< उत्पत्ति 36 >

1 एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।
و پیدایش عیسو که ادوم باشد، این است:۱
2 एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए । उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;
عیسو زنان خود را از دختران کنعانیان گرفت: یعنی عاده دختر ایلون حتی، واهولیبامه دختر عنی، دختر صبعون حوی،۲
3 र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत ।
وبسمه دختر اسماعیل، خواهر نبایوت.۳
4 आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् ।
و عاده، الیفاز را برای عیسو زایید، و بسمه، رعوئیل رابزاد،۴
5 ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन् । कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए ।
و اهولیبامه یعوش، و یعلام و قورح رازایید. اینانند پسران عیسو که برای وی در زمین کنعان متولد شدند.۵
6 एसावले आफ्ना पत्‍नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए ।
پس عیسو زنان و پسران ودختران و جمیع اهل بیت، و مواشی و همه حیوانات، و تمامی اندوخته خود را که در زمین کنعان اندوخته بود، گرفته، از نزد برادر خودیعقوب به زمین دیگر رفت.۶
7 तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन ।
زیرا که اموال ایشان زیاده بود از آنکه با هم سکونت کنند. و زمین غربت ایشان بسبب مواشی ایشان گنجایش ایشان نداشت.۷
8 यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे ।
و عیسو در جبل سعیر ساکن شد. وعیسو همان ادوم است.۸
9 सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।
و این است پیدایش عیسو پدر ادوم در جبل سعیر:۹
10 एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल ।
اینست نامهای پسران عیسو: الیفاز پسرعاده، زن عیسو، و رعوئیل، پسر بسمه، زن عیسو.۱۰
11 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।
و بنی الیفاز: تیمان و اومار و صفوا و جعتام وقناز بودند.۱۱
12 एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए ।
و تمناع، کنیز الیفاز، پسر عیسوبود. وی عمالیق را برای الیفاز زایید. اینانندپسران عاده زن عیسو.۱۲
13 रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्‍जा । एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए ।
و اینانند پسران رعوئیل: نحت و زارع و شمه و مزه. اینانند پسران بسمه زن عیسو.۱۳
14 एसावकी पत्‍नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन् ।
و اینانند پسران اهولیبامه دختر عنی، دختر صبعون، زن عیسو که یعوش ویعلام و قورح را برای عیسو زایید.۱۴
15 एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज,
اینانند امرای بنی عیسو: پسران الیفازنخست زاده عیسو، یعنی امیر تیمان و امیر اومار وامیر صفوا و امیر قناز،۱۵
16 कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ।
و امیر قورح و امیرجعتام و امیر عمالیق. اینانند امرای الیفاز در زمین ادوم. اینانند پسران عاده.۱۶
17 एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्‍जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए ।
و اینان پسران رعوئیل بن عیسو می‌باشند: امیر نحت و امیر زارح و امیر شمه و امیر مزه. اینهاامرای رعوئیل در زمین ادوم بودند. اینانند پسران بسمه زن عیسو.۱۷
18 एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।
و اینانند بنی اهولیبامه زن عیسو: امیریعوش و امیر یعلام و امیر قورح. اینها امرای اهولیبامه دختر عنی، زن عیسو می‌باشند.۱۸
19 एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् ।
اینانند پسران عیسو که ادوم باشد و اینهاامرای ایشان می‌باشند.۱۹
20 होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना,
و اینانند پسران سعیر حوری که ساکن آن زمین بودند، یعنی: لوطان و شوبال و صبعون وعنی،۲۰
21 दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
و دیشون و ایصر و دیشان. اینانند امرای حوریان و پسران سعیر در زمین ادوم.۲۱
22 लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्‍न लोतानकी बहिनी थिइन् ।
و پسران لوطان: حوری و هیمام بودند وخواهر لوطان تمناع، بود.۲۲
23 शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।
و اینانند پسران شوبال: علوان و منحت و عیبال و شفو و اونام.۲۳
24 सिबोनका छोराहरू यिनै थिएः अय्‍या र अना । आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन् ।
و اینانند بنی صبعون: ایه و عنی. همین عنی است که چشمه های آب گرم را در صحرا پیدانمود، هنگامی که الاغهای پدر خود، صبعون رامی چرانید.۲۴
25 अनाका छोराछोरीहरू यी थिएः दीशोन र अनाकी छोरी ओहोलीबामा ।
و اینانند اولاد عنی: دیشون واهولیبامه دختر عنی.۲۵
26 दीशोनका छोराहरू यी थिएः हेमदान, एश्‍बान, यित्रान र करान ।
و اینانند پسران دیشان: حمدان و اشبان و بتران و کران.۲۶
27 एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।
و اینانند پسران ایصر: بلهان و زعوان و عقان.۲۷
28 दीशानका छोराहरू यी थिएः ऊज र आरान ।
اینانند پسران دیشان: عوص و اران.۲۸
29 होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना,
اینها امرای حوریانند: امیر لوطان و امیرشوبال و امیر صبعون و امیر عنی،۲۹
30 दीशोन, एसेर र दीशान । सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।
امیر دیشون و امیر ایصر و امیر دیشان. اینها امرای حوریانند به حسب امرای ایشان در زمین سعیر.۳۰
31 इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए ।
و اینانند پادشاهانی که در زمین ادوم سلطنت کردند، قبل از آنکه پادشاهی بربنی‌اسرائیل سلطنت کند:۳۱
32 बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो ।
و بالع بن بعور درادوم پادشاهی کرد، و نام شهر او دینهابه بود.۳۲
33 बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।
وبالع مرد، و در جایش یوباب بن زارح از بصره سلطنت کرد.۳۳
34 योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।
و یوباب مرد، و در جایش حوشام از زمین تیمانی پادشاهی کرد.۳۴
35 हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।
وحوشام مرد، و در جایش هداد بن بداد، که درصحرای موآب، مدیان را شکست داد، پادشاهی کرد، و نام شهر او عویت بود.۳۵
36 हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।
و هداد مرد، و درجایش سمله از مسریقه پادشاهی نمود.۳۶
37 सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।
وسمله مرد، و شاول از رحوبوت نهر در جایش پادشاهی کرد.۳۷
38 शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।
و شاول مرد، و در جایش بعل حانان بن عکبور سلطنت کرد.۳۸
39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्‍नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।
و بعل حانان بن عکبور مرد، و در جایش، هدار پادشاهی کرد. ونام شهرش فاعو بود، و زنش مسمی به مهیطبئیل دختر مطرد، دختر می‌ذاهب بود.۳۹
40 एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न, अल्वा, यतेत,
و اینست نامهای امرای عیسو، حسب قبائل ایشان و اماکن و نامهای ایشان: امیر تمناع وامیر علوه و امیر یتیت،۴۰
41 ओहोलीबामा, एलाह, पीनोन,
و امیر اهولیبامه و امیرایله و امیر فینون،۴۱
42 कनज, तेमान, मिब्सार,
و امیر قناز و امیرتیمان و امیرمبصار،۴۲
43 मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।
و امیر مجدیئیل و امیر عیرام. اینان امرای ادومند، حسب مساکن ایشان در زمین ملک ایشان. همان عیسو پدر ادوم است.۴۳

< उत्पत्ति 36 >