< उत्पत्ति 46 >
1 इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँडे र बेर्शेबा गए । त्यहाँ तिनले आफ्ना बुबा इसहाकका परमेश्वरको निम्ति बलिदान चढाए ।
以色列遂帶著他所有的一切出發,來到了貝爾舍巴,向他父親依撒格的天主獻了祭,
2 राती दर्शनमा परमेश्वर इस्राएलसँग यसो भन्दै बोल्नुभयो “याकूब, याकूब ।” तिनले भने, “म यहीँ छु ।”
當夜天主在神視中對以色列說:「雅各伯、雅各伯!」他答說:「我在這裏。」
3 उहाँले भन्नुभयो, “म परमेश्वर हुँ, तेरा बुबाका परमेश्वर । मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठुलो जाति बनाउनेछु ।
天主說:「我是天主,你父親的天主。你不要害怕下到埃及去,因為我要使你在那裏成為一大民族。
4 म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्चय नै फेरि फर्काइ ल्याउनेछु, अनि योसेफकै हातले तेरा आँखा छोपिदिनेछ ।”
我與你一同下到埃及,也必使你再上來;若瑟要親手合上你的眼。」
5 त्यसपछि याकूब बेर्शेबाबाट हिँडे । इस्राएलका छोराहरूले आफ्ना बुबा याकूब, आफ्ना बालबच्चा र आफ्ना परिवारहरूलाई फारोले तिनलाई ल्याउन पठाएका गाडाहरूमा चढाएर लगे ।
雅各伯遂由貝爾舍巴起程。以色列的兒子們扶自己的父親雅各伯和自己的孩子及妻子,上了法郎派來接他的車,
6 तिनीहरूले आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्मै सन्तान मिश्रमा गए ।
帶了家畜和在客納罕地積聚的財物,一同向埃及進發:這樣雅各伯和他所有的孩子,
7 याकूबले आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानलाई आफूसँगै मिश्रमा लगे ।
即他的兒子、孫子、女兒、孫女,他的一切孩子,都一同來到了埃及。
8 मिश्रमा जाने इस्राएलका छोराहरू, अर्थात् याकूब र तिनका सन्तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन ।
以下是來到埃及的以色列人,雅各伯和他子孫的名單:雅各伯的長子勒烏本;
9 रूबेनका छोराहरू: हानोक, पल्लु, हेस्रोन र कर्मी;
勒烏本的兒子:哈諾客、帕路、赫茲龍和加爾米;
10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्नीतर्फका छोरा शौल;
西默盎的兒子:耶慕耳、雅明、敖哈得、雅津、祚哈爾和客納罕女子的兒子沙烏耳;
11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।
肋未的兒子:革爾雄、刻哈特和默辣黎;
12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर् र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
猶大的兒子:厄爾、敖難、舍拉、培勒茲和則辣黑:厄爾和敖難已死在客納罕地。培勒茲的兒子:赫茲龍和哈慕耳;
13 इस्साखारका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन थिए ।
依撒加爾的兒子:托拉、普瓦、雅叔布和史默龍;
14 जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए ।
則步隆的兒子:色勒得、厄隆和雅赫肋耳:
15 यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन् । लेआबाट याकूबका छोराछोरी जम्मा तेत्तिस जना थिए ।
以上是肋阿在帕丹阿蘭給雅各伯生的子孫;還有他的女兒狄納:男女子孫共計三十三人。
16 गादका छोराहरू सेफोन, हाग्यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली थिए ।
加得的兒子:漆斐雍、哈基、叔尼、厄茲朋、厄黎、阿洛狄和阿勒里;
17 आशेरका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन् । बरीआका छोराहरू हेबेर र मल्कीएल थिए ।
阿協爾的兒子:依默納、依市瓦、依市偉、貝黎雅和他們的姊妹色辣黑;貝黎雅的兒子赫貝爾和瑪耳基耳:
18 लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्मा सोह्र जना छोरा जन्माइन् ।
以上是拉班給他的女兒肋阿的婢女齊耳帕,給雅各伯生的子孫,共計十六人。
19 याकूबकी पत्नी राहेलका छोराहरू योसेफ र बेन्यामीन थिए ।
雅各伯的妻子辣黑耳的兒子:若瑟和本雅明;
20 ओनका पुजारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए ।
翁城的司祭頗提斐辣的女兒阿斯納特在埃及地給若瑟生了默納協和厄弗辣因;
21 बेन्यामीनका छोराहरू बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द थिए ।
本雅明的兒子:貝拉、貝革爾、阿市貝耳、革辣、納阿曼、厄希、洛士、慕平、胡平和阿爾得:
22 राहेलबाट जन्मेका याकूबका छोराहरू यी नै थिए । यिनीहरू जम्मा चौध जना थिए ।
以上是辣黑耳給雅各伯生的子孫,共計十四人。
23 दानका छोरा हुशीम थिए ।
丹的兒子:胡生;
24 नप्तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्लेम थिए ।
納斐塔里的兒子:雅赫則耳,古尼,耶則爾和史冷:
25 लाबानले आफ्नी छोरी राहेललाई दिएको कमारी बिल्हाले याकूबबाट जन्माएका सात जना छोरा यी नै थिए ।
以上是拉班給他的女兒辣黑耳的婢女彼耳哈,給雅各伯生的子孫,共計七人。
26 याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्ना सन्तान जम्मा छयसट्ठी जना थिए ।
由雅各伯所生而同來到埃及的人數,除雅各伯的兒媳不計外,共計六十六人。
27 मिश्रमा जन्मेका योसेफका दुई जना छोरासमेत गरेर मिश्रमा जाने याकूबका परिवारका सदस्यहरू जम्मा सत्तरी जना थिए ।
此外還有若瑟在埃及所生的兒子二人:雅各伯家來到埃及的全體人數,共計七十人。
28 गोशेनमा तिनलाई भेट्न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्नो अगि पठाए ।
雅各伯派猶大先去見若瑟,同他約定在哥笙相見。他們來到了哥笙地方,
29 योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोशेनसम्म आफ्ना बुबा इस्राएललाई भेट गर्न आए । योसेफले आफ्ना बुबालाई देखे, र बुबालाई अँगालो हालेर धेरै बेरसम्म रोए ।
若瑟套車上哥笙去迎接他父親以色列;一見了他,就撲在他頸上,抱住他的頸,哭了很久。
30 इस्राएलले योसेफलाई भने, “अब मलाई मर्न देओ, किनकि मैले तेरो मुख देखेँ र तँ जीवितै रहेछस् ।”
以色列對若瑟說:「我見了你的面,見你還活著,現在我可以死了! 」
31 योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन् ।
若瑟對他的兄弟們和父親的家屬說:「我要上去呈報法郎說:我在客納罕地的兄弟們和我父親的家屬,都來到我這裏了。
32 उनीहरू सबै गाईबस्तु पाल्ने भएकाले गोठाला हुन् । उनीहरूले आफ्ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन् ।’
這些人都是放羊飼畜的人;他們的羊群牛群和他們所有的一切都帶來了。
33 जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्दा के हो?’ भनी सोध्छन्,
所以,當法郎召見你們,問你們有何職業時,
34 तब तपाईंहरूले यसो भन्नुपर्छ, ‘हजुरका दासहरू हामी बाबु-छोराहरू हाम्रा युवावस्थादेखि अहिलेसम्म गाईबस्तु पाल्दै आएका छौँ ।’ तपाईंहरूले यसो गर्नुभयो भने तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो ।”
你們要答說:你的僕人們自幼直到現在,都是牧養牲畜的人,我們和我們的祖先都是如此。這樣你們才能住在哥笙地方,因為埃及人厭惡一切牧羊的人。」