< उत्पत्ति 33 >

1 याकूबले माथि हेर्दा एसाव आउँदै थिए, र तिनीसित चार सय मानिस थिए । तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई जना कमारीको बिचमा विभाजन गरे ।
Fölvetette Jákob a szemeit és látta, hogy íme Ézsau jön és vele négyszáz ember; ekkor fölosztotta a gyermekeket Leára, Ráchelre és a két szolgálóra.
2 तब तिनले कमारीहरू र तिनीहरूका छोराछोरीहरूलाई अग्रपङ्क्तिमा राखे; त्यसपछि लेआ र उनका छोराछोरीहरू अनि अन्त्यमा राहेल र योसेफलाई राखे ।
Elhelyezte a szolgálókat és gyermekeiket elől, Léát és gyermekeit hátrább és Ráchelt, meg Józsefet leghátul.
3 तिनी आफैचाहिँ तिनीहरूभन्दा अगिअगि गए । तिनी आफ्ना दाजुको नजिक नआउञ्‍जेलसम्म तिनले सात पटक भुइँमा शिर निहुर्‍याउँदै गए ।
Ő pedig vonult előttük és meghajolt a földig hétszer; amíg odalépett testvéréhez.
4 एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे । त्यसपछि तिनीहरू रोए ।
Ézsau pedig elébe futott, átölelte, nyakába borult és megcsókolta; és sírtak.
5 एसावले हेर्दा तिनले स्‍त्रीहरू र केटाकेटीहरूलाई देखे । तिनले भने, “तिमीसँगै आएका यी मानिसहरू को हुन्?” याकूबले भने, “तपाईंका दासलाई परमेश्‍वरले अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन् ।”
Midőn fölvetette (Ézsau) a szemeit és látta az asszonyokat meg a gyermekeket, mondta: Mik ezek neked? És ő mondta: A gyermekek, akikkel megajándékozta Isten a te szolgádat.
6 त्यसपछि आ-आफ्ना छोराछोरीहरू लिएर कमारीहरू आएर एसावलाई ढोग गरे ।
És odaléptek a szolgálók, ők és gyermekeik és meghajoltak.
7 अनि लेआ र उनका छोराछोरीहरू आएर ढोग गरे । अन्त्यमा योसेफ र राहेल आएर ढोग गरे ।
És odalépett Léa is, meg gyermekei és meghajoltak; azután odalépett József, meg Ráchel és meghajoltak.
8 एसावले भने, “मैले भेटेका यी सबै दलको अर्थ के हो?” याकूबले जवाफ दिए, “मेरा मालिकको दृष्‍टिमा निगाह प्राप्‍त गर्नलाई हो ।”
És mondta: Minek neked ez az egész tábor, mellyel találkoztam? És ő mondta: Hogy kegyet találjak uram szemeiben.
9 एसावले भने, “मेरा भाइ, मसित प्रशस्त छ । तिम्रो जे हो, ती आफैसित राख ।”
És mondta Ézsau: Van nekem elég; testvérem, legyen a tied, ami a tied.
10 याकूबले भने, “त्यसो होइन । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो हातबाट उपहार ग्रहण गर्नुहोस् । किनभने मैले तपाईंको मुहार देखेको छु, र यो परमेश्‍वरको मुहार देखेजस्तै भएको छ र तपाईंले मलाई ग्रहण गर्नुभएको छ ।
De Jákob mondta: Nem így, kérlek, ha csak kegyet találtam szemeidben, fogadd el ajándékomul kezemből; mert úgy néztem arcodat, mintha Isten színét látják, és te kedvesen fogadtál.
11 कृपया, तपाईंको लागि ल्याइएको यो उपहारलाई ग्रहण गर्नुहोस् किनभने परमेश्‍वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ, र मसित प्रशस्तै छ ।” यसरी याकूबले बिन्ती गरेपछि एसावले त्यसलाई स्वीकार गरे ।
Fogadd el, kérlek, ajándékomat, melyet hoztak neked, mert megajándékozott engem Isten és mert van nekem mindenem; és unszolta őt és elfogadta.
12 तब एसावले भने, “हामी आफ्नो बाटो लागौँ । म तिम्रो अगिअगि जानेछु ।”
És mondta (Ézsau): Induljunk és menjünk, én pedig hadd menjek melletted.
13 याकूबले तिनलाई भने, “मेरा मालिकलाई थाहै छ, कि यी केटाकेटीहरू सानै छन् र यी गाईबस्तुहरूले दुध चुसाउँदै छन् । तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने ती सबै मर्नेछन् ।
De ő mondta neki: Uram tudja, hogy a gyermekek gyengék és a juhok meg a marhák szoptatósak nálam, ha meghajtják azokat egy nap, elhull mind a juh.
14 यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस् भनी म बिन्ती गर्दछु । सेइरमा मेरा मालिककहाँ नआइपुगुञ्‍जेलसम्म म गाईबस्तुको चाल र केटाकेटीहरूको चालमा निकै बिस्तारै हिँड्नेछु ।
Vonuljon csak uram az ő szolgája előtt, én pedig hadd ballagok lassan az előttem levő jószág lépése szerint és a gyermekek lépése szerint, amíg eljutok uramhoz Széirbe.
15 एसावले भने, “म तिमीसित भएका केही मानिसहरूसित मेरा केही मानिसहरू छाडिदिन्छु ।” तर याकूबले भने, “किन त्यसो गर्ने?” मेरा मालिकको दृष्‍टिमा मैले निगाह पाए त भइहाल्यो नि ।”
És mondta Ézsau: Hadd állítok csak melléd a népből, amely velem van; de ő mondta: Minek ez? csak találjak kegyet az én uram szemeiben!
16 त्यसैले त्यही दिन एसाव सेइरतर्फ फर्कन आफ्नो बाटो लागे ।
És visszatért Ézsau aznap az ő útján Széirbe.
17 याकूब सुक्‍कोततर्फ लागे । त्यहाँ तिनले डेरा हाले र आफ्ना गाईबस्तुहरूका निम्ति छाप्रा हाले । त्यसकारण त्यस ठाउँको नाउँ सुक्‍कोत राखियो ।
Jákob pedig vonult Szukkószba és épített magának házat, nyájának pedig készített sátrakat; azért nevezte el a helyet: Szukkósznak.
18 याकूब पद्दन-आरामबाट आउँदा तिनी शकेमको सहरमा सुरक्षितसाथ आइपुगे जुन ठाउँ कनान देशमा पर्छ । तिनले सहरनजिकै पाल टाँगे ।
És elérkezett Jákob épségben Bechem városába, mely Kánaán országában van, amidőn jött Páddán-Áromból és táborozott a város előtt.
19 त्यसपछि तिनले एक सय चाँदीका सिक्‍कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे ।
Megvette a mező részét, ahol felvonta sátorát, Chámor, Sechem atyjának fiaitól száz keszítőért.
20 त्यहाँ तिनले एउटा वेदी बनाए र त्यसको नाउँ एल-एलोह-एस्राएल राखे ।
És állított ott oltárt és elnevezte: Isten, Izrael Istene.

< उत्पत्ति 33 >