< उत्पत्ति 32 >
1 याकूब पनि आफ्नो बाटो लागे, र परमेश्वरका दूतहरूले तिनीसित भेट गरे ।
A Jakov otide svojim putem; i sretoše ga anðeli Božiji;
2 याकूबले तिनीहरूलाई देखेपछि तिनले भने, “यो त परमेश्वरको शिविर हो ।” त्यसैले तिनले त्यस ठाउँको नाउँ महनोम राखे ।
A kad ih ugleda Jakov, reèe: ovo je oko Božji. I prozva ono mjesto Mahanaim.
3 याकूबले एदोमको क्षेत्रमा पर्ने सेइर देशमा आफ्ना दाजु एसावकहाँ आफूभन्दा अगिअगि सन्देशवाहकहरू पठाए ।
I Jakov posla pred sobom glasnike k Isavu bratu svojemu u zemlju Sir, krajinu Edomsku.
4 तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो ।
I zapovjedi im govoreæi: ovako kažite gospodaru mojemu Isavu: sluga tvoj Jakov ovako kaže: bio sam došljak kod Lavana i bavio se dosad.
5 मेरा गोरुहरू, गधाहरू, बगालहरू, कमारा-कमारीहरू छन् । तपाईंको दृष्टिमा मैले निगाह पाउन सकूँ भनी मैले मेरा मालिकलाई यो खबर पठाएको छु' ।”
A imam volova i magaraca, ovaca i sluga i sluškinja, i poslah da javim tebi gospodaru svojemu, eda bih našao milost pred tobom.
6 याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ । उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ ।”
I vratiše se glasnici k Jakovu i rekoše mu: idosmo do brata tvojega Isava, i eto on ti ide na susret s èetiri stotine momaka.
7 तब याकूब ज्यादै भयभीत भए र आत्तिए । त्यसैले तिनले आफूसित भएका मानिसहरू, बगालहरू, बथानहरू र ऊँटहरूलाई दल-दल गरी दुई भागमा विभाजन गरे ।
A Jakov se uplaši jako i zabrinu se; pa razdijeli svoje ljude i ovce i goveda i kamile u dvije èete.
8 तिनले भने, “एसावले आएर एउटा दललाई अाक्रमण गरे भने बाँकी रहेको दल भाग्नेछ ।
I reèe: ako Isav udari na jednu èetu i razbije je, da ako druga uteèe.
9 याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर यहोवेले मलाई भन्नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्नति गराउनेछु ।'
I reèe Jakov: Bože oca mojega Avrama i Bože oca mojega Isaka, Gospode, koji si mi kazao: vrati se u zemlju svoju i u rod svoj, i ja æu ti biti dobrotvor!
10 तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्वासयोग्यता र भरोसाका सबै कार्यको निम्ति म योग्यको छैनँ । किनकि यही लौरो लिएर मात्र मैले यर्दन तरेँ, र अहिले मेरा दुईवटा दल छन् ।
Nijesam vrijedan tolike milosti i tolike vjere što si uèinio sluzi svojemu; jer samo sa štapom svojim prijeðoh preko Jordana, a sada sam gospodar od dvije èete.
11 कृपया, मलाई मेरा दाजु एसावको हातबाट छुटकारा दिनुहोस् किनकि तिनी आएर मलगायत मेरी पत्नीहरू र छोराछोरीहरूलाई आक्रमण गर्छन् कि भनेर म तिनीदेखि डराएको छु ।
Izbavi me iz ruke brata mojega, iz ruke Isavove, jer se bojim da ne doðe i ubije mene i mater s djecom.
12 तर तपाईंले भन्नुभयो, 'निश्चय नै, म तेरो उन्नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”
A ti si kazao: zaista ja æu ti biti dobrotvor, i uèiniæu sjeme tvoje da ga bude kao pijeska morskoga, koji se ne može izbrojiti od množine.
13 त्यस रात याकूब त्यहीँ बसे । आफ्ना दाजु एसावलाई उपहारस्वरूप दिनलाई तिनले आफूसित भएका केही थोकहरू अलग गरे जुन यिनै थिएः
I zanoæi ondje onu noæ, i uze što mu doðe do ruke, da pošlje na dar Isavu bratu svojemu,
14 दुई सयवटा बाख्री, बिसवटा बोका,
Dvjesta koza s dvadeset jaraca, dvjesta ovaca s dvadeset ovnova,
15 तिसवटा दुध दिने ऊँट र तिनीहरूका बच्चा, चालिसवटा गाई र दसवटा साँढे, बिसवटा गधैनी र दसवटा गधा ।
Trideset kamila dojilica s kamiladma, èetrdeset krava s desetoro teladi, dvadeset magarica s desetoro magaradi.
16 तिनले बथान-बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए । तिनले तिनीहरूलाई भने, “मेरो अगिअगि जाओ र हरेक बथानको बिचमा खाली ठाउँ राख ।”
I predade ih slugama svojim, svako stado napose, i reèe slugama: idite naprijed preda mnom, ostavljajuæi dosta mjesta izmeðu jednoga stada i drugoga.
17 तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए, “मेरा दाजु एसावले तँलाई भेटेर 'तँ कसको होस्? तँ कहाँ जाँदै छस्? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्? भनेर सोधे भने
I zapovjedi prvomu govoreæi: kad sreteš Isava brata mojega, pa te zapita: èiji si? i kuda ideš? i èije je to što goniš pred sobom?
18 तैँले यसो भन्, 'यी तपाईंका दास याकूबका हुन् । यी मेरा मालिक याकूबलाई उपहारस्वरूप पठाइएका हुन् । हेर्नुहोस्, उहाँ पनि हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।”
A ti reci: sluge tvojega Jakova, a ovo šalje na dar gospodaru svojemu Isavu, a eto i sam ide za nama.
19 दोस्रो दल, तेस्रो दल अनि बगालहरूको पछिपछि लाग्ने सबै मानिसलाई पनि याकूबले निर्देशन दिए । तिनले भने, “तिमीहरूले एसावलाई भेट्दा उही कुरो भन्नू ।
Tako zapovjedi i drugomu i treæemu i svijema koji iðahu za stadom, i reèe: tako kažite Isavu kad naiðete na nj.
20 तिमीहरूले यसो पनि भन्नू, 'तपाईंका दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।” किनकि तिनले यस्तो सोचे, “मैले मेरो अगिअगि पठाएका उपहारहरूले म तिनलाई खुसी पार्नेछु । त्यसपछि मैले तिनलाई भेट्दा सायद तिनले मलाई स्वीकार गर्नेछन् ।”
I još kažite: eto, Jakov sluga tvoj ide za nama. Jer govoraše: ublažiæu ga darom koji ide preda mnom, pa æu mu onda vidjeti lice, da ako me lijepo primi.
21 त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए । तिनी आफैचाहिँ त्यस रात शिविरमा नै बसे ।
Tako otide dar naprijed, a on prenoæi onu noæ kod èete svoje.
22 रातमा याकूब निद्राबाट ब्युँझे । आफ्ना दुई पत्नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे । तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए ।
I po noæi usta, i uze obje žene i dvije robinje i jedanaestoro djece svoje; i prebrodi brod Javok.
23 यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए ।
A pošto njih uze i prevede preko potoka, preturi i ostalo što imaše.
24 याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले ।
A kad osta Jakov sam, tada se jedan èovjek rvaše s njim do zore.
25 ती मानिसले याकूबलाई जित्न नसक्ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे । याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो ।
I kad vidje da ga ne može svladati, udari ga po zglavku u stegnu, te se Jakovu išèaši stegno iz zglavka, kad se èovjek rvaše s njim.
26 ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्जेलसम्म म तपाईंलाई जान दिन्नँ ।”
Pa onda reèe: pusti me, zora je. A Jakov mu reèe: neæu te pustiti dokle me ne blagosloviš.
27 ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”
A èovjek mu reèe: kako ti je ime? A on odgovori: Jakov.
28 ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”
Tada mu reèe: otsele se neæeš zvati Jakov, nego Izrailj; jer si se junaèki borio i s Bogom i s ljudma, i odolio si.
29 याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।
A Jakov zapita i reèe: kaži mi kako je tebi ime. A on reèe: što pitaš kako mi je ime? I blagoslovi ga ondje.
30 याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
I Jakov nadjede ime onomu mjestu Fanuil; jer, veli, Boga vidjeh licem k licu, i duša se moja izbavi.
31 याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो । तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए ।
I sunce mu se rodi kad proðe Fanuil, i hramaše na stegno svoje.
32 यसैकारण आजको दिनसम्म इस्राएलका मानिसहरूले कम्मरको नसा खाँदैनन् किनकि ती मानिसले याकूबको कम्मरको गेडी फुस्काउँदा ती नसाहरूमा चोट पुर्याएका थिए ।
Zato sinovi Izrailjevi ne jedu krajeva od mišiæa na zglavku u stegnu do današnjega dana, što se Jakovu povrijediše krajevi od mišiæa na zglavku u stegnu.