< उत्पत्ति 40 >
1 मिश्रका राजाका पियाउने र पकाउनेले आफ्ना मालिकको विरुद्ध काम गरे ।
And it came to pass after these things, that the butler of the king of Egypt and the baker committed an offense, against their lord the king of Egypt.
2 आफ्ना यी दुई अधिकार प्राप्त मुख्य पियाउने र पकाउनेसँग फारो क्रोधित भए ।
And Pharaoh was wroth against his two officers, against the chief of the butlers, and against the chief of the bakers.
3 उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो ।
And he put them in ward in the house of the captain of the guards, into the prison, the place where Joseph was confined.
4 अङ्गरक्षकहरूका कप्तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए । तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे ।
And the captain of the guards charged Joseph with them, and he served them; and they continued a season in ward.
5 ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।
And they dreamed a dream, both of them, each his dream in one night, each in accordance with the interpretation of his dream, the butler and the baker of the king of Egypt, who were confined in the prison.
6 योसेफ बिहान तिनीहरूकहाँ आए र तिनीहरूलाई उदास देखे ।
And Joseph came in unto them in the morning, and looked at them, and, behold, they were sad.
7 उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ?”
And he asked the officers of Pharaoh that were with him in ward in his lord's house, saying, Wherefore look ye so sadly today?
8 तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।”
And they said unto him, We have dreamed a dream, and there is none to interpret it. And Joseph said unto them, Do not interpretations belong to God? tell it to me, I pray you.
9 मुख्य पियाउनेले योसेफलाई आफ्नो सपना भने । तिनले उनलाई भने, “मेरो सपनामा मेरोअगि एउटा दाखको बोट थियो ।
The chief of the butlers then told his dream to Joseph, and said to him, In my dream, behold, a vine was before me;
10 त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो, त्यसमा फूलहरू निस्किए र दाखका झुप्पाहरू पाके ।
And on the vine were three branches; and it was as though it budded, shot forth its blossoms, and on its clusters the grapes became ripe:
11 फारोको कचौरा मेरो हातमा थियो । मैले ती दाख लिएँ र फारोको कचौरामा निचरेँ, र त्यस कचौरालाई फारोका हातमा टक्र्याएँ ।”
And Pharaoh's cup was in my hand; and I took the grapes, and pressed them out into Pharaoh's cup, and I placed the cup into Pharaoh's hand.
12 योसेफले तिनलाई भने, “यसको अर्थ यस्तो छ । तिनवटा हाँगा भनेको तिन दिन हो ।
And Joseph said unto him, This is its interpretation: The three branches are three days;
13 तिन दिनभित्र फारोले तपाईंको शिर उच्च पार्नुहुनेछ र तपाईंलाई तपाईंको काममा पुनर्स्थापित गर्नुहुनेछ । तपाईं फारोका पियाउने हुनुहुँदाजस्तै तपाईंले फारोको कचौरालाई उहाँका हातमा टक्र्याउनुहुनेछ ।
Within yet three days will Pharaoh lift up thy head, and restore thee unto thy office; and thou shalt place Pharaoh's cup into his hand, after the former manner when thou wast his butler.
14 तर तपाईंको भलो हुँदा मलाई सम्झनुहोस्, र कृपया ममाथि दया देखाउनुहोस् । मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस् ।
Therefore if thou thinkest on me when it shall be well with thee, then show kindness, I pray thee, unto me, and make mention of me unto Pharaoh, and bring me out of this house;
15 किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो । यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन ।”
For indeed I was stolen away out of the land of the Hebrews; and here also have I not done the least that they should put me into the dungeon.
16 जब मुख्य पकाउनेले सपनाको अर्थ असल भएको देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेको थिएँ । रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए ।
And when the chief of the bakers saw that he had well interpreted, he said unto Joseph, I also [saw] in my dream, and, behold, I had three baskets with fine bread on my head:
17 सबैभन्दा माथिको टोकरीमा फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा थिए, तर चराहरूले मेरो टाउकोमाथिको टोकरीबाट ती खाइदिए ।”
And in the uppermost basket there was of all manner of bakemeats, used as food for Pharaoh; and the birds did eat them out of the basket from my head.
18 योसेफले जवाफ दिए, “यसको अर्थ यस्तो छ । तिनवटा टोकरी भनेको तिन दिन हो ।
And Joseph answered and said, This is the interpretation: The three baskets are three days;
19 तिन दिनभित्र फारोले तपाईंको शिर उठाएर तपाईंलाई रुखमा झुण्ड्याइदिनुहुनेछ । चराहरूले तपाईंको मासु खानेछन् ।”
Within yet three days will Pharaoh lift up thy head from off thee, and will hang thee on a tree; and the birds shall eat thy flesh from off thee.
20 त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो । तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे । आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए ।
And it came to pass on the third day, which was Pharaoh's birthday, that he made a feast unto all his servants: and he lifted up the head of the chief of the butlers and the head of the chief of the bakers among his servants.
21 तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए, र उनले फेरि फारोका हातमा कचौरा टक्र्याए ।
And he restored the chief of the butlers unto his butlership; and he placed the cup in Pharaoh's hand;
22 तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए ।
But the chief of the bakers he hanged, as Joseph had interpreted to them.
23 मुख्य पियाउनेले भने योसेफलाई सम्झेनन्, तर उनलाई बिर्सिहाले ।
Yet the chief of the butlers did not remember Joseph, and forgot him.