< उत्पत्ति 35 >
1 परमेश्वरले याकूबलाई भन्नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बस् । तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्वरको निम्ति एउटा वेदी बना ।”
Eka Nyasaye nowacho ne Jakobo niya, “Aa malo idhi Bethel kendo idag kuno mi iger kendo mar misango ne Nyasaye, mane ofwenyoreni kane iringo ia kuom Esau owadu.”
2 त्यसपछि याकूबले तिनको घराना र तिनीसित भएका सबैलाई भने, “तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ, र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर ।
Kuom mano Jakobo nowacho ne joode duto kod ji mane ni kode niya, “Wituru nyiseche mag pinje mamoko ma un-go kendo upwodhru mi urwak lewni maler.
3 अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।”
Eka ubi mondo wadhiuru Bethel, kuma abiro dhi geroe kendo mar misango ne Nyasaye, mane odwoka e kinde mane an e chandruok malich kendo ma osebedo koda kamoro amora ma asedhiyoe.”
4 त्यसैले तिनीहरूले आ-आफ्ना हातमा भएका सबै विदेशी देवता र तिनीहरूका कानमा लगाएका कुण्डलहरू याकूबलाई दिए । याकूबले
Kuom mano negimiyo Jakobo nyiseche mag pinje mamoko mane gin-go kod stadi mane ni e itgi kendo Jakobo noyikogi e tiend yiend ober man Shekem.
5 तिनलाई शकेमको नजिकै रहेको फलाँटको रुखमुनि गाडे । तिनीहरू यात्रा गर्दै अगाडि बढ्दा परमेश्वरले तिनीहरूका वरिपरिका सहरहरूमा त्रास फैलाइदिनुभयो । त्यसैले ती मानिसहरूले याकूबका छोराहरूलाई लखेटेनन् ।
Eka negichako wuoth kendo luoro mar Jehova Nyasaye nomako mier duto mane okiewo kodgi maonge ngʼama nolawo bangʼ-gi.
6 याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ ।
Jakobo kod ji duto mane ni kode nochopo Luz (ma tiende ni Bethel) e piny Kanaan.
7 त्यहाँ तिनले एउटा वेदी बनाए, र त्यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो ।
Kanyo Jakobo nogero kendo mar misango kendo noluongo kanyo ni El Bethel, nikech kanyo ema ne Nyasaye ofwenyorene kane oringo owadgi.
8 त्यहाँ रिबेकाकी धाई दबोरा मरी । त्यसलाई बेथेलनेरको फलाँटको रुखमुनि गाडियो । त्यसैले यसको नाउँ अल्लोन-बकुत राखियो ।
Debora, ma japit Rebeka notho kendo noyike e tiend yiend ober machiegni gi Bethel. Kuom mano nochak kanyo ni Allon Bakuth.
9 याकूब पद्दन-आरामबाट आउँदा परमेश्वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।
Bangʼ ka Jakobo nosea Padan Aram, Nyasaye nochako ofwenyorene kendo nogwedhe.
10 परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाउँ याकूब हो, तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन । तेरो नाउँ इस्राएल हुनेछ ।” त्यसैले परमेश्वरले तिनको नाउँ इस्राएल राखिदिनुभयो ।
Nyasaye nowachone niya, “Kata obedo ni nyingi en Jakobo to ok nochak oluongi kamano to koro ibiro luongi ni Israel.” Omiyo nochake ni Israel.
11 परमेश्वरले तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन् ।
Kendo Nyasaye nowachone niya, “An Nyasaye Maratego, nywolri kendo imedri. Ogendini kod dhout ogendini noa kuomi kendo ruodhi nowuog kuomi.
12 मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई दिनेछु । तँपछि उदय हुने तेरा सन्तानहरूलाई पनि म यो देश दिनेछु ।”
Piny mane amiyo Ibrahim kod Isaka bende abiro miyi kaachiel gi nyikwayi.”
13 तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्वर जानुभयो ।
Eka Nyasaye nodhi e polo moweye kama ne giwuoyoe kodeno.
14 परमेश्वर तिनीसित कुराकानी गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा वेदी खडा गरे । तिनले त्यसमाथि अर्घ-बलि चढाएर तेल खन्याए ।
Jakobo nochungo siro mar kidi kanyono mane Nyasaye owuoyoe kode, kendo noolo ewi sirono misango miolo piny bende noolo misango mar mo ewi siro.
15 परमेश्वर तिनीसित बोल्नुभएको त्यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए ।
Jakobo nochako kanyo mane Nyasaye owuoyoe kodeno ni Bethel.
16 तिनीहरू बेथेलबाट प्रस्थान गरे । तिनीहरू एप्रात आइपुग्न अलिकति दुरी बाँकी छँदा नै राहेललाई सुत्केरी व्यथा लाग्यो । उनलाई ज्यादै पीडा भएको थियो ।
Eka negiwuok gia Bethel. Kane gisedhi mochwalore gi Efrath, muoch nochako kayo Rael kendo nochandore ahinya.
17 उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ ।”
E kinde mane muoch kayeno, jacholo nowachone niya, “Kik iluor nikech inywolo wuowi machielo.”
18 उनको प्राण जाने बेलामा उनी चिच्च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए ।
Kane chunye chiegni chot nochako wuodeno ni Ben-Oni. To wuon mare to nochake ni Benjamin.
19 राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो ।
Kuom mano Rael notho kendo nokunye e yo madhi Efrath (ma tiende ni Bethlehem).
20 याकूबले उनको चिहानमा एउटा खामो खडा गरे । आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा छ ।
Jakobo noketo siro ewi liend Rael kendo nyaka chil kawuono sirono obet kar liend Rael.
21 इस्राएल अगि बढे र तिनले बगालको धरहराभन्दा पर आफ्नो पाल टाँगे ।
Israel nochako odhi nyime giwuoth kendo noguro hembe tok oinga mar Migdal Eder.
22 इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्ह जना छोरा थिए ।
Kane oyudo Israel dak kuno, Reuben nodhi moterore gi Bilha jatich ma nyako mar wuon-gi mi Israel nowinjo wachno. Jakobo ne nigi yawuowi apar gariyo:
23 याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।
Yawuot Lea ne gin: Reuben wuod Jakobo makayo, Simeon, Lawi, Juda, Isakar kod Zebulun.
24 राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन ।
Yawuot Rael ne gin: Josef kod Benjamin.
25 राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्ताली ।
Yawuot Bilha, jatich Rael madhako ne gin: Dan kod Naftali.
26 लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।
Yawuot Zilpa jatich Lea madhako ne gin: Gad kod Asher. Magi ema ne yawuot Jakobo mane onywolone Padan Aram.
27 याकूब किर्यत-अर्बा (जुन हेब्रोन हो) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाक बसोबास गरेका थिए ।
Jakobo noduogo dala ir wuon-gi Isaka Mamre machiegni gi Kiriath Arba (ma tiende ni Hebron), kumane Ibrahim kod Isaka odakie.
28 इसहाक एक सय असी वर्षसम्म बाँचे ।
Isaka nodak higni mia achiel gi piero aboro.
29 इसहाकले आफ्नो अन्तिम सास फेरे र तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए । तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए । तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे ।
Eka Isaka notho kendo noluwo kwerene ka oti kendo hike ngʼeny. Kendo yawuot Esau kod Jakobo noyike.