自己的独生子;
18 यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।”
尽管曾有人告诉他:“以撒生的,才可以称为你的后裔。”
19 परमेश्वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्नुहुने थियो भन्ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।
亚伯拉罕坚信,上帝可以让以撒死而复生。这件事在某种意义上而言确实成真了,亚伯拉罕的儿子死而复生, 形象地说。
20 आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्वासद्वारा नै याकूब र एसावलाई आशिष् दिए ।
因为信上帝,以撒对未来将要发生的事情,祝福雅各和以扫。
21 याकूब मर्नै लागेका बेलामा विश्वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष् दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे ।
因为信上帝,雅各临死的时候,分别为约瑟的儿子祝福,并敬拜上帝,靠着他的杖。
22 योसेफको अन्त्य नजिकिँदा विश्वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए ।
因为信上帝,约瑟临终的时候,提到以色列子民出埃及的事,并为自己的骸骨留下遗言。
23 मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन् ।
因为信上帝,摩西出生后,他的父母将他藏了三个月。他们意识到这是一个特殊的孩子,所以不害怕违背国王的命令。
24 मोशा हुर्केपछि विश्वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे ।
因为信上帝,摩西长大了以后,拒绝被称为法老女儿的儿子。
25 त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँगै दुःख भोग्ने कुरालाई छाने ।
他宁愿选择和上帝的子民一同受苦,也不肯享受罪恶中暂时的快乐。
26 मिश्रको सम्पत्तिमा भन्दा ख्रीष्टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए ।
在他看来,为基督受的凌辱,比埃及的财富更宝贵,因为他关注未来的赏赐。
27 विश्वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे ।
因为信上帝,他离开了埃及,不怕法老的忿怒;他坚定不移,双眼关注的就是看不到的上帝。
28 त्यसकारण, नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे ।
因为信上帝,他遵循逾越节和洒血的礼仪,以免毁灭天使触碰以色列人。
29 विश्वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।
因为信上帝,他们走过了红海,好像走过旱地一样;埃及人也试着要过去,就被淹没了。
30 तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्वासद्वारा नै यो ढल्यो ।
因为信上帝,耶利哥的城墙被围绕了七天,就倒塌了。
31 राहाब वेश्याले विश्वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्ट भइनन् ।
因为信上帝,妓女喇合以和平方式迎接以色列的侦察之人,没有和那些不顺从之人一起灭亡。
32 अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शमूएल र अगमवक्ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन ।
我还要再说什么例子呢?如果再要述说基甸、巴拉、参孙、耶弗他、大卫、撒母耳和众先知的事,时间就不够了。
33 विश्वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए ।
他们凭借对上帝的信,战胜了敌国,伸张了正义,得到了上帝承诺,堵住了狮子的口,
34 तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए ।
消灭了烈火的威力,逃脱了刀剑的锋刃,软弱变成刚强,在战争中显出力量,把外国的军队击退。
35 स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे ।
妇女死去的家人复活;但也有些人忍受了酷刑,不肯接受释放,为的是要得到更美的复活。
36 अरूहरूले निन्दा, कोर्रा, साङ्ला र कैदजस्ता आदि कुराहरू सहे ।
又有些人遭受了戏弄、鞭打,甚至捆锁、监禁;
37 तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्यो र विभिन्न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्यो ।
被石头打死,被切成碎片,被折磨,被刀杀死。他们穿着绵羊山羊的皮到处奔跑、受穷乏、遭患难、被虐待;
38 यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्यो ।
他们是这世界不配有之人,飘流无定,在荒野、山岭、石洞和地穴栖身。
39 यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्वासको कारण परमेश्वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्त गर्न सकेनन् ।
所有这些人都因信上帝获得许可,却还没有得着所承诺的一切;
40 हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।
因为上帝已经为我们预备了更美的事,使他们若不跟我们在一起,就不能完全。