< हबकूक 1 >
1 अगमवक्ता हबकूकले पाएका सन्देश,
Habaqquq peyğəmbərə görüntü ilə nazil olan xəbərdarlıq.
2 “परमप्रभु, म कति समय अझै सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? म ‘हिंसा’ भनेर तपाईंलाई पुकार्दछु, तर तपाईंले बचाउनुहुन्न ।
Ya Rəbb, nə vaxta qədər Səni imdada çağıracağam? Sənsə eşitmirsən. «Zorakılıq var!» deyə Sənə fəryad edirəm, Lakin bizi qurtarmırsan.
3 मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।
Niyə mənə şər göstərirsən, Özün də haqsızlığa baxırsan? Hara nəzər salsam, Orada soyğunçuluq və zorakılıq var, Davaların, çəkişmələrin sonu yoxdur.
4 यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।
Buna görə qanun qüvvədən düşdü, Ədalətə üstünlük verilmir. Pis adamlar salehləri dövrəyə alır, Ona görə ədalət təhrif olunur.
5 “जाति-जातिहरूलाई हेर् र तिनीहरूको जाँच गर्, अचम्मित, र आश्चर्यचकित हो! किनभने निश्चय नै तेरै समयमा म यस्तो काम गर्दै छु जसको विषयमा तँलाई बताइँदा तँलाई विश्वास लाग्नेछैन ।
Baxın o biri millətlərə, Gördüklərinizə təəccüblənərək mat qalın. Sizin vaxtınızda elə işlər görəcəyəm ki, Bunu sizə danışsalar, inanmazsınız.
6 किनभने हेर्, म बेबिलोनीहरूलाई उठाउँदै छु, त्यो भयानक र उग्र जाति । तिनीहरू सारा भुमिमा अर्काको बासस्थान खोस्नको निम्ति अगि बढिरहेका छन् ।
Budur, Mən amansız və qəddar milləti – Dünyanın dörd tərəfinə yüyürən, Özgə məskənləri zəbt edən Xaldeyliləri qaldırıram.
7 तिनीहरू डरलाग्दा र भयानक छन् । न्याय र वैभव तिनीहरूबाटै अगाडि बढ्छ ।
Onlar dəhşətli və qorxuncdur, Ədalət və şərəf yalnız onlar deyəndir.
8 तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।
Atları bəbirdən çevik, Özləri isə ac qurddan daha azğındır, Süvariləri yeri deşərək uzaqdan gəlir, Şikarını yeməyə cuman qartal kimi şığıyır.
9 तिनीहरू सबै हिंसाको निम्ति आउँछन् । तिनीहरूको समुहहरू मरुभूमिको हुरीझैँ जान्छन्, र बालुवासरह कैदीहरू ल्याउँछन् ।
Onların hamısı zorakılıq üçün gəlir, Hamısı bir nəfər kimi irəliyə üz tutur, Əsirləri qum kimi yığırlar.
10 यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् ।
Padşahlara rişxənd edirlər, Hökmdarlara gülürlər. Hər qalalı şəhərə lağ edirlər, Oraya torpaq qalağı töküb ələ keçirirlər.
11 अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,
Onlar yel kimi keçib-gedir. Qüvvələrini özlərinə allah edən bu adamlar Təqsirkar sayılacaq.
12 “परमप्रभु मेरा परमेश्वर, मेरा एक मात्र पवित्र परमेश्वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।
Əzəldən bəri var olan Sən deyilsənmi? Ya Rəbb, Allahım, Müqəddəs Olanım, Biz ölməyəcəyik. Ya Rəbb, məhkum etmək üçün onları təyin etdin. Ey Qayamız, bizi cəzalandırma hökmünü onlara verdin.
13 तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्टलाई हेर्नुहुन्न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्नुहुन्न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्नुभएको छ?
Sənin gözlərin çox təmizdir, Şəri görən gözün yoxdur, Pis əməllərə dözə bilmirsən. Bəs xəyanətkarlara necə baxa bilirsən? Pis özündən daha salehin başını yeyəndə Axı niyə susursan?
14 तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन ।
Sən insanları sanki dəniz balıqlarına, Başçıları olmayan sürünən canlılara çevirdin.
15 त्यसले सबैलाई बल्छीले ल्याउँछ । त्यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्छ । त्यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्यो खुशी हुन्छ र रमाहट गर्दछ ।
O onların hamısını qarmaqla çəkir, Torla çıxarır, ağlarına yığır, Buna sevinib-şadlanır.
16 त्यसैकारण त्यसले आफ्नो माछी-जालमा बलि चढाउँछ र महाजालमा धूप बाल्छ, किनभने आफ्नो जालद्धारा त्यो विलासितामा जिउँछ, र त्यसको भोजन उत्तम हुन्छ ।
Buna görə torları üçün qurban kəsir, Ağları üçün buxur yandırır, Axı o bu torlarla Bol və ləzzətli yemək əldə edir.
17 के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”
Torunu durmadan boşaltmağa, Millətləri amansızcasına qırmağa davam edəcəkmi?