< हाग्‍गै 2 >

1 सातौँ महिनाको एक्‍काईसौँ दिनमा, अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
ダリヨス王の二年の七月二十一日に、主の言葉が預言者ハガイに臨んだ、
2 यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू, र बाँकी रहेका मानिसहरूलाई यस्तो भन् ।
「シャルテルの子、ユダの総督ゼルバベルと、ヨザダクの子、大祭司ヨシュア、および残りのすべての民に告げて言え、
3 ‘तिमीहरूमध्ये को बाँकी छ जसले यो भवनलाई त्यसको पहिलेको महिमामा देखेको थियो? अहिले तिमीहरूले यो कस्तो देख्छौ? के तिमीहरूका नजरमा यो केही मोल नभएको जस्तो छैन र?
『あなたがた残りの者のうち、以前の栄光に輝く主の家を見た者はだれか。あなたがたは今、この状態をどう思うか。これはあなたがたの目には、無にひとしいではないか。
4 अब, यरुबाबेल साहसी हो! - परमप्रभु घोषणा गर्नुहुन्छ, र यहोसादाकका छोरा यहोशू साहसी हो, र भूमिका सबै मानिसहरू, साहसी होओ! - परमप्रभु घोषणा गर्नुहुन्छ- र काम गर्, किनकि म तिमीहरूसँग छु! यो सेनाहरूका परमप्रभुको घोषणा हो ।
主は言われる、ゼルバベルよ、勇気を出せ。ヨザダクの子、大祭司ヨシュアよ、勇気を出せ。主は言われる。この地のすべての民よ、勇気を出せ。働け。わたしはあなたがたと共にいると、万軍の主は言われる。
5 यो त्यही करार हो जुन मैले तिमीहरू मिश्रदेशबाट बाहिर आउँदा तिमीहरूसँग स्थापित गरेको थिएँ, र मेरो आत्मा तिमीहरूसँग छ । नडराओ!
これはあなたがたがエジプトから出た時、わたしがあなたがたに、約束した言葉である。わたしの霊が、あなたがたのうちに宿っている。恐れるな。
6 किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: केही समयमा, म फेरि आकाश र पृथ्वी, र समुद्र र सुक्खा भूमिलाई हल्लाउनेछु!
万軍の主はこう言われる、しばらくして、いま一度、わたしは天と、地と、海と、かわいた地とを震う。
7 म हरेक जातिलाई हल्लाउनेछु, र हरेक जातिले तिनीहरूका बहुमुल्य थोकहरू मकहाँ ल्याउनेछन्, अनि म यो भवनलाई महिमाले भर्नेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
わたしはまた万国民を震う。万国民の財宝は、はいって来て、わたしは栄光をこの家に満たすと、万軍の主は言われる。
8 चाँदी र सुन मेरै हुन्! - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ ।
銀はわたしのもの、金もわたしのものであると、万軍の主は言われる。
9 यस भवनको महिमा सुरुवातको समयको भन्दा पछि अति महान् हुनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, र म यस ठाउँमा शान्ति दिनेछु - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ ।”
主の家の後の栄光は、前の栄光よりも大きいと、万軍の主は言われる。わたしはこの所に繁栄を与えると、万軍の主は言われる』」。
10 दाराको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा, अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
ダリヨスの二年の九月二十四日に、主の言葉が預言者ハガイに臨んだ、
11 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: व्यवस्थाको विषयमा पूजाहारीहरुलाई सोध्,
「万軍の主はこう言われる、律法について祭司たちに尋ねて言え、
12 ‘परमप्रभुको निम्ति अलग गरिएको मासुलाई कसैले आफ्नो लुगामा पोको पारेर लग्यो, र त्यो पोकोले रोटी वा सुरुवा, मद्य वा तेल, वा कुनै भोजनलाई छोयो भने, के त्यो पवित्र हुन्छ?’” पूजाहारीहरुले यस्तो जवाफ दिए, “हुँदैन ।”
『人がその衣服のすそで聖なる肉を運んで行き、そのすそがもし、パンまたはあつもの、または酒、または油、またはどんな食物にでもさわったなら、それらは聖なるものとなるか』と」。祭司たちは「ならない」と答えた。
13 अनि हाग्‍गैले भने, “मरेको मानिस छोएर अशुद्ध भएको कोहीले यी कुराहरू छोयो भने, के ती अशुद्ध हुन्छन्?” पूजाहारीहरुले जवाफ दिए, “हो, ती अशुद्ध हुन्छन् ।”
ハガイはまた言った、「もし、死体によって汚れた人が、これらの一つにさわったなら、それは汚れるか」。祭司たちは「汚れる」と答えた。
14 यसैकारण हाग्‍गैले जवाफ दिए, “यसैकारण मेरो अगि यी मानिसहरू र यो जाति, र तिनीहरूका हातले गरेका सबै कुरा यस्तै छन्! - परमप्रभु घोषणा गर्नुहुन्छ । तिनीहरूले मलाई अर्पण गरेका कुरा अशुद्ध छन्!
そこで、ハガイは言った、「主は言われる、この民も、この国も、わたしの前では、そのようである。またその手のわざもそのようである。その所で彼らのささげるものは、汚れたものである。
15 यसैकारण अब, आजको दिनसम्म पुर्‍याउने बितेको समयको बारेमा विचार गर । परमप्रभुको मन्दिरमा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा राख्‍नअगि त्यो कस्तो थियो?
今、あなたがたはこの日から、後の事を思うがよい。主の宮で石の上に石が積まれなかった前、あなたがたは、どんなであったか。
16 तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए ।
あの時には、二十枡の麦の積まれる所に行ったが、わずかに十枡を得、また五十桶をくもうとして、酒ぶねに行ったが、二十桶を得たのみであった。
17 मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्छ ।
わたしは立ち枯れと、腐り穂と、ひょうをもってあなたがたと、あなたがたのすべての手のわざを撃った。しかし、あなたがたは、わたしに帰らなかったと主は言われる。
18 नवौँ महिनाको चौबीसौँ दिनबाट उसो परमप्रभुको मन्दिरको जग बसालिएको कुरामाथि ध्यान देओ ।
あなたがたはこの日より後、すなわち、九月二十四日よりの事を思うがよい。また主の宮の基をすえた日から後の事を心にとめるがよい。
19 के भण्डारमा अझै बीउ छ? दाखको बोट, अन्जिरको रूख, अनार, र जैतूनको रूखले फल दिएको छैन । तर यस दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु!”
種はなお、納屋にあるか。ぶどうの木、いちじくの木、ざくろの木、オリブの木もまだ実を結ばない。しかし、わたしはこの日から、あなたがたに恵みを与える」。
20 त्यस महिनाको चौबीसौँ दिनमा परमप्रभुको यस्तो वचन फेरि एक पटक हाग्‍गैकहाँ आयो,
この月の二十四日に、主の言葉がふたたびハガイに臨んだ、
21 “‘मैले आकाश र पृथ्वी हल्लाउनेछु भनी यहूदाका राज्यपाल यरुबाबेललाई भन् ।
「ユダの総督ゼルバベルに告げて言え、わたしは天と地を震う。
22 किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्‍नेछन् ।
わたしは国々の王位を倒し、異邦の国々の力を滅ぼし、また戦車、およびこれに乗る者を倒す。馬およびこれに乗る者は、たがいにその仲間のつるぎによって倒れる。
23 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, त्यस दिन ए शालतिएलका छोरा यरुबाबेल, म तँलाई मेरो दास बनाउनेछु । म तँलाई छाप-औँठीझैँ बनाउनेछु, किनभने मैले तँलाई चुनेको छु! परमप्रभु घोषणा गर्नुहुन्छ!’”
万軍の主は言われる、シャルテルの子、わがしもべゼルバベルよ、主は言われる、その日、わたしはあなたを立て、あなたを印章のようにする。わたしはあなたを選んだからであると、万軍の主は言われる」。

< हाग्‍गै 2 >