< उत्पत्ति 8 >

1 परमेश्‍वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो । परमेश्‍वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न थाल्यो ।
神はノアと、箱舟の中にいたすべての生き物と、すべての家畜とを心にとめられた。神が風を地の上に吹かせられたので、水は退いた。
2 अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, अनि पानी पर्न रोकियो ।
また淵の源と、天の窓とは閉ざされて、天から雨が降らなくなった。
3 जलप्रलयको पानी पृथ्वीमा बिस्तारै घट्यो, र एक सय पचास दिनपछि पानी निकै घट्यो ।
それで水はしだいに地の上から引いて、百五十日の後には水が減り、
4 सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पर्वतहरूमा अडियो ।
箱舟は七月十七日にアララテの山にとどまった。
5 दसौँ महिनासम्म पानी निरन्तर घटिरह्‍यो । त्यही महिनाको पहिलो दिनमा पर्वतहरूका टाकुराहरू देखा परे ।
水はしだいに減って、十月になり、十月一日に山々の頂が現れた。
6 चालिस दिनपछि नोआले आफूले बनाएको जहाजको झ्याल खोले ।
四十日たって、ノアはその造った箱舟の窓を開いて、
7 तिनले एउटा कागलाई उडाइदिए र जमिनको पानी नसुकुञ्‍जेलसम्म त्यो यताउता उडिरह्‍यो ।
からすを放ったところ、からすは地の上から水がかわききるまで、あちらこちらへ飛びまわった。
8 त्यसपछि जमिनको सतहबाट पानी घटेको छ कि छैन भनेर हेर्न तिनले एउटा ढुकुरलाई पठाए ।
ノアはまた地のおもてから、水がひいたかどうかを見ようと、彼の所から、はとを放ったが、
9 तर ढुकुरले आफ्नो खुट्टा राख्‍ने ठाउँ कतै पाएन, र त्यो जहाजमा नै तिनीकहाँ फर्क्यो किनकि पानीले अझै पनि पुरै जमिनलाई ढाकिरहेको थियो । तिनले आफ्नो हात पसारेर त्यसलाई समाती जहाजभित्र ल्याए ।
はとは足の裏をとどめる所が見つからなかったので、箱舟のノアのもとに帰ってきた。水がまだ全地のおもてにあったからである。彼は手を伸べて、これを捕え、箱舟の中の彼のもとに引き入れた。
10 अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए ।
それから七日待って再びはとを箱舟から放った。
11 साँझमा त्यो ढुकुर तिनीकहाँ फर्क्यो । हेर! त्यसको चुच्‍चोमा भर्खरै टिपिएको ताजा भद्राक्षको पात थियो । त्यसैले, पानी जमिनबाट घटेछ भनी नोआले थाहा पाए ।
はとは夕方になって彼のもとに帰ってきた。見ると、そのくちばしには、オリブの若葉があった。ノアは地から水がひいたのを知った。
12 अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठाइदिए । त्यो फेरि फर्केर तिनीकहाँ आएन ।
さらに七日待ってまた、はとを放ったところ、もはや彼のもとには帰ってこなかった。
13 नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनमा जमिनबाट पानी सुक्यो । नोआले जहाजको छत खोलेर बाहिर हेरे र तिनको सुक्खा भूमि देखे ।
六百一歳の一月一日になって、地の上の水はかれた。ノアが箱舟のおおいを取り除いて見ると、土のおもては、かわいていた。
14 दोस्रो महिनाको सत्ताइसौँ दिनमा जमिन सुक्खा भयो ।
二月二十七日になって、地は全くかわいた。
15 परमेश्‍वरले नोआलाई भन्‍नुभयो,
この時、神はノアに言われた、
16 “तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरू जहाजबाट निस्केर आओ ।
「あなたは妻と、子らと、子らの妻たちと共に箱舟を出なさい。
17 तँसित भएका सबै जीवित प्राणीहरू अर्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएर आइज ताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।”
あなたは、共にいる肉なるすべての生き物、すなわち鳥と家畜と、地のすべての這うものとを連れて出て、これらのものが地に群がり、地の上にふえ広がるようにしなさい」。
18 त्यसैले नोआ आफ्ना छोराहरू, आफ्नी पत्‍नी र आफ्ना बुहारीहरूसँगै बाहिर निस्के ।
ノアは共にいた子らと、妻と、子らの妻たちとを連れて出た。
19 हरेक जीवित प्राणी, हरेक घस्रने जन्तु, हरेक पक्षी र पृथ्वीमा चलहल गर्ने हरेक प्राणी तिनीहरूका आ-आफ्ना जात-जातअनुसार जहाजबाट बाहिर निस्के ।
またすべての獣、すべての這うもの、すべての鳥、すべて地の上に動くものは皆、種類にしたがって箱舟を出た。
20 नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले शुद्ध पशुहरू र शुद्ध पक्षीहरूमध्ये केहीलाई लिई वेदीमा होमबलि चढाए ।
ノアは主に祭壇を築いて、すべての清い獣と、すべての清い鳥とのうちから取って、燔祭を祭壇の上にささげた。
21 परमप्रभुले यसको सुगन्ध लिनुभएपछि आफ्नो मनमा भन्‍नुभयो, “मानव-जातिको ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्‍ट हुने भए तापनि म उसको कारणले गर्दा फेरि भूमिलाई श्राप दिनेछैनँ, न त मैले अहिले गरेजस्तै फेरि हरेक जीवित प्राणीलाई सर्वनाश गर्नेछु ।
主はその香ばしいかおりをかいで、心に言われた、「わたしはもはや二度と人のゆえに地をのろわない。人が心に思い図ることは、幼い時から悪いからである。わたしは、このたびしたように、もう二度と、すべての生きたものを滅ぼさない。
22 पृथ्वी रहुञ्‍जेलसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्‍म र हिउँद अनि दिन र रातको अन्त्य हुनेछैन ।
地のある限り、種まきの時も、刈入れの時も、暑さ寒さも、夏冬も、昼も夜もやむことはないであろう」。

< उत्पत्ति 8 >

A Dove is Sent Forth from the Ark
A Dove is Sent Forth from the Ark