< हबकूक 3 >

1 अगमवक्ता हबकूकको प्रार्थना ।
این است دعای حبقوق نبی:
2 परमप्रभु मैले तपाईंको बयान सुनेको छु, र म भयभीत भएको छु । परमप्रभु, यी समयहरूको बिचमा आफ्नो काम पुनर्जीवित पार्नुहोस् । यी समयहरूको बिचमा ती परिचित बनाउनुहोस् । तपाईंको क्रोधको समयमा कृपा गर्न सम्झनुहोस् ।
ای خداوند، خبری را که به من دادی شنیدم و برای کارهایی که انجام خواهی داد با ترس و احترام تو را پرستش می‌کنم. دوباره مثل سالهای گذشته قدرت خود را به ما نشان ده تا نجات یابیم و در حین غضب خود، رحمت را به یاد آور.
3 परमेश्‍वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । सेला उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको प्रशंसाले भरिएको छ ।
خدا را می‌بینم که از تیمان می‌آید، آن قدوس از کوه فاران حرکت می‌کند. جلالش آسمانها را در بر گرفته و زمین از حمد و سپاس او پر است!
4 प्रकाशझैँ चम्किलो, दुईवटा किरण उहाँको हातबाट चम्कियो, र उहाँले आफ्नो शक्ति त्यहाँ लुकाउनुहुन्छ ।
درخشش او مانند طلوع خورشید است و از دستهای او که قدرتش در آنها نهفته است، نور می‌تابد.
5 उहाँभन्दा अगि घातक रोग फैलियो, र महामारीले उहाँलाई पछ्यायो ।
او مرض را پیشاپیش خود می‌فرستد و به مرگ فرمان می‌دهد که به دنبال او بیاید.
6 उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।
وقتی او می‌ایستد زمین تکان می‌خورد و هنگامی که نگاه می‌کند، قومها می‌لرزند. کوههای ازلی خرد می‌شوند و تپه‌های ابدی با خاک یکسان می‌گردند. قدرت او بی‌زوال است.
7 मैले कूशनका पालहरूलाई दु: खमा देखेँ, र मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ ।
مردمان کوشان و مدیان را می‌بینم که دچار ترس و اضطراب شده‌اند.
8 के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो? तपाईं घोडाहरूमाथि र विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो, वा तपाईंको रिस समुद्रको विरुद्धमा थियो?
خداوندا، آیا تو بر رودخانه‌ها و دریا خشمگین بودی که بر اسبان و ارابه‌هایت سوار شدی؟ نه، تو برای پیروزی قومت این کار را کردی.
9 तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्‍नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो ।
تو کمان را به دست گرفته، تیرها را آماده کردی و صاعقه را فرستاده زمین را شکافتی.
10 पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
کوهها تو را دیدند و به لرزه افتادند و سیلابها جاری شدند. آبهای عمیق طغیان کردند و امواجشان بالا آمدند.
11 तपाईंका तिरहरू उडेर चम्किँदा, तपाईंको चम्किलो भालाको चमक आउँदा, सूर्य र चन्द्र तिनीहरूकै उच्‍च स्थानमा अडिरहे ।
از نور تیرهایت و از برق نیزه‌های درخشانت خورشید و ماه ایستادند.
12 तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको छ । क्रोधमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभएको छ ।
با غضب جهان را پیمودی و قومها را زیر پای خود لگدمال کردی.
13 तपाईं आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो । दुष्‍टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो र त्यसको खुट्टादेखि घाँटीसम्म त्यसलाई नाङ्गो पारिदिनुभयो । सेला
تو برای نجات قوم برگزیدهٔ خود برخاستی و رهبر شریران را نابود کردی و پیروانش را از بین بردی.
14 तपाईंले त्यसका लडाकुहरूका शिरलाई तिनीहरूकै तिरले छेडिदिनुभयो किनभने तिनीहरू हामीलाई तितरबितर गर्न आँधीझैँ आए, शरणस्थानमा दरिद्रहरूलाई भस्म पार्नेको झैँ तिनीहरूको नजर थियो ।
آنها مثل گردباد بیرون آمده، خیال کردند اسرائیل به آسانی به چنگشان می‌افتد، ولی تو با سلاحهای خودشان آنها را نابود کردی.
15 तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ ।
با اسبان خود از دریا عبور کردی و آبهای نیرومند را زیر پا نهادی.
16 मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्‍डीहरू मक्‍किन्छन्, र म भित्र-भित्रै काँप्‍छु ।
وقتی اینها را شنیدم، ترسیدم و لبهایم لرزیدند. بدنم بی‌حس و زانوانم سست گردید. به آرامی انتظار روزی را می‌کشم که خدا قومی را که بر ما هجوم می‌آورد مجازات کند.
17 अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।
هر چند درخت انجیر شکوفه ندهد و درخت انگور میوه نیاورد، هر چند محصول زیتون از بین برود و زمینها بایر بمانند، هر چند گله‌ها در صحرا بمیرند و آغلها از حیوانات خالی شوند،
18 म अझै पनि परमप्रभुमा रमाहट गर्नेछु । मेरो मुक्तिको परमेश्‍वरको कारण म खुशी हुनेछु ।
اما من شاد و خوشحال خواهم بود، زیرا خداوند نجا‌ت‌دهندۀ من است.
19 परमप्रभु परमेश्‍वर मेरो शक्ति हुनुहुन्छ र उहाँले मेरा खुट्टालाई हरिणका झैँ बनाउनुहुन्छ । उहाँले मलाई उच्‍च स्थानहरू अगि जान दिनुहुन्छ । सङ्गीत निर्देशकको निम्ति, मेरा तार- वाद्दहरुमा बजाइने राग ।
خداوند یهوه قوت من است! او به من قوت می‌دهد تا مانند آهو بدوم و از صخره‌های بلند، بالا بروم. برای رهبر سرایندگان، با همراهی سازهای زهی.

< हबकूक 3 >