< उत्पत्ति 40 >

1 मिश्रका राजाका पियाउने र पकाउनेले आफ्ना मालिकको विरुद्ध काम गरे ।
這些事以後,埃及王的司酒和司廚得罪了他們的主人埃及王。
2 आफ्ना यी दुई अधिकार प्राप्‍त मुख्‍य पियाउने र पकाउनेसँग फारो क्रोधित भए ।
法郎於是對那兩個內臣,司酒長和司廚長發了怒,
3 उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो ।
將他們囚在衛隊長府內的拘留所內,若瑟被囚禁的地方。
4 अङ्गरक्षकहरूका कप्‍तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए । तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे ।
衛隊長將他們交給若瑟,若瑟就照管他們。他們在拘留所內過了一些時日,
5 ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।
那兩個被囚在獄裏的埃及王的司酒和司廚,在同一夜裏,各作了一夢;每人的夢都有它的意義。
6 योसेफ बिहान तिनीहरूकहाँ आए र तिनीहरूलाई उदास देखे ।
早晨若瑟到了他們那裏,見他們面有憂色,
7 उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ?”
便問那與他同在自己主人府中監獄裏的法郎內臣說:「為什麼你們今天面帶憂色﹖」
8 तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्‍वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।”
他們回答說:「我們各作了一夢,沒有人能夠解釋。」若瑟對他們說:「解夢不是天主的事嗎﹖請你們講給我聽! 」
9 मुख्य पियाउनेले योसेफलाई आफ्नो सपना भने । तिनले उनलाई भने, “मेरो सपनामा मेरोअगि एउटा दाखको बोट थियो ।
司酒長就將自己的夢講給若瑟聽,對他說:「我夢見在我前面有株葡萄樹。
10 त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो, त्यसमा फूलहरू निस्किए र दाखका झुप्‍पाहरू पाके ।
樹上有三根枝子,剛發芽,就生出了花朵,花朵結了熟葡萄。
11 फारोको कचौरा मेरो हातमा थियो । मैले ती दाख लिएँ र फारोको कचौरामा निचरेँ, र त्यस कचौरालाई फारोका हातमा टक्र्याएँ ।”
我手拿著法郎的杯,將葡萄擠在法郎的杯中,將杯遞在法郎的手內。」
12 योसेफले तिनलाई भने, “यसको अर्थ यस्तो छ । तिनवटा हाँगा भनेको तिन दिन हो ।
若瑟對他說:「這夢的意義就是:三根枝子是指的三天。
13 तिन दिनभित्र फारोले तपाईंको शिर उच्‍च पार्नुहुनेछ र तपाईंलाई तपाईंको काममा पुनर्स्थापित गर्नुहुनेछ । तपाईं फारोका पियाउने हुनुहुँदाजस्तै तपाईंले फारोको कचौरालाई उहाँका हातमा टक्र्याउनुहुनेछ ।
三天以內,法郎要高舉你,恢復你的職位:你仍將杯放在法郎的手中,像先前作他司酒時一樣;
14 तर तपाईंको भलो हुँदा मलाई सम्झनुहोस्, र कृपया ममाथि दया देखाउनुहोस् । मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस् ।
但是,當你得志時,請你記得我,望你對我施恩,為我告訴法郎,救我出離這監牢;
15 किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो । यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन ।”
因為我不但是由希伯來人地被拐來的,而且在這裏我也沒有做過什麼使他們將我放在這地牢裏的事。」
16 जब मुख्य पकाउनेले सपनाको अर्थ असल भएको देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेको थिएँ । रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए ।
司廚長見他解得吉祥,便對若瑟說:「我也作了一夢,夢見在我的頭上有三筐白餅。
17 सबैभन्दा माथिको टोकरीमा फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा थिए, तर चराहरूले मेरो टाउकोमाथिको टोकरीबाट ती खाइदिए ।”
最上面的筐內,有為法郎預備的各種食物,有飛鳥來啄食我頭上筐裏的食物。」
18 योसेफले जवाफ दिए, “यसको अर्थ यस्तो छ । तिनवटा टोकरी भनेको तिन दिन हो ।
若瑟回答說:「這夢的意義就是:三筐是指的三天。
19 तिन दिनभित्र फारोले तपाईंको शिर उठाएर तपाईंलाई रुखमा झुण्ड्याइदिनुहुनेछ । चराहरूले तपाईंको मासु खानेछन् ।”
三天以內,法郎要高舉你,將你懸在木架上,飛鳥要來啄食你的肉。」
20 त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो । तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे । आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए ।
第三天,適逢法郎的生日,法郎為群臣擺設了盛宴,在群臣中將司酒長和司廚長提出來,
21 तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए, र उनले फेरि फारोका हातमा कचौरा टक्र्याए ।
恢復了司酒長的司酒職,再將杯放在法郎手中;
22 तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए ।
至於司廚長,卻被懸掛起來,正如若瑟對他們所解釋的。
23 मुख्य पियाउनेले भने योसेफलाई सम्झेनन्, तर उनलाई बिर्सिहाले ।
司酒長卻沒有記得若瑟,竟將他忘了。

< उत्पत्ति 40 >