< हाग्गै 2 >
1 सातौँ महिनाको एक्काईसौँ दिनमा, अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
Au septième mois le vingt et un du mois, la parole de Yahweh se fit entendre par l’intermédiaire d’Aggée, le prophète, en ces termes:
2 यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू, र बाँकी रहेका मानिसहरूलाई यस्तो भन् ।
Parle donc à Zorobabel, fils de Salathiel, gouverneur de Juda, à Jésus, fils de Josédec, le grand prêtre, et au reste du peuple, en ces termes:
3 ‘तिमीहरूमध्ये को बाँकी छ जसले यो भवनलाई त्यसको पहिलेको महिमामा देखेको थियो? अहिले तिमीहरूले यो कस्तो देख्छौ? के तिमीहरूका नजरमा यो केही मोल नभएको जस्तो छैन र?
Quel est parmi vous le survivant qui a vu cette maison dans sa gloire première, et en quel état la voyez-vous maintenant? Ne paraît -elle pas à vos yeux comme rien?
4 अब, यरुबाबेल साहसी हो! - परमप्रभु घोषणा गर्नुहुन्छ, र यहोसादाकका छोरा यहोशू साहसी हो, र भूमिका सबै मानिसहरू, साहसी होओ! - परमप्रभु घोषणा गर्नुहुन्छ- र काम गर्, किनकि म तिमीहरूसँग छु! यो सेनाहरूका परमप्रभुको घोषणा हो ।
Et maintenant, courage Zorobabel! — oracle de Yahweh. Courage, Jésus fils de Josédec, grand prêtre! Courage, tout le peuple du pays, — oracle de Yahweh, — et agissez! Car je suis avec vous, — oracle de Yahweh des armées.
5 यो त्यही करार हो जुन मैले तिमीहरू मिश्रदेशबाट बाहिर आउँदा तिमीहरूसँग स्थापित गरेको थिएँ, र मेरो आत्मा तिमीहरूसँग छ । नडराओ!
Il y a l’engagement que j’ai pris avec vous, quand vous êtes sortis d’Égypte; et mon Esprit demeure au milieu de vous: ne craignez rien!
6 किनभने सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: केही समयमा, म फेरि आकाश र पृथ्वी, र समुद्र र सुक्खा भूमिलाई हल्लाउनेछु!
Car ainsi parle Yahweh des armées: Une fois encore, et ce sera dans peu, j’ébranlerai les cieux et la terre, la mer et le continent
7 म हरेक जातिलाई हल्लाउनेछु, र हरेक जातिले तिनीहरूका बहुमुल्य थोकहरू मकहाँ ल्याउनेछन्, अनि म यो भवनलाई महिमाले भर्नेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
J’ébranlerai toutes les nations, et les trésors de toutes les nations viendront; et je remplirai de gloire cette maison, dit Yahweh des armées.
8 चाँदी र सुन मेरै हुन्! - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ ।
À moi l’argent, à moi l’or, — oracle de Yahweh des armées.
9 यस भवनको महिमा सुरुवातको समयको भन्दा पछि अति महान् हुनेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, र म यस ठाउँमा शान्ति दिनेछु - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ ।”
Grande sera la gloire de cette maison, la dernière plus que la première; et en ce lieu je mettrai la paix, — oracle de Yahweh des armées.
10 दाराको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा, अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो,
Le vingt-quatrième jour du neuvième mois, la deuxième année de Darius, la parole de Yahweh se fit entendre par l’intermédiaire d’Aggée, le prophète, en ces termes:
11 “सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: व्यवस्थाको विषयमा पूजाहारीहरुलाई सोध्,
Ainsi parle Yahweh des armées: Demande aux prêtres une décision en ces termes:
12 ‘परमप्रभुको निम्ति अलग गरिएको मासुलाई कसैले आफ्नो लुगामा पोको पारेर लग्यो, र त्यो पोकोले रोटी वा सुरुवा, मद्य वा तेल, वा कुनै भोजनलाई छोयो भने, के त्यो पवित्र हुन्छ?’” पूजाहारीहरुले यस्तो जवाफ दिए, “हुँदैन ।”
Voici qu’un homme porte dans le pan de son vêtement de la viande consacrée; il touche de ce pan du pain, un mets bouilli, du vin, de l’huile, ou tout autre aliment: sera-ce consacré? Les prêtres répondirent et dirent: Non.
13 अनि हाग्गैले भने, “मरेको मानिस छोएर अशुद्ध भएको कोहीले यी कुराहरू छोयो भने, के ती अशुद्ध हुन्छन्?” पूजाहारीहरुले जवाफ दिए, “हो, ती अशुद्ध हुन्छन् ।”
– Et Aggée dit: si un homme souillé par le contact d’ un mort touche à toutes ces choses, seront-elles souillées? Les prêtres répondirent et dirent: elles seront souillées.
14 यसैकारण हाग्गैले जवाफ दिए, “यसैकारण मेरो अगि यी मानिसहरू र यो जाति, र तिनीहरूका हातले गरेका सबै कुरा यस्तै छन्! - परमप्रभु घोषणा गर्नुहुन्छ । तिनीहरूले मलाई अर्पण गरेका कुरा अशुद्ध छन्!
– Alors Aggée, reprenant la parole, dit: Tel est ce peuple, telle est cette nation devant moi, – oracle de Yahweh; telles sont toutes les œuvres de leurs mains: ce qu’ils offrent là est souillé.
15 यसैकारण अब, आजको दिनसम्म पुर्याउने बितेको समयको बारेमा विचार गर । परमप्रभुको मन्दिरमा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा राख्नअगि त्यो कस्तो थियो?
Et maintenant, portez votre attention de ce jour-ci en arrière, avant qu’on n’eut encore mis pierre sur pierre, au temple de Yahweh.
16 तिमीहरू बिस मुरी अन्नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए ।
Alors, quand on venait à un tas de vingt mesures, il n’y en avait que dix; quand on venait au pressoir pour y puiser cinquante mesures, il n’y en avait que vingt.
17 मैले तिमीहरू र तिमीहरूका सबै कामहरूलाई शीत र ढुसीले सताएँ, तर पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु घोषणा गर्नुहुन्छ ।
Je vous ai frappés par la rouille, la nielle et la grêle, j’ai frappé tout le travail de vos mains; et vous n’êtes pas revenus à moi, – oracle de Yahweh.
18 नवौँ महिनाको चौबीसौँ दिनबाट उसो परमप्रभुको मन्दिरको जग बसालिएको कुरामाथि ध्यान देओ ।
Portez donc votre attention de ce jour-ci en arrière; depuis le vingt-quatrième jour du neuvième mois jusqu’à partir du jour où a été fondé le temple de Yahweh, portez votre attention!
19 के भण्डारमा अझै बीउ छ? दाखको बोट, अन्जिरको रूख, अनार, र जैतूनको रूखले फल दिएको छैन । तर यस दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु!”
La semence était-elle encore dans le grenier? Même la vigne, le figuier, le grenadier et l’olivier n’ont rien produit: mais à partir de ce jour, je bénirai.
20 त्यस महिनाको चौबीसौँ दिनमा परमप्रभुको यस्तो वचन फेरि एक पटक हाग्गैकहाँ आयो,
La parole de Yahweh fut adressée une seconde fois à Aggée le vingt-quatrième jour du mois en ces termes:
21 “‘मैले आकाश र पृथ्वी हल्लाउनेछु भनी यहूदाका राज्यपाल यरुबाबेललाई भन् ।
Parle ainsi à Zorobabel, gouverneur de Juda: J’ébranlerai les cieux et la terre;
22 किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्नेछन् ।
je renverserai le trône des royaumes, je détruirai la puissance des royaumes des nations; je renverserai les chars et ceux qui les montent; les chevaux avec leurs cavaliers tomberont, par l’épée les uns des autres.
23 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, त्यस दिन ए शालतिएलका छोरा यरुबाबेल, म तँलाई मेरो दास बनाउनेछु । म तँलाई छाप-औँठीझैँ बनाउनेछु, किनभने मैले तँलाई चुनेको छु! परमप्रभु घोषणा गर्नुहुन्छ!’”
En ce jour-là, – oracle de Yahweh des armées, je te prendrai, Zorobabel, fils de Salathiel, mon serviteur, – oracle de Yahweh, et je ferai de toi comme un cachet; car je t’ai élu, – oracle de Yahweh des armées.