< उत्पत्ति 50 >

1 तब योसेफ यति व्याकुल भए कि तिनी आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर रोए, र तिनलाई चुम्बन गरे ।
Quod cernens Ioseph, ruit super faciem patris flens et deosculans eum.
2 तब योसेफले आफ्‍नो सेवामा हुने वैद्यहरूलाई आफ्‍ना पिताको लाशमा सुगन्‍धित लेप दल्न लगाए । यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्‍धित लेप दले ।
Præcepitque servis suis medicis ut aromatibus condirent patrem.
3 यसको निम्‍ति चालिस दिन लागेको थियो, किनकि सुगन्‍धित लेप लगाउँदा लाग्‍ने पुरा समय यति नै थियो । तिनको निम्‍ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए ।
Quibus iussa explentibus, transierunt quadraginta dies: iste quippe mos erat cadaverum conditorum. Flevitque eum Ægyptus septuaginta diebus.
4 शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि ममाथि तपाईंहरूको निगाह छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् ।
Et expleto planctus tempore, locutus est Ioseph ad familiam Pharaonis: Si inveni gratiam in conspectu vestro, loquimini in auribus Pharaonis:
5 मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।”
eo quod pater meus adiuraverit me, dicens: En morior, in sepulchro meo quod fodi mihi in terra Chanaan, sepelies me. Ascendam igitur, et sepeliam patrem meum, ac revertar.
6 फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड ।”
Dixitque ei Pharao: Ascende et sepeli patrem tuum sicut adiuratus es.
7 योसेफ आफ्‍ना बुबालाई गाड्‌न गए । तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्‍य मानिसहरू, साथै
Quo ascendente, ierunt cum eo omnes senes domus Pharaonis, cunctique maiores natu Terræ Ægypti:
8 योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।
domus Ioseph cum fratribus suis, absque parvulis et gregibus, atque armentis quæ dereliquerant in Terra Gessen.
9 तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए । त्‍यो एउटा ठुलो मानिसहरूको समूह थियो ।
Habuit quoque in comitatu currus et equites: et facta est turba non modica.
10 जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे । अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति शोक गरे ।
Veneruntque ad Aream Atad, quæ sita est trans Iordanem: ubi celebrantes exequias planctu magno atque vehementi, impleverunt septem dies.
11 त्‍यस देशका बासिन्‍दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने, “यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ ।” यसकारण यर्दननेरको त्‍यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो । त्‍यो यर्दन पारिपट्टि छ ।
Quod cum vidissent habitatores Terræ Chanaan, dixerunt: Planctus magnus est iste Ægyptiis. Et idcirco vocatum est nomen loci illius, Planctus Ægypti.
12 यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे ।
Fecerunt ergo filii Iacob sicut præceperat eis:
13 तिनका छोराहरूले तिनलाई कनानसम्‍मै पुर्‍याए, र हित्ती एप्रोनसँग खेतसहित अब्राहामले चिहान बनाउनलाई किनेको ओडार, अर्थात्‌ मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे ।
Et portantes eum in Terram Chanaan, sepelierunt eum in spelunca duplici, quam emerat Abraham cum agro in possessionem sepulchri ab Ephron Hethæo contra faciem Mambre.
14 आफ्‍ना बुबालाई गाडिसकेपछि आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबालाई गाड्‌न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के ।
Reversusque est Ioseph in Ægyptum cum fratribus suis, et omni comitatu, sepulto patre.
15 बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?”
Quo mortuo, timentes fratres eius, et mutuo colloquentes: Ne forte memor sit iniuriæ quam passus est, et reddat nobis omne malum quod fecimus,
16 यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो
mandaverunt ei dicentes: Pater tuus præcepit nobis antequam moreretur,
17 ‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’ ।” “अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ ।” उनीहरूले यति भनेपछि योसेफ रोए ।
ut hæc tibi verbis illius diceremus: Obsecro ut obliviscaris sceleris fratrum tuorum, et peccati atque malitiæ quam exercuerunt in te: nos quoque oramus ut servis Dei patris tui dimittas iniquitatem hanc. Quibus auditis flevit Ioseph.
18 तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।”
Veneruntque ad eum fratres sui: et proni adorantes in terram dixerunt: Servi tui sumus.
19 तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस् । के म परमेश्‍वरको स्‍थानमा छु र?
Quibus ille respondit: Nolite timere: num Dei possumus resistere voluntati?
20 तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्‍नुहुन्छ ।
Vos cogitastis de me malum: sed Deus vertit illud in bonum, ut exaltaret me, sicut in præsentiarum cernitis, et salvos faceret multos populos.
21 यसकारण नडराउनुहोस्, तपाईंहरू र तपाईंहरूका बालबच्‍चालाई चाहिने कुराको बन्दोबस्त म गर्नेछु ।” यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले ।
Nolite timere: ego pascam vos et parvulos vestros. Consolatusque est eos, et blande ac leniter est locutus.
22 योसेफ तिनका बुबाका परिवारहरूसँगै मिश्रमा बसे । तिनी एक सय दस वर्ष बाँचे ।
Et habitavit in Ægypto cum omni domo patris sui: vixitque centum decem annis.
23 योसेफले एफ्राइमको पनातिसम्‍म पनि देखे । तिनले मनश्‍शेका छोरा माकीरका भर्खर जन्‍मेका बालबच्‍चा पनि देखे, र तिनीहरू योसेफकै घुँडामा राखिए ।
Et vidit Ephraim filios usque ad tertiam generationem. Filii quoque Machir filii Manasse nati sunt in genibus Ioseph.
24 तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ ।”
Quibus transactis, locutus est fratribus suis: Post mortem meam Deus visitabit vos, et ascendere vos faciet de terra ista ad terram quam iuravit Abraham, Isaac, et Iacob.
25 अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए । उनले भने, “परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ। त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू ।”
Cumque adiurasset eos atque dixisset: Deus visitabit vos: asportate ossa mea vobiscum de loco isto:
26 यसरी योसेफ एक सय दस वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्‍धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे ।
mortuus est, expletis centum decem vitæ suæ annis. Et conditus aromatibus, repositus est in loculo in Ægypto.

< उत्पत्ति 50 >