< उत्पत्ति 33 >
1 याकूबले माथि हेर्दा एसाव आउँदै थिए, र तिनीसित चार सय मानिस थिए । तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई जना कमारीको बिचमा विभाजन गरे ।
さてヤコブは目をあげ、エサウが四百人を率いて来るのを見た。そこで彼は子供たちを分けてレアとラケルとふたりのつかえめとにわたし、
2 तब तिनले कमारीहरू र तिनीहरूका छोराछोरीहरूलाई अग्रपङ्क्तिमा राखे; त्यसपछि लेआ र उनका छोराछोरीहरू अनि अन्त्यमा राहेल र योसेफलाई राखे ।
つかえめとその子供たちをまっ先に置き、レアとその子供たちを次に置き、ラケルとヨセフを最後に置いて、
3 तिनी आफैचाहिँ तिनीहरूभन्दा अगिअगि गए । तिनी आफ्ना दाजुको नजिक नआउञ्जेलसम्म तिनले सात पटक भुइँमा शिर निहुर्याउँदै गए ।
みずから彼らの前に進み、七たび身を地にかがめて、兄に近づいた。
4 एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे । त्यसपछि तिनीहरू रोए ।
するとエサウは走ってきて迎え、彼を抱き、そのくびをかかえて口づけし、共に泣いた。
5 एसावले हेर्दा तिनले स्त्रीहरू र केटाकेटीहरूलाई देखे । तिनले भने, “तिमीसँगै आएका यी मानिसहरू को हुन्?” याकूबले भने, “तपाईंका दासलाई परमेश्वरले अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन् ।”
エサウは目をあげて女と子供たちを見て言った、「あなたと一緒にいるこれらの者はだれですか」。ヤコブは言った、「神がしもべに授けられた子供たちです」。
6 त्यसपछि आ-आफ्ना छोराछोरीहरू लिएर कमारीहरू आएर एसावलाई ढोग गरे ।
そこでつかえめたちはその子供たちと共に近寄ってお辞儀した。
7 अनि लेआ र उनका छोराछोरीहरू आएर ढोग गरे । अन्त्यमा योसेफ र राहेल आएर ढोग गरे ।
レアもまたその子供たちと共に近寄ってお辞儀し、それからヨセフとラケルが近寄ってお辞儀した。
8 एसावले भने, “मैले भेटेका यी सबै दलको अर्थ के हो?” याकूबले जवाफ दिए, “मेरा मालिकको दृष्टिमा निगाह प्राप्त गर्नलाई हो ।”
するとエサウは言った、「わたしが出会ったあのすべての群れはどうしたのですか」。ヤコブは言った、「わが主の前に恵みを得るためです」。
9 एसावले भने, “मेरा भाइ, मसित प्रशस्त छ । तिम्रो जे हो, ती आफैसित राख ।”
エサウは言った、「弟よ、わたしはじゅうぶんもっている。あなたの物はあなたのものにしなさい」。
10 याकूबले भने, “त्यसो होइन । मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मेरो हातबाट उपहार ग्रहण गर्नुहोस् । किनभने मैले तपाईंको मुहार देखेको छु, र यो परमेश्वरको मुहार देखेजस्तै भएको छ र तपाईंले मलाई ग्रहण गर्नुभएको छ ।
ヤコブは言った、「いいえ、もしわたしがあなたの前に恵みを得るなら、どうか、わたしの手から贈り物を受けてください。あなたが喜んでわたしを迎えてくださるので、あなたの顔を見て、神の顔を見るように思います。
11 कृपया, तपाईंको लागि ल्याइएको यो उपहारलाई ग्रहण गर्नुहोस् किनभने परमेश्वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ, र मसित प्रशस्तै छ ।” यसरी याकूबले बिन्ती गरेपछि एसावले त्यसलाई स्वीकार गरे ।
どうかわたしが持ってきた贈り物を受けてください。神がわたしを恵まれたので、わたしはじゅうぶんもっていますから」。こうして彼がしいたので、彼は受け取った。
12 तब एसावले भने, “हामी आफ्नो बाटो लागौँ । म तिम्रो अगिअगि जानेछु ।”
そしてエサウは言った、「さあ、立って行こう。わたしが先に行く」。
13 याकूबले तिनलाई भने, “मेरा मालिकलाई थाहै छ, कि यी केटाकेटीहरू सानै छन् र यी गाईबस्तुहरूले दुध चुसाउँदै छन् । तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने ती सबै मर्नेछन् ।
ヤコブは彼に言った、「ごぞんじのように、子供たちは、かよわく、また乳を飲ませている羊や牛をわたしが世話をしています。もし一日でも歩かせ過ぎたら群れはみな死んでしまいます。
14 यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस् भनी म बिन्ती गर्दछु । सेइरमा मेरा मालिककहाँ नआइपुगुञ्जेलसम्म म गाईबस्तुको चाल र केटाकेटीहरूको चालमा निकै बिस्तारै हिँड्नेछु ।
わが主よ、どうか、しもべの先においでください。わたしはわたしの前にいる家畜と子供たちの歩みに合わせて、ゆっくり歩いて行き、セイルでわが主と一緒になりましょう」。
15 एसावले भने, “म तिमीसित भएका केही मानिसहरूसित मेरा केही मानिसहरू छाडिदिन्छु ।” तर याकूबले भने, “किन त्यसो गर्ने?” मेरा मालिकको दृष्टिमा मैले निगाह पाए त भइहाल्यो नि ।”
エサウは言った、「それならわたしが連れている者どものうち幾人かをあなたのもとに残しましょう」。ヤコブは言った、「いいえ、それには及びません。わが主の前に恵みを得させてください」。
16 त्यसैले त्यही दिन एसाव सेइरतर्फ फर्कन आफ्नो बाटो लागे ।
その日エサウはセイルへの帰途についた。
17 याकूब सुक्कोततर्फ लागे । त्यहाँ तिनले डेरा हाले र आफ्ना गाईबस्तुहरूका निम्ति छाप्रा हाले । त्यसकारण त्यस ठाउँको नाउँ सुक्कोत राखियो ।
ヤコブは立ってスコテに行き、自分のために家を建て、また家畜のために小屋を造った。これによってその所の名はスコテと呼ばれている。
18 याकूब पद्दन-आरामबाट आउँदा तिनी शकेमको सहरमा सुरक्षितसाथ आइपुगे जुन ठाउँ कनान देशमा पर्छ । तिनले सहरनजिकै पाल टाँगे ।
こうしてヤコブはパダンアラムからきて、無事カナンの地のシケムの町に着き、町の前に宿営した。
19 त्यसपछि तिनले एक सय चाँदीका सिक्कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे ।
彼は天幕を張った野の一部をシケムの父ハモルの子らの手から百ケシタで買い取り、
20 त्यहाँ तिनले एउटा वेदी बनाए र त्यसको नाउँ एल-एलोह-एस्राएल राखे ।
そこに祭壇を建てて、これをエル・エロヘ・イスラエルと名づけた。