< उत्पत्ति 48 >

1 यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्‍ना दुई छोरा मनश्‍शे र एफ्राइमलाई आफ्‍नो साथमा ल्याए ।
And it came to pass after these things, that some one said to Joseph, Behold, thy father is sick; and he took his two sons with him, Menasseh and Ephraim.
2 जब “हेर्नुहोस्, तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्‌” भन्‍ने खबर कसैले याकूबलाई सुनायो, इस्राएल आफै बल गरेर पलङ्गमा बसे ।
And some one told Jacob, and said, Behold, thy son Joseph is coming unto thee; and Israel strengthened himself, and sat upon the bed.
3 याकूबले योसेफलाई भने, “सर्वशक्तिमान्‌ परमेश्‍वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो । उहाँले मलाई आशीर्वाद दिनुभयो
And Jacob said unto Joseph, God, the Almighty, appeared unto me at Luz in the land of Canaan, and blessed me,
4 र भन्‍नुभयो, 'हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु । म यो देश अनन्‍त अधिकारको रूपमा तेरा सन्‍तानलाई दिनेछु ।’
And he said unto me, Behold, I will make thee fruitful, and multiply thee, and I will make of thee a multitude of people; and I will give this land to thy seed after thee for an everlasting possession.
5 अब म मिश्रमा आउनअगि मिश्रमा जन्‍मेका तेरा यी दुई जना छोराहरू मेरै हुन्‌ । रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌ ।
And now thy two sons, who were born unto thee in the land of Egypt, before I came unto thee into Egypt, shall be mine; Ephraim and Menasseh shall be unto me as Reuben and Simeon.
6 तिनीहरूभन्‍दा पछि जन्‍मेका सन्‍तानहरूचाहिँ तेरा हुनेछन्‌ । यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ ।
And thy issue, which thou begettest after them, shall be thine, after the name of their brothers shall they be called in their inheritance.
7 म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्‍न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् । मैले तिनलाई एप्रात अर्थात्‌ बेथलेहेम जाने बाटोमा गाडेँ ।”
And as for me, when I came from Padan, Rachel died by me in the land of Canaan on the way, when yet there was some distance to come unto Ephrath: and I buried her there on the way of Ephrath, the same is Beth-lechem.
8 योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्‌?”
And Israel perceived the sons of Joseph, and said, Who are these?
9 योसेफले आफ्‍ना बुबालाई भने, “यिनीहरू परमेश्‍वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन्‌ ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।”
And Joseph said unto his father, They are my sons, whom God hath given me in this place. And he said, Bring them, I pray thee, unto me, and I will bless them.
10 त्‍यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्‍न सकेनन् । यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले ।
Now the eyes of Israel were dim through age, he could not see; and he brought them near unto him, and he kissed them, and embraced them.
11 इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख फेरि देख्‍न पाउँला भनी ठानेकै थिइनँ, तर मलाई परमेश्‍वरले तेरा सन्‍तान पनि देख्‍न दिनुभयो ।”
And Israel said unto Joseph, To see thy face I had not hoped; and lo, God hath shown me also thy seed.
12 तब योसेफले तिनीहरूलाई इस्राएलका घुँडाको बिचबाट हटाए, र तिनले भुइँमा घोप्‍टेर दण्डवत् गरे ।
And Joseph brought them out from between his knees, and he bowed himself with his face to the earth.
13 योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्‍नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्‍शेलाई आफ्‍नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्‍याए ।
And Joseph took them both, Ephraim in his right hand toward Israel's left, and Menasseh in his left hand toward Israel's right, and brought them near unto him.
14 इस्राएलले आफ्‍नो दाहिने हात पसारेर कान्‍छा एफ्राइमको टाउकोमा र आफ्‍नो देब्रे हात मनश्‍शेको टाउकोमा राखे । मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए ।
And Israel stretched out his right hand, and laid it upon Ephraim's head, who was the younger, and his left hand upon Menasseh's head; he laid his hands wittingly; although Menasseh was the first-born.
15 इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मेरो वास्ता गर्नुभएको छ,
And he blessed Joseph, and said, The God, before whom my fathers Abraham and Isaac did walk, the God who fed me from my first being unto this day,
16 ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्‍वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”
The angel who redeemed me from all evil, bless the lads; and let my name be called on them, and the name of my fathers Abraham and Isaac; and let them grow into a multitude in the midst of the earth.
17 जब योसेफले तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात उठाए ।
And when Joseph saw that his father would lay his right hand upon the head of Ephraim, it displeased him: and he took hold of his father's hand, to remove it from the head of Ephraim unto the head of Menasseh.
18 योसेफले आफ्ना बुबालाई भने, “हे मेरा बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो । तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्‌ ।”
And Joseph said unto his father, Not so, my father; for this is the first-born, put thy right hand upon his head.
19 तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जाति-जातिहरूको एक समूह हुनेछ ।”
And his father refused, and said, I know, my son, I know, he also shall become a people, and he also shall be great; but truly his younger brother shall be greater than he, and his seed shall become a multitude of nations.
20 इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछन्, ‘परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌’।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाडि राखे ।
And he blessed them that day, saying, With thee shall Israel bless, saying, God make thee as Ephraim and Menasseh: and so he set Ephraim before Menasseh.
21 इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ ।
And Israel said unto Joseph, Behold, I die; but God will be with you, and bring you again unto the land of your fathers
22 त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँमाथि भएकोले मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु ।”
Moreover I have given unto thee one portion above thy brothers, which I took out of the hand of the Emorite with my sword and with my bow.

< उत्पत्ति 48 >