< उत्पत्ति 5 >

1 आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।
This is the record of Adam's descendants. When God created human beings, he made them to be like him.
2 उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।
He created them male and female, and blessed them. On the day he created them he called them “human.”
3 आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
When Adam was 130, he had a son who was like him, made in his image; and he named him Seth.
4 आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Adam lived another 800 years after Seth was born, and had other sons and daughters.
5 आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
Adam lived a total of 930 years, and then he died.
6 शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
When Seth was 105, he had Enosh.
7 तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Seth lived another 807 years after Enosh was born, and had other sons and daughters.
8 शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
Seth lived a total of 912 years, and then he died.
9 एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
When Enosh was 90, he had Kenan.
10 तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Enosh lived another 815 years after Kenan was born, and had other sons and daughters.
11 एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
Enosh lived a total of 905 years, and then he died.
12 केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
When Kenan was 70, he had Mehalalel.
13 तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Kenan lived another 840 years after Mehalalel was born, and had other sons and daughters.
14 केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
Kenan lived a total of 910 years, and then he died.
15 महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
When Mahalalel was 65, he had Jared.
16 तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
After Jared was born, Mahalalel lived another 830 years and had other sons and daughters.
17 महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
Mahalalel lived a total of 895 years, and then he died.
18 येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
When Jared was 162, he had Enoch.
19 तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
After Enoch was born, Jared lived 800 years and had other sons and daughters.
20 येरेद ९६२ बाँचे र तिनी मरे ।
Jared lived a total of 962 years, and then he died.
21 हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
When Enoch was 65, he had Methuselah.
22 हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।
He had a close relationship with God. After Methuselah was born, Enoch lived another 300 years and had other sons and daughters.
23 तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
Enoch lived a total of 365 years.
24 हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो ।
Enoch had such a close relationship with God that he didn't die, he just wasn't there anymore, because God took him.
25 मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
When Methuselah was 187, he had Lamech.
26 तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
After Lamech was born, Methuselah lived another 782 years and had other sons and daughters.
27 मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
Methuselah lived a total of 969 years, and then he died.
28 लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
When Lamech was 182, he had a son.
29 तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”
He named him Noah, with the explanation, “He will provide relief for us from all the hard manual labor we need to do in cultivating the ground the Lord has cursed.”
30 लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
After Noah was born, Lamech lived another 595 years and had other sons and daughters.
31 लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
Lamech lived a total of 777 years, and then he died.
32 नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।
Noah was 500 before he had Shem, Ham, and Japheth.

< उत्पत्ति 5 >