< उत्पत्ति 42 >
1 अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो । तिनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्कालाई हेर्छौ?”
Da Jakob hørte, at der var Korn at få i Ægypten, sagde han til sine Sønner: "Hvad venter I efter?"
2 तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु । हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन ।”
Og han sagde: "Jeg hører, at der er Korn at få i Ægypten; drag ned og køb os noget, at vi kan blive i Live og undgå Døden!"
3 योसेफका दस जना दाजु मिश्रमा अनाज किन्नका लागि गए ।
Så drog de ti af Josefs Brødre ned for at købe Korn i Ægypten;
4 तर याकूबले योसेफका भाइ बेन्यामीनलाई तिनका दाजुहरूसँगै पठाएनन् किनकि तिनीमाथि कुनै हानि आइपर्ला कि भनी तिनी डराए ।
men Jakob sendte ikke Josefs Broder Benjamin med hans Brødre, thi han tænkte, der kunde tilstøde ham en Ulykke.
5 किन्न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो ।
Blandt dem, der kom for at købe Korn, var også Israels Sønner; thi der var Hungersnød i Kana'ans Land.
6 योसेफ मिश्रका अधिपति थिए । तिनले देशका सबै मानिसलाई अनाज बेच्थे । योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।
Og da Josef var Hersker i Landet, og han var den, der solgte Korn til alt Folket i Landet, så kom Josefs Brødre og kastede sig til Jorden for ham.
7 योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने, तर तिनले नचिनेका जस्तै गरी तिनीहरूसित कडासँग बोले । तिनले तिनीहरूलाई भने, “तिमीहरू कहाँबाट आएका हौ?” तिनीहरूले भने, “अनाज किन्नका लागि कनान देशबाट आएका हौँ ।”
Da Josef så sine Brødre, kendte han dem; men han lod fremmed over for dem, talte dem hårdt til og sagde til dem: "Hvorfra kommer I?" De svarede: "Fra Kana'ans Land for at købe Føde!"
8 योसेफले आफ्ना दाजुहरूलाई चिने, तर तिनीहरूले भने तिनलाई चिनेनन् ।
Josef kendte sine Brødre, men de kendte ikke ham.
9 त्यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे र तिनीहरूलाई भने, “तिमीहरू जासुस हौ । तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”
Da kom Josef de Drømme i Hu. han havde drømt om dem; og han sagde til dem; "I er Spejdere, I kommer for at se, hvor Landet er åbent!"
10 तिनीहरूले तिनलाई भने, “त्यसो होइन, हजुर । तपाईंका दासहरू अनाज किन्न आएका हुन् । हामी सबै एउटै मानिसका छोराहरू हौँ ।
De svarede: "Nej, Herre, dine Trælle kommer for at købe Føde!
11 हामी इमानदार मानिसहरू हौँ । हामी तपाईंका दासहरू जासुस होइनौँ ।”
Vi er alle Sønner af en og samme Mand; vi er ærlige Folk. dine Trælle er ikke Spejdere!"
12 तिनले तिनीहरूलाई भने, “तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”
Men han sagde: "Jo vist så! I kommer for at se, hvor Landet er åbent!"
13 तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ । हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन् ।”
De svarede: "Vi, dine Trælle. var tolv Brødre, Sønner af en og samme Mand i Kana'ans Land; den yngste er for Tiden hjemme hos vor Fader, og een er ikke mere!"
14 योसेफले तिनीहरूलाई भने, “त्यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासुस हौ ।
Men Josef sagde til dem: "Det er, som jeg siger eder: I er Spejdere!
15 यसैद्वारा तिमीहरूको जाँच हुनेछ । फारोको शपथ खाएर म भन्दछु कि तिमीहरूका कान्छा भाइ यहाँ नआउञ्जेलसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ ।
Men nu skal I sættes på Prøve: Så sandt Farao lever, slipper I ikke herfra, uden at eders yngste Broder kommer hid!
16 तिमीहरूमध्ये कोही एक जना गएर तिनलाई लिएर आऊ । तिमीहरूको वचन सत्य छ कि छैन भनेर जाँच गर्नको लागि तिमीहरू झ्यालखानामा हालिन्छौ ।”
Lad en af eder rejse hjem for at hente eders Broder, og imedens holdes I andre fangne; så vil det. vise sig, om eders Ord er Sandhed; og hvis ikke, så er I, så sandt, Farao lever, Spejdere!"
17 तिनले तिनीहरू सबैलाई तिन दिनसम्म कैदखानामा राखे ।
Derpå holdt han dem i Forvaring tre Dage.
18 तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ किनकि म परमेश्वरदेखि डराउँछु ।
Men Tredjedagen sagde Josef til dem: "Vil I beholde Livet, så skal I gøre således, thi jeg er en Mand, der frygter Gud:
19 तिमीहरू इमानदार मानिस हौ भने एक जनालाई यही झ्यालखानामा छोड, र तिमीहरूचाहिँ जाओ । तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ ।
Er I virkelig ærlige Folk, lad så en af eder blive tilbage som Fange i det Fængsel, som I sad i, medens I andre drager hjem med Korn til at stille Hungeren i eders Huse;
20 तिमीहरूका कान्छा भाइ मकहाँ लिएर आओ र तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ ।” त्यसैले तिनीहरूले त्यसै गरे ।
og bring så eders yngste Broder til mig, så skal eders Ord stå til Troende, og I skal slippe for at dø!" Og således gjorde de.
21 तिनीहरूले एक-अर्कालाई भने, “हाम्रा भाइको सम्बन्धमा हामी साँच्चै दोषी छौँ किनकि तिनले हामीसित बिन्ती गर्दा तिनको व्याकुलता हामीले देख्यौँ तापनि हामीले तिनको कुरा सुनेनौँ । त्यसैले यो व्याकुलता हामीमाथि आइपरेको हो ।”
Da sagde de til hverandre: "Sandelig, nu må vi bøde for, hvad vi forbrød mod vor Broder, da vi så hans Sjælevånde, medens han bønfaldt os, og dog ikke hørte ham; derfor stedes vi nu i denne Vånde!"
22 रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्यसको रगतको बदला भोग्नुपर्छ ।
Men Ruben tog til Orde og sagde til dem: "Sagde jeg eder ikke dengang: Forsynd eder ikke mod Drengen! Men I vilde ikke høre; se, nu kræves hans Blod!"
23 योसेफले तिनीहरूका कुरा बुझे भनी तिनीहरूले थाहा पाएनन् किनकि तिनीहरूका बिचमा अर्थ खोल्ने व्यक्ति थियो ।
Således talte de. Men de vidste ikke, at Josef forstod det, thi han forhandlede med dem ved Tolk;
24 तिनी तिनीहरूबाट एकातिर गई रोए । तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे । तिनले तिनीहरूका बिचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे ।
og han vendte sig bort fra dem og græd. Siden vendte han sig til dem og talte med dem; og han tog Simeon fra dem og lod ham fængsle for deres Øjne.
25 त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे ।
Så gav Josef Befaling til at fylde deres Sække med Korn og lægge Pengene tilbage i hver enkelts Sæk og give dem Rejsekost; og således skete det.
26 आफ्ना गधाहरूमा अनाज लादेर तिनका दाजुहरू त्यहाँबाट प्रस्थान गरे ।
Så læssede de deres Korn på Æslerne og drog bort.
27 विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ-पैसा देखे । यो तिनको बोराको मुखैमा थियो ।
Men da en af dem i Natteherberget åbnede sin Sæk for at give sit Æsel Foder, fik han Øje på sine Penge, der lå oven i Sækken;
28 तिनले आफ्ना दाजुभाइहरुलाई भने, “मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ । हेर त, यो त मेरै बोराभित्र छ ।” तिनीहरूको हंसले ठाउँ छाड्यो । तिनीहरू डरले काम्दै यसो भने, “परमेश्वरले यो हामीलाई के गर्नुभएको?”
og han sagde til sine Brødre: "Mine Penge er kommet igen; se, de er i min Sæk!" Da sank Hjertet i Livet på dem, og de så forfærdede på hverandre og sagde: "Hvad har Gud dog gjort imod os!"
29 तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,
Og da de kom hjem til deres Fader Jakob i Kana'ans Land, fortalte de ham alt, hvad der var hændet dem, og sagde:
30 “त्यस देशका मालिकले हामीसित कठोरतापूर्वक बोले र हामी त्यहाँ जासुस भएर गएका थियौँ भनी ठाने ।
"Manden, der er Landets Herre, talte os hårdt til og holdt os i Forvaring, som var vi Folk, der vilde udspejde Landet;
31 हामीले तिनलाई भन्यौँ, 'हामी इमानदार मानिसहरू हौँ । हामी जासुस होइनौँ ।
men vi sagde til ham: Vi er ærlige Folk og ikke Spejdere;
32 हामी बार्ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् ।'
vi var tolv Brødre, Sønner af en og samme Fader; een er ikke mere, og den yngste er for Tiden hjemme hos vor Fader i Kana'ans Land.
33 त्यस देशका मालिकले हामीलाई भने, 'यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु । तिमीहरूमध्ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग ।
Så sagde Manden, der er Landets Herre: Derpå vil jeg kende, at I er ærlige Folk: Lad en af eder blive hos mig, og tag I andre Korn til at stille Hungeren i eders Huse og drag hjem!
34 तिमीहरूका कान्छो भाइ मकहाँ लिएर आओ । तब तिमीहरू जासुस नभई इमानदार मानिस रहेछौ भनी मैले थाहा पाउनेछु । त्यसपछि म तिमीहरूका दाजुलाई छाडिदिनेछु र तिमीहरू यस देशमा व्यापार गरेर बस' ।”
Siden skal I bringe eders yngste Broder til mig, for at jeg kan kende, at I ikke er Spejdere, men ærlige Folk; så vil jeg udlevere eders Broder til eder, og I kan frit rejse i Landet."
35 तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ । तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए । तिनीहरूका पिता
Da de nu tømte deres Sække, fandt hver sin Pengepose i sin Sæk; og da de og deres Fader så Pengeposerne, blev de forfærdede.
36 याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ । योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ । यी सबै कुरा मेरो विरुद्धमा छन् ।”
Og deres Fader Jakob sagde til dem: "I gør mig barnløs; Josef er ikke mere, og Simeon er ikke mere, og nu vil I tage Benjamin; det går alt sammen ud over mig!"
37 रूबनले आफ्ना पितालाई यसो भने, “मैले बेन्यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्नुहुन्छ । तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्, र म तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु ।”
Så sagde Ruben til sin Fader: "Du må tage mine to Sønners Liv, hvis jeg ikke bringer ham til dig; betro ham til mig, og jeg skal bringe ham tilbage til dig!"
38 याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन । किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन् । तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्याउनेछौ ।” (Sheol )
Men han sagde: "Min Søn skal ikke rejse derned med eder, thi hans Broder er død, og han alene er tilbage; tilstøder der ham en Ulykke på den Rejse, I har for, så bringer I mine grå Hår ned i Dødsriget med Sorg!" (Sheol )