< हबकूक 2 >

1 म मेरो सुरक्षा-कक्षमा उभिनेछु र पहरा-पर्खालमा म बस्‍नेछु, र उहाँले मलाई के भन्‍नुहुनेछ, र म कसरी आफ्नो अभियोगबाट फर्कूँ भनेर हेर्नलाई म ध्यान दिनेछु ।
I will stand vpon my watch, and set me vpon the towre, and wil looke and see what he would say vnto mee, and what I shall answere to him that rebuketh me.
2 परमप्रभुले मलाई जवाफ दिनुभयो, “यस दर्शनलाई पाटीहरूमा प्रष्‍टसँग लेख्, ताकि यो पढ्नेचाहिँ दौडोस् ।
And the Lord answered me, and sayde, Write the vision, and make it plaine vpon tables, that he may runne that readeth it.
3 किनभने यो दर्शन भविष्यको समयको निम्ति हो र त्यो अन्ततः बोल्नेछ र विफल हुनेछैन । त्यसले ढिलाइ गरे तापनि, त्यसको प्रतीक्षा गर् । किनभने त्यो निश्‍चय नै आउनेछ र त्यसले बिलम्ब गर्नेछैन ।
For the vision is yet for an appointed time, but at the last it shall speake, and not lie: though it tarie, waite: for it shall surely come, and shall not stay.
4 हेर्, गलत इच्छा गर्नेचाहिँ घमण्डले फुलेको छ । तर धर्मीचाहिँ आफ्नो विश्‍वासले जिउनेछ ।
Beholde, he that lifteth vp himselfe, his minde is not vpright in him, but the iust shall liue by his fayth,
5 किनकि घमण्डी जवान मानिसको निम्ति मद्य विश्‍वासघाती हुन्छ, र यसैकारण त्यसले सहन सक्दैन, तर त्यसले आफ्ना इच्छाहरूलाई चिहानझैँ बढाउँछ, र त्यो मृत्युझैँ कहिल्यै सन्तुष्‍ट हुँदैन । त्यसले आफ्नो निम्ति सारा जाति र मानिसहरूलाई भेला गराउँछ । (Sheol h7585)
Yea, in deede the proude man is as hee that transgresseth by wine: therefore shall he not endure, because he hath enlarged his desire as the hell, and is as death, and can not be satisfied, but gathereth vnto him all nations, and heapeth vnto him all people. (Sheol h7585)
6 के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ र त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन र, ‘धिक्‍कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ । कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस्?’
Shall not all these take vp a parable against him, and a tanting prouerbe against him, and say, Ho, he that increaseth that which is not his? howe long? and hee that ladeth himselfe with thicke clay?
7 के तँलाई टोक्‍नेहरू अचानक उठ्नेछैनन्, अनि तँलाई त्रासमा राख्‍नेहरू जाग्‍नेछैनन्? तँ तिनीहरूका निम्ति शिकार बन्‍नेछस् ।
Shall they not rise vp suddenly, that shall bite thee? and awake, that shall stirre thee? and thou shalt be their praye?
8 तैँले धेरै जातिहरूलाई लुटेको हुनाले, जाति-जातिहरूमा बाँकी रहेकाहरू सबैले तँलाई लुट्नेछन् । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध हिंसात्मक काम गरेको छस् ।
Because thou hast spoyled many nations, all the remnant of the people shall spoyle thee, because of mens blood, and for the wrong done in the land, in the citie, and vnto all that dwell therein.
9 ‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’
Ho, he that coueteth an euil couetousnesse to his house, that he may set his nest on hie, to escape from the power of euil.
10 तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस्, र आफ्नै विरुद्ध पाप गरेको छस् ।
Thou hast consulted shame to thine owne house, by destroying many people, and hast sinned against thine owne soule.
11 किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,
For the stone shall crie out of the wall, and the beame out of the timber shall answere it.
12 ‘धिक्‍कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’
Wo vnto him that buildeth a towne with blood, and erecteth a citie by iniquitie.
13 के सेनाहरूका परमप्रभुले यो भन्‍नुभएको छैन र, जातिहरू आगोको निम्ति परिश्रम गर्दछन् र अरू सबै जातिहरू व्यर्थमा थकित हुन्छन्?
Beholde, is it not of the Lord of hostes that the people shall labour in ye very fire? the people shall euen weary themselues for very vanitie.
14 तथापि समुद्रलाई पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ ।
For the earth shall be filled with the knowledge of the glory of the Lord, as the waters couer the sea.
15 ‘धिक्‍कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ । तैँले आफ्नो रिस पोख्‍नलाई, र तिनीहरूको नग्‍नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस् ।’
Wo vnto him that giueth his neighbour drinke: thou ioynest thine heate, and makest him drunken also, that thou mayest see their priuities.
16 तँ महिमाले होइन तर शर्मले भरिनेछस् । अब यो तेरो पालो हो! पिई र आफ्नो गुप्‍तांग देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै छ, र कलंकले तेरो महिमालाई ढाक्‍नेछ ।
Thou art filled with shame for glorie: drinke thou also, and be made naked: the cup of the Lords right hand shall be turned vnto thee, and shamefull spuing shalbe for thy glory.
17 लेबनानमाथि गरिएको हिंसाले तँलाई ढाक्‍नेछ र पशुहरूको सर्वनाशले तँलाई आतंकित बनाउनेछ । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध तैँले हिंसक काम गरेको छस् ।
For the crueltie of Lebanon shall couer thee: so shall the spoyle of the beastes, which made them afraide, because of mens blood, and for the wrong done in the land, in the citie, and vnto all that dwell therein.
18 खोपेर बनाएको मुर्तिले तँलाई के लाभ हुन्छ? किनभने त्यो मुर्तिलाई खोपेर बनाउने, वा धातुलाई पगालेर मुर्ति बनाउनेचाहिँ झुटको शिक्षक हो, किनभने त्यसले यी बोल्न नसक्‍ने देवताहरू बनाएर आफ्नै हातका कलामाथि विश्‍वास गर्दछ ।
What profiteth the image? for the maker thereof hath made it an image, and a teacher of lies, though he that made it, trust therein, when he maketh dumme idoles.
19 ‘धिक्‍कार त्यसलाई जसले काठलाई उठ भन्छ, वा बोल्न नसक्‍ने ढुङ्गालाई जाग भन्छ ।’ के यी कुराहरूले सिकाउन सक्छन्? हेर्, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र सास नै छैन ।
Wo vnto him that sayth to the wood, Awake, and to the dumme stone, Rise vp, it shall teach thee: beholde, it is layde ouer with golde and siluer, and there is no breath in it.
20 तर परमप्रभु उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ । ए सारा भुमि उहाँको अगि शान्त होओ ।”
But the Lord is in his holy Temple: let all the earth keepe silence before him.

< हबकूक 2 >