< उत्पत्ति 49 >
1 तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ ।
Un Jēkabs sasauca savus dēlus un sacīja: sapulcējaties, un es jums sludināšu, kas jums notiks nākamās dienās.
2 हे याकूबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बुबा इस्राएलका कुरा सुन ।
Sapulcējaties un klausāties, jūs Jēkaba dēli, klausāties uz Israēli, savu tēvu.
3 रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्ट ।
Rūben, tu mans pirmdzimtais, mans spēks un mana stipruma iesākums, pirmais augstībā un pirmais stiprumā!
4 बग्ने पानीजस्तो चञ्चल, तेरो प्रतिष्ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्; तँ मेरो पलङ्गमा चढ़िस् ।
Verdošs kā ūdens, - tev nebūs būt tam augstākajam, jo sava tēva gultā tu esi kāpis, tur tu to esi sagānījis; manās cisās viņš kāpis!
5 शिमियोन र लेवी दाजुभाइ हुन् । हिंसाका हतियार नै तिनीहरूका तरवार हुन् ।
Sīmeans un Levis ir brāļi, viņu zobeni ir varas ieroči.
6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ । किनकि तिनीहरूलेआफ्नो रिसमा मानिसहरूलाई मारे । तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन् ।
Lai mana dvēsele nenāk viņu runās, mans gods lai nav viņu draudzē, jo savā bardzībā tie vīrus nokāvuši, un savā tīšā prātā tie vēršus maitājuši.
7 तिनीहरूको रिस श्रापित् होस्, किनभने त्यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्यो निष्ठुर छ । तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु ।
Nolādēta lai ir viņu dusmība, jo tā ir briesmīga, un viņu bardzība, jo tā ir cieta; es tos izdalīšu pa Jēkabu, es tos izkaisīšu pa Israēli.
8 ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन् ।
Jūda, tu tas esi, tevi teiks tavi brāļi, tava roka būs uz kakla taviem ienaidniekiem, tavā priekšā klanīsies tava tēva bērni.
9 यहूदा सिंहको डमरु हो । ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्च भएको छस् । त्यो निहुरियो, सिंह र सिंहनीझैँ झुक्यो । कसले त्यसलाई उठाउने आँट गर्छ?
Jūda ir jauns lauva, no laupījuma tu esi pacēlies, mans dēls, viņš nometies, nogūlies tā kā lauva un tā kā lauvas māte; kas viņu traucēs?
10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बिचबाट हट्नेछ, जबसम्म त्यसका मालिक आउँदैनन् । जातिहरूले उहाँको आज्ञा मान्नेछन् ।
Scepteris nezudīs no Jūda, nedz valdības zizlis no viņa kājām, tiekams tas ŠĪLO (miers) nāks, un viņam tās tautas paklausīs.
11 त्यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्यसले आफ्ना लुगाहरू दाखमद्यमा, आफ्ना पोशाक अङ्गुरको रसमा धुनेछ ।
Viņš sien savu jauno ēzeli pie vīna koka un savas ēzeļa mātes kumeļu pie vīna koka stīgām. Savas drēbes viņš mazgā vīnā, un savu mēteli vīna ķekaru asinīs.
12 त्यसका आँखा दाखमद्यजस्तै गाढा, र त्यसका दाँत दुधजस्ता सेता हुनेछन् ।
Viņa acis ir sarkanas no vīna, un viņa zobi balti no piena.
13 जबूलून समुद्रको किनारमा बस्नेछ । जहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ, र त्यसको सिमाना सीदोनसम्म हुनेछ ।
Zebulons dzīvos pie jūras krastiem un būs pie kuģu ostām un sniedzās līdz Sidonai.
14 इस्साखार दुई भारीहरूका बिचमा लेटिरहने बलियो गधा हो ।
Īsašars ir stiprs kaulains ēzelis un guļ starp laidariem.
15 जसले असल विश्रामको ठाउँ असल र रमाइलो देश देख्छ । त्यसले भारी बोक्नलाई आफ्नो काँध झुकाउनेछ, र काम गर्ने नोकर बन्नेछ ।
Un viņš redzēja dusu, ka tā laba, un to zemi, ka tā jauka, un locīja savu muguru pie nešanas un kalpoja klausīdams.
16 इस्राएलका कुलमध्ये एउटा कुल भएर दानले आफ्ना मानिसहरूको न्याय गर्नेछ ।
Dans, tā kā citas Israēla ciltis, tiesās savu tautu.
17 दान बाटोको छेउमा भएको एउटा सर्प, अर्थात् घोडाको कुर्कुच्चा डस्ने विषालु सर्प हुनेछ र त्यसको घोडचढी पछिल्तिर लोट्छ ।
Dans būs čūska ceļmalā, odze tekas malā, kozdama zirgam papēžos, ka viņa jājējs krīt atpakaļ.
18 हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु ।
Kungs, es gaidu uz Tavu pestīšanu!
19 गादमाथि आक्रमण गर्नेले त्यसलाई आक्रमण गर्नेछ, तर त्यसले तिनीहरूको कुर्कुच्चामा आक्रमण गर्नेछ ।
Gads, dzinēji viņu dzenās, bet viņš tos atgainīs.
20 आशेरको अनाज प्रशस्त हुनेछ, र त्यसले राजकीय खाना उपलब्ध गराउनेछ ।
No Ašera būs trekna maize, un viņš dos ķēniņu gardumus.
21 नप्ताली सुन्दर पाठापाठी पाउने फुकाइएकी मुडुली-मृग हो ।
Naftalus ir stirna savā vaļā, viņš dod mīlīgus vārdus.
22 योसेफ एउटा फलवन्त लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खालमाथि फैलिन्छन् ।
Jāzeps ir jauns augļu koks, jauns augļu koks avota malā, tie zari stiepjas pār mūri.
23 धनुर्धारीहरूले त्यसलाई आक्रमण गर्नेछन् र त्यसमाथि काँड चलाउनेछन्, र त्यसलाई सताउनेछन् ।
Strēlnieki viņu kaitinājuši, viņu apšaudījuši un ienīdējuši.
24 तापनि त्यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।
Bet viņa stops ir palicis stiprs, un viņa roku elkoņi spēcīgi, no tā rokām, kas varens iekš Jēkaba; no turienes, kur tas gans, Israēla klints,
25 तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, र सर्वशक्तिमान् परमेश्वरले माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, अनि स्तन र गर्भका आशिष्हरूले आशिषित्् तुल्याउनुहुनेछ ।
No tava tēva Dieva, un Tas tev palīdzēs, - un no tā Visuvarenā, Tas tevi svētīs ar debess svētījumiem no augšienes, ar dziļumu svētījumiem apakšā, ar svētījumiem no krūtīm un miesām.
26 तेरा बुबाका आशीर्वादहरू प्राचीन पहाडहरूका आशीर्वादभन्दा महान् छन् वा प्राचीन डाँडाहरूका वाञ्छनीय कुरा हुन्छन् । ती सबै योसेफको शिरमा होऊन्, त्यसका दाजुभाइहरूमध्येका प्रधानको शिरमा पनि ।
Tava tēva svētījumi ir stiprāki nekā manu vecaju svētījumi līdz mūžīgo kalnu galiem, tie nāks pār Jāzepa galvu, un pār tā galvu, kas tas izredzētais savu brāļu starpā.
27 बेन्यामीन एउटा भोको ब्वाँसो हो । बिहान त्यसले शिकार खान्छ, र बेलुकीचाहिँ त्यसले लुट बाँड्छ ।
Benjamins ir plēsīgs vilks, no rīta viņš laupījumu ēdīs un ap vakaru viņš laupījumu dalīs.
28 यी इस्राएलका बाह्र कुल हुन् । आफ्ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो । प्रत्येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए ।
Šās visas ir Israēla divpadsmit ciltis, un šie ir tie vārdi, ko viņu tēvs uz tiem runāja, tos svētīdams; ikvienu viņš svētīja ar īpašu svētību.
29 तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने “म त मेरा मानिसहरूकहाँ मिल्न जान लागेको छु । हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड,
Un viņš tiem pavēlēja un sacīja: es tapšu piepulcināts pie saviem ļaudīm, aprociet mani pie maniem tēviem tai alā, kas ir Hetieša Efrona tīrumā,
30 अर्थात् कनान देशमा मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए ।
Makpelas alas tīrumā, kas ir pret Mamri, Kanaāna zemē, ko Ābrahāms ir pircis no Efrona, tā Hetieša, sev par dzimts kapa vietu.
31 उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई त्यहीँ गाडे । त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाडे । त्यहीँ नै मैले लेआलाई गाडेँ ।
Tur tie ir aprakuši Ābrahāmu un Sāru, viņa sievu, tur tie ir aprakuši Īzaku un Rebeku, viņa sievu, tur es esmu apracis Leū.
32 त्यो खेत र त्यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो ।”
Tas tīrums un tā ala, kas tur, ir pirkti no Heta bērniem.
33 छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्ना खुट्टा ओछ्यानमा पसारेर आफ्नो प्राण त्यागे, र आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए ।
Kad Jēkabs bija beidzis pavēles dot saviem dēliem, tad viņš salika savas kājas uz gultas un izlaida garu un tapa piepulcināts pie saviem ļaudīm.