< उत्पत्ति 9 >
1 त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ ।
上帝賜福給挪亞和他的兒子,對他們說:「你們要生養眾多,遍滿了地。
2 जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ । ती तिमीहरूका हातमा सुम्पिएका छन् ।
凡地上的走獸和空中的飛鳥都必驚恐,懼怕你們,連地上一切的昆蟲並海裏一切的魚都交付你們的手。
3 हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन् । मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै अब म तिमीहरूलाई सबै थोक दिन्छु ।
凡活着的動物都可以作你們的食物。這一切我都賜給你們,如同菜蔬一樣。
4 तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ ।
惟獨肉帶着血,那就是牠的生命,你們不可吃。
5 तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु ।
流你們血、害你們命的,無論是獸是人,我必討他的罪,就是向各人的弟兄也是如此。
6 जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।
凡流人血的,他的血也必被人所流,因為上帝造人是照自己的形像造的。
7 तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।”
你們要生養眾多,在地上昌盛繁茂。」
8 त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई यसो भन्नुभयो,
上帝曉諭挪亞和他的兒子說:
9 “मेरो कुरा सुन! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्तानहरू, तिमीहरूसँगै भएका हरेक जीवित प्राणी अर्थात्
「我與你們和你們的後裔立約,
10 पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु ।
並與你們這裏的一切活物-就是飛鳥、牲畜、走獸,凡從方舟裏出來的活物-立約。
11 जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन ।
我與你們立約,凡有血肉的,不再被洪水滅絕,也不再有洪水毀壞地了。」
12 परमेश्वरले भन्नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्यसको चिन्ह यही हुन्छ
上帝說:「我與你們並你們這裏的各樣活物所立的永約是有記號的。
13 कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ ।
我把虹放在雲彩中,這就可作我與地立約的記號了。
14 मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ
我使雲彩蓋地的時候,必有虹現在雲彩中,
15 तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन ।
我便記念我與你們和各樣有血肉的活物所立的約,水就再不氾濫、毀壞一切有血肉的物了。
16 परमेश्वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”
虹必現在雲彩中,我看見,就要記念我與地上各樣有血肉的活物所立的永約。」
17 तब परमेश्वरले नोआलाई भन्नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बिचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।”
上帝對挪亞說:「這就是我與地上一切有血肉之物立約的記號了。」
18 जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।
出方舟挪亞的兒子就是閃、含、雅弗。含是迦南的父親。
19 यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।
這是挪亞的三個兒子,他們的後裔分散在全地。
20 नोआ किसान हुन लागे, र तिनले दाखबारी लगाए ।
挪亞作起農夫來,栽了一個葡萄園。
21 दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए ।
他喝了園中的酒便醉了,在帳棚裏赤着身子。
22 तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।
迦南的父親含看見他父親赤身,就到外邊告訴他兩個弟兄。
23 त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।
於是閃和雅弗拿件衣服搭在肩上,倒退着進去,給他父親蓋上;他們背着臉就看不見父親的赤身。
24 नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो ।
挪亞醒了酒,知道小兒子向他所做的事,
25 त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।”
就說: 迦南當受咒詛, 必給他弟兄作奴僕的奴僕;
26 तिनले यसो पनि भने, “शेमका परमेश्वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् ।
又說: 耶和華-閃的上帝是應當稱頌的! 願迦南作閃的奴僕。
27 परमेश्वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।”
願上帝使雅弗擴張, 使他住在閃的帳棚裏; 又願迦南作他的奴僕。
28 जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे ।
洪水以後,挪亞又活了三百五十年。
29 नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे
挪亞共活了九百五十歲就死了。