< उत्पत्ति 41 >
1 दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे । तिनी नील नदीको किनारमा उभिए ।
Tam iki yıl sonra firavun bir düş gördü: Nil Irmağı'nın kıyısında duruyordu.
2 नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।
Irmaktan güzel ve semiz yedi inek çıktı. Sazlar arasında otlamaya başladılar.
3 नील नदीबाट अरू सातवटा नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए ।
Sonra yedi çirkin ve cılız inek çıktı. Irmağın kıyısında öbür ineklerin yanında durdular.
4 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए । अनि फारो ब्युँझे ।
Çirkin ve cılız inekler güzel ve semiz yedi ineği yiyince, firavun uyandı.
5 तिनी फेरि सुते र अर्को सपना देखे । सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रे ।
Yine uykuya daldı, bu kez başka bir düş gördü: Bir sapta yedi güzel ve dolgun başak bitti.
6 त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्नका बाला तिनीहरू पछि पलाए ।
Sonra, cılız ve doğu rüzgarıyla kavrulmuş yedi başak daha bitti.
7 सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो ।
Cılız başaklar, yedi güzel ve dolgun başağı yuttular. Firavun uyandı, düş gördüğünü anladı.
8 बिहान तिनको आत्मा बेचैन भयो । तिनले मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए । फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्ने त्यहाँ कोही भएन ।
Sabah uyandığında kaygılıydı. Bütün Mısırlı büyücüleri, bilgeleri çağırttı. Onlara gördüğü düşleri anlattı. Ama hiçbiri firavunun düşlerini yorumlayamadı.
9 त्यसपछि मुख्य पियाउनेले फारोलाई भने, “आज म मेरो दोषको बारेमा सोच्दै छु ।
Bu arada baş saki firavuna, “Bugün suçumu itiraf etmeliyim” dedi,
10 फारो आफ्ना नोकरहरूसित रिसाउनु भई मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्तानको कैदखानामा राख्नुभयो ।
“Kullarına –bana ve fırıncıbaşına– öfkelenince bizi zindana, muhafız birliği komutanının evine kapattın.
11 तिनी र मैले एउटै रात सपना देख्यौँ । हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ ।
Bir gece ikimiz de düş gördük. Düşlerimiz farklı anlamlar taşıyordu.
12 त्यहाँ हामीसित एक जना जवान हिब्रू मानिस थियो जो अङ्गरक्षकका कप्तानको नोकर थियो । हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो । त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो ।
Orada bizimle birlikte muhafız birliği komutanının kölesi İbrani bir genç vardı. Gördüğümüz düşleri ona anlattık. Bize bir bir yorumladı.
13 त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो । फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो, तर अर्को मानिसलाई झुण्ड्याइयो ।”
Her şey onun yorumladığı gibi çıktı: Ben görevime döndüm, fırıncıbaşıysa asıldı.”
14 त्यसपछि फारोले योसेफलाई डाक्न पठाए । तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए । तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए ।
Firavun Yusuf'u çağırttı. Hemen onu zindandan çıkardılar. Yusuf tıraş olup giysilerini değiştirdikten sonra firavunun huzuruna çıktı.
15 फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेँ, तर यसको अर्थ खोल्ने कोही भएन । तर तिमीले सपना सुन्यौ भने यसको अर्थ खोल्न सक्छौ भनी मैले तिम्रो बारेमा सुनेको छु ।”
Firavun Yusuf'a, “Bir düş gördüm” dedi, “Ama kimse yorumlayamadı. Duyduğun her düşü yorumlayabildiğini işittim.”
16 योसेफले फारोलाई जवाफ दिए, “ममा यस्तो खुबी त छैन, तर परमेश्वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ ।”
Yusuf, “Ben yorumlayamam” dedi, “Firavuna en uygun yorumu Tanrı yapacaktır.”
17 फारोले योसेफलाई बताए, “मेरो सपनामा म नील नदीको किनारमा उभिएँ ।
Firavun Yusuf'a anlatmaya başladı: “Düşümde bir ırmak kıyısında duruyordum.
18 नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।
Irmaktan semiz ve güzel yedi inek çıktı. Sazlar arasında otlamaya başladılar.
19 नील नदीबाट अरू सातवटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ ।
Sonra arık, çirkin, cılız yedi inek daha çıktı. Mısır'da onlar kadar çirkin inek görmedim.
20 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईलाई खाइदिए ।
Cılız ve çirkin inekler ilk çıkan yedi semiz ineği yedi.
21 तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिलेजस्तै अझै पनि नसप्रेका देखिन्थे । त्यसपछि मेरो निद्रा खुल्यो ।
Ancak kötü görünüşleri değişmedi. Sanki bir şey yememiş gibi görünüyorlardı. Sonra uyandım.
22 मेरो अर्को सपनामा मैले सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ ।
“Bir de düşümde bir sapta dolgun ve güzel yedi başak bittiğini gördüm.
23 त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्नका बाला तिनीहरू पछि पलाउन थाले ।
Sonra solgun, cılız, doğu rüzgarının kavurduğu yedi başak daha bitti.
24 सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । मैले जादुगरहरूलाई यी सपनाहरू बताएँ, तर मलाई तिनको अर्थ खोलिदिने कोही भएन ।”
Cılız başaklar yedi güzel başağı yuttular. Büyücülere bunu anlattım. Ama hiçbiri yorumlayamadı.”
25 योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हुन् । परमेश्वरले गर्न लाग्नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
Yusuf, “Efendim, iki düş de aynı anlamı taşıyor” dedi, “Tanrı ne yapacağını sana bildirmiş.
26 सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् ।
Yedi güzel inek yedi yıl demektir. Yedi güzel başak da yedi yıldır. Aynı anlama geliyor.
27 तीपछि आएका सातवटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन् ।
Daha sonra çıkan yedi cılız, çirkin inek ve doğu rüzgarının kavurduğu yedi solgun başaksa yedi yıl kıtlık olacağı anlamına gelir.
28 मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्वरले गर्न लाग्नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
“Söylediğim gibi, Tanrı ne yapacağını sana göstermiş.
29 हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ ।
Mısır'da yedi yıl bolluk olacak.
30 त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकाले देशलाई सखाप पार्नेछ ।
Sonra yedi yıl öyle bir kıtlık olacak ki, bolluk yılları hiç anımsanmayacak. Çünkü kıtlık ülkeyi kasıp kavuracak.
31 देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन किनकि यो अति नै भयानक हुनेछ ।
Ardından gelen kıtlık bolluğu unutturacak, çünkü çok şiddetli olacak.
32 फारोलाई सपना दोहोर्याइनुको कारणचाहिँ यही हो, कि परमेश्वरले यो विषयलाई पक्का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ ।
Bu konuda iki kez düş görmenin anlamı, Tanrı'nın kesin kararını verdiğini ve en kısa zamanda uygulayacağını gösteriyor.
33 अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् ।
“Şimdi firavunun akıllı, bilgili bir adam bulup onu Mısır'ın başına getirmesi gerekir.
34 फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् ।
Ülke çapında adamlar görevlendirmeli, bunlar yedi bolluk yılı boyunca ürünlerin beşte birini toplamalı.
35 सहरहरूमा खानाका लागि तिनीहरूले आउँदै गरेका यी असल वर्षहरूका सबै अनाज जम्मा गरून् । तिनीहरूले यसको सञ्चय गर्नुपर्छ ।
Gelecek verimli yılların bütün yiyeceğini toplasınlar, firavunun yönetimi altında kentlerde depolayıp korusunlar.
36 मिश्रमा आउने सात वर्षको अनिकालको अवधिमा यी अनाज वितरण गरिनुपर्छ । यसरी अनिकालद्वारा देश सखाप हुनेछैन ।”
Bu yiyecek, gelecek yedi kıtlık yılı boyunca Mısır'da ihtiyat olarak kullanılacak, ülke kıtlıktan kırılmayacak.”
37 फारो र तिनका सबै कामदारको दृष्टिमा यो सल्लाह राम्रो थियो ।
Bu öneri firavunla görevlilerine iyi göründü.
38 फारोले आफ्ना कामदारहरूलाई भने, “यिनीजस्तै परमेश्वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?”
Firavun görevlilerine, “Bu adam gibi Tanrı Ruhu'na sahip birini bulabilir miyiz?” diye sordu.
39 त्यसैले फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल र बुद्धिमान् अरू कोही छैन ।
Sonra Yusuf'a, “Madem Tanrı bütün bunları sana açıkladı, senden daha akıllısı, bilgilisi yoktur” dedi,
40 तिमी नै मेरो घरको अधिकारी हुनेछौ र तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन् । सिंहासनमा मात्रै म तिमीभन्दा ठुलो हुनेछु ।”
“Sarayımın yönetimini sana vereceğim. Bütün halkım buyruklarına uyacak. Tahttan başka senden üstünlüğüm olmayacak.
41 फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।”
Seni bütün Mısır'a yönetici atıyorum.”
42 फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए । तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए ।
Sonra mührünü parmağından çıkarıp Yusuf'un parmağına taktı. Ona ince ketenden giysi giydirdi. Boynuna altın zincir taktı.
43 फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्च्याए, “घुँडा टेकेर झुक ।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए ।
Onu kendi yardımcısının arabasına bindirdi. Yusuf'un önünde, “Yol açın!” diye bağırdılar. Böylece firavun ona bütün Mısır'ın yönetimini verdi.
44 फारोले योसेफलाई भने, “म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन ।”
Firavun Yusuf'a, “Firavun benim” dedi, “Ama Mısır'da senden izinsiz kimse elini ayağını oynatmayacak.”
45 फारोले योसेफको नाउँ “सापनत-पानेह” राखिदिए । तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए । योसेफ मिश्र देशभरि जान्थे ।
Yusuf'un adını Safenat-Paneah koydu. On Kenti'nin kâhini Potifera'nın kızı Asenat'ı da ona karı olarak verdi. Yusuf ülkeyi boydan boya dolaştı.
46 मिश्रका राष्ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे ।
Yusuf firavunun hizmetine girdiğinde otuz yaşındaydı. Firavunun huzurundan ayrıldıktan sonra bütün Mısır'ı dolaştı.
47 सहकालका सात वर्षमा जमिनले प्रचुर मात्रामा उब्जनी गर्यो ।
Yedi bolluk yılı boyunca toprak çok ürün verdi.
48 तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे । तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे ।
Yusuf Mısır'da yedi yıl içinde yetişen bütün ürünleri toplayıp kentlerde depoladı. Her kente o kentin çevresindeki tarlalarda yetişen ürünleri koydu.
49 योसेफले अन्नको भण्डारण समुद्रको बालुवासरह गरे । अन्न यति धेरै थियो कि तिनले हिसाब राख्नै छाडिदिए ।
Denizin kumu kadar çok buğday depoladı; öyle ki, ölçmekten vazgeçti. Çünkü buğday ölçülemeyecek kadar çoktu.
50 अनिकालका वर्षहरू सुरु हुनुभन्दा अगि योसेफले ओनका पुजारी पोतीपेराकी छोरी आसनतबाट दुई जना छोरा जन्माइसकेका थिए ।
Kıtlık yılları başlamadan, On Kenti'nin kâhini Potifera'nın kızı Asenat Yusuf'a iki erkek çocuk doğurdu.
51 योसेफले आफ्नो जेठो छोरोलाई मनश्शे नाउँ दिएका थिए किनकि तिनले भने, “परमेश्वरले मेरा र मेरा पिताका घरानाका सबै कष्ट बिर्सन लगाउनुभएको छ ।”
Yusuf ilk oğlunun adını Manaşşe koydu. “Tanrı bana bütün acılarımı ve babamın ailesini unutturdu” dedi.
52 तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्वरले मेरो कष्टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।”
“Tanrı sıkıntı çektiğim ülkede beni verimli kıldı” diyerek ikinci oğlunun adını Efrayim koydu.
53 मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो ।
Mısır'da yedi bolluk yılı sona erdi.
54 योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो । सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो ।
Yusuf'un söylemiş olduğu gibi yedi kıtlık yılı başgösterdi. Bütün ülkelerde kıtlık vardı, ama Mısır'ın her yanında yiyecek bulunuyordu.
55 सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।”
Mısırlılar aç kalınca, yiyecek için firavuna yakardılar. Firavun, “Yusuf'a gidin” dedi, “O size ne derse öyle yapın.”
56 अनिकालले पुरै देशलाई ढाकेको थियो । योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे । मिश्र देशमा अनिकाल अति भयानक थियो ।
Kıtlık bütün ülkeyi sarınca, Yusuf depoları açıp Mısırlılar'a buğday satmaya başladı. Çünkü kıtlık Mısır'ı boydan boya kavuruyordu.
57 सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्न मिश्रमा आउँदै थिए ।
Bütün ülkelerden insanlar da buğday satın almak için Mısır'a, Yusuf'a geliyordu. Çünkü kıtlık bütün dünyayı sarmıştı ve şiddetliydi.