< उत्पत्ति 9 >

1 त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ ।
神ノアと其子等を祝して之に曰たまひけるは生よ増殖よ地に滿よ
2 जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ । ती तिमीहरूका हातमा सुम्पिएका छन् ।
地の諸の獸畜天空の諸の鳥地に匍ふ諸の物海の諸の魚汝等を畏れ汝等に懾かん是等は汝等の手に與へらる
3 हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन् । मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै अब म तिमीहरूलाई सबै थोक दिन्छु ।
凡そ生る動物は汝等の食となるべし菜蔬のごとく我之を皆汝等に與う
4 तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ ।
然ど肉を其生命なる其血のままに食ふべからず
5 तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु ।
汝等の生命の血を流すをば我必ず討さん獸之をなすも人をこれを爲すも我討さん凡そ人の兄弟人の生命を取ば我討すべし
6 जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।
凡そ人の血を流す者は人其血を流さん其は神の像のごとくに人を造りたまひたればなり
7 तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।”
汝等生よ増殖よ地に饒くなりて其中に増殖よ
8 त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो,
神ノアおよび彼と偕にある其子等に告て言たまひけるは
9 “मेरो कुरा सुन! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्तानहरू, तिमीहरूसँगै भएका हरेक जीवित प्राणी अर्थात्
見よ我汝等と汝等の後の子孫
10 पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु ।
および汝等と偕なる諸の生物即ち汝等とともなる鳥家畜および地の諸の獸と契約を立ん都て方舟より出たる者より地の諸の獸にまで至らん
11 जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन ।
我汝等と契約を立ん總て肉なる者は再び洪水に絶るる事あらじ又地を滅す洪水再びあらざるべし
12 परमेश्‍वरले भन्‍नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्यसको चिन्ह यही हुन्छ
神言たまひけるは我が我と汝等および汝等と偕なる諸の生物の間に世々限りなく爲す所の契約の徴は是なり
13 कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ ।
我わが虹を雲の中に起さん是我と世との間の契約の徴なるべし
14 मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ
即ち我雲を地の上に起す時虹雲の中に現るべし
15 तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन ।
我乃ち我と汝等および總て肉なる諸の生物の間のわが契約を記念はん水再び諸の肉なる者を滅す洪水とならじ
16 परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”
虹雲の中にあらん我之を觀て神と地にある都て肉なる諸の生物との間なる永遠の契約を記念えん
17 तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बिचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।”
神ノアに言たまひけるは是は我が我と地にある諸の肉なる者との間に立たる契約の徴なり
18 जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।
ノアの子等の方舟より出たる者はセム、ハム、ヤペテなりきハムはカナンの父なり
19 यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।
是等はノアの三人の子なり全地の民は是等より出て蔓延れり
20 नोआ किसान हुन लागे, र तिनले दाखबारी लगाए ।
爰にノアの農夫となりて葡萄園を植ることを始しが
21 दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए ।
葡萄酒を飮て醉天幕の中にありて裸になれり
22 तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।
カナンの父ハム其父のかくし所を見て外にありし二人の兄弟に告たり
23 त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।
セムとヤペテ乃ち衣を取て倶に其肩に負け後向に歩みゆきて其父の裸體を覆へり彼等面を背にして其父の裸體を見ざりき
24 नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो ।
ノア酒さめて其若き子の己に爲たる事を知れり
25 त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।”
是に於て彼言けるはカナン詛はれよ彼は僕輩の僕となりて其兄弟に事へん
26 तिनले यसो पनि भने, “शेमका परमेश्‍वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् ।
又いひけるはセムの神ヱホバは讚べきかなカナン彼の僕となるべし
27 परमेश्‍वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।”
神ヤペテを大ならしめたまはん彼はセムの天幕に居住はんカナン其僕となるべし
28 जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे ।
ノア洪水の後三百五十年生存へたりノアの齡は都て九百五十年なりき而して死り
29 नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे

< उत्पत्ति 9 >