< उत्पत्ति 47 >
1 तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् । हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन् ।”
Yusuf fironusqa hark'ın mang'uk'le eyhen: – Yizda dek, çocar cone gırgıne karaka, çavra-vəq'əyka Kana'anne ölkeençe inyaqa Goşenqa qabı.
2 तिनले आफ्ना दाजुहरूमध्येबाट पाँच जनालाई लिएर फारोलाई चिनाइदिए ।
Qiyğa mang'vee çocaaşike xhoyre g'əxı' fironusqa abı.
3 फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ ।”
Fironee Yusufne çocaaşik'le eyhen: – Hucoonexhe haa'an? Manbışe fironuk'le eyhen: – Yiğın g'ular, con dekkar xhinne çobanar vob.
4 त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ । कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन । त्यसैले अब बिन्ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस् ।”
Şi inyaqa qabıynbı Kana'anne ölkee it'umun mısvalybı gidğılva, yiğne nukaraşisın çavra-vəq'ə uxhiyxhana'asın cigabı deşva. Hucoone ixhes, şi həşde Goşen aaxvas havaasre.
5 त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन् ।
Fironee Yusufuk'le eyhen: – Yiğna dekkiy çocar vasqavub abı.
6 मिश्रदेश तिम्रै अगि छ । देशको सबैभन्दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्ने बन्दोबस्त गर । उनीहरूमध्ये सक्षम मानिसहरूलाई गाईबस्तुहरूको जिम्मा देऊ ।”
Misir vas ıkkanan ciga g'əyxe: dekkısiy çocarşis ine cigayne gırgınçile yugne cigee ciga qee'e. Havaasre manbı Goşenee aaxvecen. Vak'le manbışin yugun çobanar vaats'axheene, g'əvxhee məxbınbı yizde çavra-vəq'əyqa ilyaakecen.
7 तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।
Yusufee cuna dek Yaaq'ub fironusqa arayle. Yaaq'ubee fironus xayir-düə hoole.
8 फारोले याकूबलाई सोधे, “तपाईंको उमेर कति भयो?”
Fironee mang'uke qiyghanan: – Vaqa xhulelle senne vod?
9 याकूबले फारोलाई भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तिस वर्ष भयो । मेरो यस जीवनका वर्षहरू थोरै र दु: खमय भएका छन् । मेरो उमेर मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन ।”
Yaaq'ubee fironus inəxdun alidghıniy qele: – Yizde ı'mı'ren vəşşe xhebts'al sen zı inyaa-şaa hı'ı. Yizda ı'mı'r k'ılyba, dağamba vuxha. Dekkaаşe menəəng'ə hı'iyn senbımeeyib xıliyba vuxha deş.
10 त्यसपछि याकूबले फारोलाई आशीर्वाद दिए, र तिनको उपस्थितिबाट निस्केर गए ।
Yaaq'ub fironus xayir-düə huvu ayk'anna.
11 तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए । फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्दा असल ठाउँ, अर्थात् रामसेस भन्ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए ।
Yusufee fironee uvhuyn xhinne ha'a, dekkısdayiy çocaaşisda ciga Misir qaa'a, manbışis gırgınçile yugun Ramses eyhene cigeençe ciga hele.
12 योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए ।
Sayid Yusufee dekkısın, çocaaşisın otxhuniy xizanbışis sik'ı havace.
13 घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन । अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए ।
Mısvalla manimee geeb qooxhe, ç'iyeyne aq'val otxhanan kar ivdeeke giyğal. Misirıniy Kana'anın cəmə'ət mısvaline xılençe vuççud dena aaxva.
14 मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्नबाट प्राप्त सबै रुपियाँ योसेफले जम्मा गरे । त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए ।
Yusufee Misireeneyiy Kana'anne insanaaşis suk massa huvu maadın gırgın pılbı fironus sa'a.
15 जब मिश्र र कनानमा भएका सबै आफ्ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्न दिनुहोस् । हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्ने हामी किन मरौँ?”
Misirneyiy Kana'anne insanaaşin gırgın pılbı g'att'uyng'a, gırgın misirğançenbı Yusufusqa abı eyhen: – Şas gıney hele. Nişil-allane şi yiğne ulene ögee hapt'as? Yişin pılbı g'attuynbı.
16 योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्तु ल्याओ र तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिनेछु ।”
Yusufee eyhen: – Vuşun pılbı g'att'uxhee, manke həyvanar alle, zı şos mançine cigee gıney heles.
17 यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए । योसेफले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्तु, गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए । त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न खुवाए ।
Manbışe Yusufusqa con balkanar, çavra-vəq'ə, əməler ha'aykı adayle. Yusufee mane adıyne həyvanaaşike gıney badal ha'a. Mane sen mang'vee məxüd manbışde həyvanaşike gıney badal ha'a.
18 त्यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्तुका बथान पनि सबै मालिककै भएका छन् । अब हजुरको आँखाको सामुन्ने हामीसँग हाम्रै जिउ र जग्गाजमिनबाहेक अरू केही छैन ।
Man sen ılğeç'umee, manbı Yusufusqa abı eyhen: – Vak'le ats'an, şaqa pıl deşin, yişin həyvanarıd vas ıxha. Şaqa yişde xərıng'unemee tanbışileyiy cigabışile ğayrı vuççud axu deş.
19 हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्ने किन नष्ट हुने? अन्नको साटोमा हामी र हाम्रो जमिनलाई किन्नुहोस्, र हामी आफ्ना जग्गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्गाजमिन पनि उजाड नहोऊन् ।”
Nişil-allane yiğne ulene ögiyl şakınıd yişde cigabışikınıd ixhes? Şas, yişde cigabışiliy şal-alla gıney hele. Havaasre şi fironus nukarar vuxhes. Hucoone ixhes, şas sayid toxumbı hele. Manke şinab hapt'as deş, yişin cigabıd sahralqa sak'alas deş.
20 यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने । अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्ना जग्गाजमिन बेच्यो । यसरी जग्गाजमिन फारोको भयो ।
İnəxüd Yusufee gırgın Misirın cigabı fironus ileşşe. Mısvalybışil-alla gırgıne Misirğançenbışe con cigabı massa hele. Məxüd Yusufee Misirğan gırgın cigabı fironne doyilqa alğa'a.
21 मिश्रको एक छेउदेखि अर्को छेउसम्मका सबै मानिसहरूलाई तिनले कमारा बनाए ।
Misireene gırgıne insanaaşike Yusufee fironus g'ular haa'a.
22 पुजारीहरूका जग्गाजमिन मात्र तिनले किनेनन्, किनभने पुजारीहरूलाई फारोबाट भत्ता दिइएको थियो । फारोले दिएकै हिस्साबाट तिनीहरूले खान्थे । त्यसकारण तिनीहरूले चाहिँ आफ्ना जग्गाजमिन बेचेनन् ।
Fironee kaahinaaşina hək' qooleva, mang'vee saccu manbışin cigabı ilydeşşe. Mana vucee qoolena hək' manbışde otxhuniys g'iviyxhar vuxha. Mançil-allad kaahinaaşe con cigabı massa hele deş.
23 योसेफले जनताहरूलाई भने, “हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गाजमिन र तिमीहरूलाई पनि किनेको छु । अब तिमीहरूका निम्ति बिउ यहाँ छ, र तिमीहरूले जमिनमा बिउ छर ।
Yusufee milletık'le eyhen: – Həşde şunab, vuşun cigabıd zı fironus alişşu. Haane toxum, alyapt'ı ooze.
24 तर फसलको बेलामा उब्जनीको पाँचौँ हिस्सा तिमीहरूले फारोलाई दिनुपर्छ । चार हिस्साचाहिँ खेतीलाई बिउको निम्ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्चाको खानाको निम्ति तिमीहरूको आफ्नै हुनेछ ।”
Suk saа'ang'a xhonçuna sa pay fironus qevle. Avxuna yoq'uble payıb oozasiy ooxhanas, şosiy vuşde xizanınbışis vuxhecen.
25 तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ । हजुरको निगाह हामीमाथि रहोस् । हामी फारोका कमारा हुनेछौँ ।”
Manbışe eyhen: – Yişda xərna, ğu şas yugvalla hav'u, ğu şi hapt'ıyke g'attivxhan hav'u. G'iyniyke şaqa şi fironun g'ular vob.
26 यसैले मिश्र देशमा योसेफले उब्जनीको पाँचौँ हिस्सा फारोको हुन्छ भन्ने कुरा समेटिएको जग्गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्म प्रचलित छ । पुजारीहरूका जग्गाजमिन मात्र फारोको भएन ।
Yusufee ezu alyadıynçina xhonçuna sa pay fironus qevleva Misirne cəmə'ətıs q'aanun gyuvxhu. Saccu kaahinaaşe ezu alyadıynçina xhob'esda pay fironus qıdyoole vuxha. Məxbına q'aanun Misir g'iynab vobna.
27 त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे । तिनका मानिसहरूले त्यहाँका जग्गाजमिन आफ्नो अधिकारमा लिए । तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो ।
İzrailyna nasıl Misireene Goşen avxu karana vuxha. Manbı maa'ab geeb qeebaxhe.
28 याकूब मिश्रमा सत्र वर्ष बसे । यसरी याकूबको जम्मा उमेर एक सय सतचालिस वर्ष भयो ।
Yaaq'ub Misir yits'ıyighalle senna axva. Mang'vee vəşşe yoq'ts'ale yighılle sen hı'ı.
29 जब इस्राएलको मर्ने बेला आयो, तिनले आफ्ना छोरा योसेफलाई बोलाएर भने, “यदि मैले तेरो निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति तेरो विश्वासयोग्यता र भरोसा देखा । कृपा गरेर मलाई मिश्रदेशमा नगाड् ।
İzrailyna qik'asda gah k'ane qooxheng'a, mang'vee cuna dix Yusuf qort'ul eyhen: – Vas zı ıkkanxhee, xıl yizde bıdık avqa gixhxhı k'ın g'assır cuvab hele: zas yugvalla hee'e, yizda nyaq'v Misir hımaa'a.
30 म मेरा पिता-पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे ।” योसेफले भने, “तपाईंले भन्नुभएबमोजिम म गर्नेछु ।”
Zı qik'uyng'a Misirğançe qıkkee, yizın dekkar nyaabıy nyuq'vneeqa k'yav'u, zınar maa'ar k'eyxhe. Yusufee mang'us inəxüd cuvab qele: – Zı, ğu nəxdiy eyhe həməxüdud ha'asın.
31 इस्राएलले भने, “मसँग शपथ खा ।” अनि योसेफले शपथ खाए । तब इस्राएल आफ्नो पलङ्गको सिरानमा घोप्टो परे ।
Mang'une cuvabıs dekke eyhen: – Zas k'ın g'assre. Mang'veeyid k'ın g'iysaran. İzrail vuc g'alirxhuyne karane vuk'lek qirzıl Allahıs düə haa'a.