< उत्पत्ति 42 >

1 अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो । तिनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्कालाई हेर्छौ?”
Видев же Иаков, яко купля есть (пшеницы) во Египте, рече сыном своим: почто не радите?
2 तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु । हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन ।”
Се, слышах, яко есть пшеница во Египте: идите тамо и купите нам мало пищи, да живи будем и не умрем.
3 योसेफका दस जना दाजु मिश्रमा अनाज किन्‍नका लागि गए ।
Идоша же братия Иосифовы десять купити пшеницы во Египет.
4 तर याकूबले योसेफका भाइ बेन्यामीनलाई तिनका दाजुहरूसँगै पठाएनन् किनकि तिनीमाथि कुनै हानि आइपर्ला कि भनी तिनी डराए ।
Вениамина же, брата Иосифова, не отпусти с братиею его, рече бо: да не когда случится (на пути) ему зло.
5 किन्‍न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो ।
Приидоша же сынове Израилевы купити с приходящими: бяше бо глад в земли Ханаанстей.
6 योसेफ मिश्रका अधिपति थिए । तिनले देशका सबै मानिसलाई अनाज बेच्थे । योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।
Иосиф же бяше князь земли: сей продаяше всем людем земли (тоя). Пришедше же братия Иосифовы, поклонишася ему лицем до земли.
7 योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने, तर तिनले नचिनेका जस्तै गरी तिनीहरूसित कडासँग बोले । तिनले तिनीहरूलाई भने, “तिमीहरू कहाँबाट आएका हौ?” तिनीहरूले भने, “अनाज किन्‍नका लागि कनान देशबाट आएका हौँ ।”
Видев же Иосиф братию свою, позна: и отчуждашеся их, и глаголаше им жестоко, и рече им: откуду приидосте? Они же реша: от земли Ханаанския купити пищи.
8 योसेफले आफ्ना दाजुहरूलाई चिने, तर तिनीहरूले भने तिनलाई चिनेनन् ।
Позна же Иосиф братию свою: они же не познаша его.
9 त्यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे र तिनीहरूलाई भने, “तिमीहरू जासुस हौ । तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”
И помяну Иосиф сны своя, яже виде он: и рече им: соглядатаи есте, соглядати путий страны (сея) приидосте.
10 तिनीहरूले तिनलाई भने, “त्यसो होइन, हजुर । तपाईंका दासहरू अनाज किन्‍न आएका हुन् । हामी सबै एउटै मानिसका छोराहरू हौँ ।
Они же реша: ни, господине, раби твои приидохом купити пищи:
11 हामी इमानदार मानिसहरू हौँ । हामी तपाईंका दासहरू जासुस होइनौँ ।”
вси есмы сынове единаго человека: мирницы есмы, не суть раби твои соглядатаи.
12 तिनले तिनीहरूलाई भने, “तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”
Рече же им: ни, но пути земли (сея) приидосте соглядати.
13 तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ । हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन् ।”
Они же реша: дванадесять есмы братия раби твои в земли Ханаани: и се, менший (от нас) со отцем нашим днесь, а другаго несть.
14 योसेफले तिनीहरूलाई भने, “त्यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासुस हौ ।
Рече же им Иосиф: сие есть, еже рекох вам, глаголя, яко соглядатаи есте:
15 यसैद्वारा तिमीहरूको जाँच हुनेछ । फारोको शपथ खाएर म भन्दछु कि तिमीहरूका कान्छा भाइ यहाँ नआउञ्‍जेलसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ ।
в сем явитеся: тако ми здравия фараоня, не изыдете отсюду, аще брат ваш менший не приидет семо:
16 तिमीहरूमध्ये कोही एक जना गएर तिनलाई लिएर आऊ । तिमीहरूको वचन सत्य छ कि छैन भनेर जाँच गर्नको लागि तिमीहरू झ्यालखानामा हालिन्छौ ।”
послите от себе единаго, и возмите брата вашего: вы же держими будите, дондеже яве будут словеса ваша, аще истинствуете, или ни: аще же ни, тако ми здравия фараоня, воистинну соглядатаи есте.
17 तिनले तिनीहरू सबैलाई तिन दिनसम्म कैदखानामा राखे ।
И даде я под стражу на три дни.
18 तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ किनकि म परमेश्‍वरदेखि डराउँछु ।
Рече же им в день третий: сие сотворите, и живи будете: Бога бо аз боюся:
19 तिमीहरू इमानदार मानिस हौ भने एक जनालाई यही झ्यालखानामा छोड, र तिमीहरूचाहिँ जाओ । तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ ।
аще мирницы есте, брат ваш да удержится един под стражею: сами же идите и отвезите купленую пшеницу вашу,
20 तिमीहरूका कान्छा भाइ मकहाँ लिएर आओ र तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ ।” त्यसैले तिनीहरूले त्यसै गरे ।
и брата вашего меншаго приведите ко мне, и верна будут словеса ваша: аще же ни, умрете. И сотвориша тако.
21 तिनीहरूले एक-अर्कालाई भने, “हाम्रा भाइको सम्बन्धमा हामी साँच्‍चै दोषी छौँ किनकि तिनले हामीसित बिन्ती गर्दा तिनको व्याकुलता हामीले देख्यौँ तापनि हामीले तिनको कुरा सुनेनौँ । त्यसैले यो व्याकुलता हामीमाथि आइपरेको हो ।”
И рече кийждо к брату своему: ей, во гресех бо есмы брата ради нашего, яко презрехом скорбение души его, егда моляшеся нам, и не послушахом его: и сего ради прииде на ны скорбение сие.
22 रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्यसको रगतको बदला भोग्‍नुपर्छ ।
Отвещав же Рувим, рече им: не рех ли вам, глаголя: не преобидите детища? И не послушасте мене: и се, кровь его взыскуется.
23 योसेफले तिनीहरूका कुरा बुझे भनी तिनीहरूले थाहा पाएनन् किनकि तिनीहरूका बिचमा अर्थ खोल्ने व्यक्ति थियो ।
Тии же не ведеша, яко разумеет Иосиф: толмачь бо между ими бяше.
24 तिनी तिनीहरूबाट एकातिर गई रोए । तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे । तिनले तिनीहरूका बिचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे ।
Отвратився же от них, проплакася Иосиф: и паки прииде к ним и рече им. И поя Симеона от них, и связа его пред ними.
25 त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे ।
Повеле же Иосиф наполнити сосуды их пшеницы и возвратити сребро их комуждо во вретище свое и дати им брашно на путь. И бысть им тако.
26 आफ्ना गधाहरूमा अनाज लादेर तिनका दाजुहरू त्यहाँबाट प्रस्थान गरे ।
И возложивше пшеницу на ослы своя, отидоша оттуду.
27 विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ-पैसा देखे । यो तिनको बोराको मुखैमा थियो ।
Отрешив же един вретище свое дати пищу ослом своим, идеже сташа, и виде узол сребра своего, и бе верху устия вретищнаго.
28 तिनले आफ्ना दाजुभाइहरुलाई भने, “मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ । हेर त, यो त मेरै बोराभित्र छ ।” तिनीहरूको हंसले ठाउँ छाड्यो । तिनीहरू डरले काम्दै यसो भने, “परमेश्‍वरले यो हामीलाई के गर्नुभएको?”
И рече братии своей: возвращено ми есть сребро, и се, сие во вретищи моем. И ужасеся сердце их: и возмятошася, друг ко другу глаголюще: что сие сотвори Бог нам?
29 तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,
Приидоша же ко Иакову, отцу своему, в землю Ханааню и поведаша ему вся случившаяся им, глаголюще:
30 “त्यस देशका मालिकले हामीसित कठोरतापूर्वक बोले र हामी त्यहाँ जासुस भएर गएका थियौँ भनी ठाने ।
глагола муж господин земли (оныя) к нам жестоко и вверже нас в темницу, аки соглядаюших землю:
31 हामीले तिनलाई भन्यौँ, 'हामी इमानदार मानिसहरू हौँ । हामी जासुस होइनौँ ।
рехом же ему: мирницы есмы, несмы соглядатаи:
32 हामी बार्‍ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् ।'
дванадесять братия есмы, сынове отца нашего: единаго несть, а менший со отцем нашим днесь в земли Ханаани:
33 त्यस देशका मालिकले हामीलाई भने, 'यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु । तिमीहरूमध्ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग ।
рече же нам муж господин земли (тоя): по сему увем, яко мирницы есте: брата единаго оставите зде у мене, а купленую пшеницу дому вашему вземше отидите
34 तिमीहरूका कान्छो भाइ मकहाँ लिएर आओ । तब तिमीहरू जासुस नभई इमानदार मानिस रहेछौ भनी मैले थाहा पाउनेछु । त्यसपछि म तिमीहरूका दाजुलाई छाडिदिनेछु र तिमीहरू यस देशमा व्यापार गरेर बस' ।”
и приведите ко мне брата вашего меншаго: и увем, яко не соглядатаи есте, но яко мирницы есте: и брата вашего отдам вам, и куплю творите в земли.
35 तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ । तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए । तिनीहरूका पिता
Бысть же егда испраздняху вретища своя, и бяше узол сребра во вретищи коегождо их: и видеша узлы сребра своего сами и отец их, и убояшася.
36 याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ । योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ । यी सबै कुरा मेरो विरुद्धमा छन् ।”
Рече же им Иаков отец их: мене безчадна сотвористе: Иосифа несть, Симеона несть, и Вениамина ли поймете? На мя быша сия вся.
37 रूबनले आफ्ना पितालाई यसो भने, “मैले बेन्यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्‍नुहुन्छ । तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्, र म तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु ।”
Рече же Рувим отцу своему, глаголя: двоих сынов моих убий, аще не приведу его к тебе: даждь его в руце мои, и аз приведу его к тебе.
38 याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन । किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन् । तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ ।” (Sheol h7585)
Он же рече: не пойдет сын мой с вами, яко брат его умре, и той един оста: и случится ему зло на пути, в оньже аще пойдете, и сведете старость мою с печалию во ад. (Sheol h7585)

< उत्पत्ति 42 >