< उत्पत्ति 32 >

1 याकूब पनि आफ्नो बाटो लागे, र परमेश्‍वरका दूतहरूले तिनीसित भेट गरे ।
雅各伯也上道前行,遇見了天主的使者。
2 याकूबले तिनीहरूलाई देखेपछि तिनले भने, “यो त परमेश्‍वरको शिविर हो ।” त्यसैले तिनले त्यस ठाउँको नाउँ महनोम राखे ।
雅各伯一見他們就說:「這是天主的營地。」遂給那地方起名叫瑪哈納因。
3 याकूबले एदोमको क्षेत्रमा पर्ने सेइर देशमा आफ्ना दाजु एसावकहाँ आफूभन्दा अगिअगि सन्देशवाहकहरू पठाए ।
雅各伯先派使者,往厄東鄉間色依爾地方,他哥哥厄撒烏那裏去,
4 तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो ।
吩咐他們說:「你們應對我主厄撒烏這樣說:你的僕人雅各伯這樣說:我在拉班那裏作客,一直到現在。
5 मेरा गोरुहरू, गधाहरू, बगालहरू, कमारा-कमारीहरू छन् । तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनी मैले मेरा मालिकलाई यो खबर पठाएको छु' ।”
我擁有牛、驢、羊和僕婢,現在打發人報告我主,希望得你的恩愛。」
6 याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ । उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ ।”
使主回來見雅各伯說:「我們到了你哥哥厄撒烏那裏,他正前來迎接你;同他來的尚有四百人。」
7 तब याकूब ज्यादै भयभीत भए र आत्तिए । त्यसैले तिनले आफूसित भएका मानिसहरू, बगालहरू, बथानहरू र ऊँटहरूलाई दल-दल गरी दुई भागमा विभाजन गरे ।
雅各伯大為震驚,很是憂慮,遂將自己的人和羊群牛群及駱駝分作兩隊,
8 तिनले भने, “एसावले आएर एउटा दललाई अाक्रमण गरे भने बाँकी रहेको दल भाग्‍नेछ ।
心想如果厄撒烏前來攻擊一隊,剩下的另一隊還可逃跑。
9 याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर यहोवेले मलाई भन्‍नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्‍नति गराउनेछु ।'
然後雅各伯祈求說:「我父亞巴郎的天主,我父依撒格的天主、上主! 你曾對我說:回到你本鄉,你本家去,我必使你順利。
10 तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्‍वासयोग्यता र भरोसाका सबै कार्यको निम्ति म योग्यको छैनँ । किनकि यही लौरो लिएर मात्र मैले यर्दन तरेँ, र अहिले मेरा दुईवटा दल छन् ।
我本不配獲得你向你僕人所施的種種慈恩和忠信,我只帶了一條棍杖過了這約但河,現在我卻擁有兩隊人馬。
11 कृपया, मलाई मेरा दाजु एसावको हातबाट छुटकारा दिनुहोस् किनकि तिनी आएर मलगायत मेरी पत्‍नीहरू र छोराछोरीहरूलाई आक्रमण गर्छन् कि भनेर म तिनीदेखि डराएको छु ।
求你救我脫離我哥哥厄撒烏的手,因為我怕他來擊殺我,擊殺母親和孩子。
12 तर तपाईंले भन्‍नुभयो, 'निश्‍चय नै, म तेरो उन्‍नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”
你原來說過:我必要恩待你,使你的後代如海沙,多得不可勝數。」
13 त्यस रात याकूब त्यहीँ बसे । आफ्ना दाजु एसावलाई उपहारस्वरूप दिनलाई तिनले आफूसित भएका केही थोकहरू अलग गरे जुन यिनै थिएः
那夜雅各伯就在那裏過夜。然後,就由他所有的財物中選出一些來,送給他哥哥厄撒烏作禮物:
14 दुई सयवटा बाख्री, बिसवटा बोका,
計有母山羊二百隻,公山羊二十隻,母綿羊二百隻,公綿羊二十隻,
15 तिसवटा दुध दिने ऊँट र तिनीहरूका बच्‍चा, चालिसवटा गाई र दसवटा साँढे, बिसवटा गधैनी र दसवटा गधा ।
哺乳的母駱駝同駝駒三十頭,母牛四十頭,公牛十頭,母驢二十匹,公驢十匹。
16 तिनले बथान-बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए । तिनले तिनीहरूलाई भने, “मेरो अगिअगि जाओ र हरेक बथानको बिचमा खाली ठाउँ राख ।”
他將這些分成一隊一隊的交給自己的僕人,對他們說:「你們應走在我前面,每隊之間應隔開些。」
17 तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए, “मेरा दाजु एसावले तँलाई भेटेर 'तँ कसको होस्? तँ कहाँ जाँदै छस्? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्? भनेर सोधे भने
然後吩咐第一隊說:「幾時我哥哥厄撒烏遇見你,問你說:你是誰家的﹖你往那裏去﹖你前面這些牲畜是誰的﹖
18 तैँले यसो भन्, 'यी तपाईंका दास याकूबका हुन् । यी मेरा मालिक याकूबलाई उपहारस्वरूप पठाइएका हुन् । हेर्नुहोस्, उहाँ पनि हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।”
你要答說:是你僕人雅各伯的,是送給我主厄撒烏的禮物。看,他自己就在我們後面。」
19 दोस्रो दल, तेस्रो दल अनि बगालहरूको पछिपछि लाग्‍ने सबै मानिसलाई पनि याकूबले निर्देशन दिए । तिनले भने, “तिमीहरूले एसावलाई भेट्दा उही कुरो भन्‍नू ।
他也吩咐了第二第三隊,和跟在每隊後面的人說:「你們若遇見厄撒烏,都要照這話回答他。
20 तिमीहरूले यसो पनि भन्‍नू, 'तपाईंका दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।” किनकि तिनले यस्तो सोचे, “मैले मेरो अगिअगि पठाएका उपहारहरूले म तिनलाई खुसी पार्नेछु । त्यसपछि मैले तिनलाई भेट्दा सायद तिनले मलाई स्वीकार गर्नेछन् ।”
並且還要說:看,你的僕人雅各伯就在我們後面。」因為他心裏想:如果我先送禮向他討好,然後才與他見面,也許他會歡迎我。」
21 त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए । तिनी आफैचाहिँ त्यस रात शिविरमा नै बसे ।
於是禮物先他而行,他自己當夜仍留在營內。
22 रातमा याकूब निद्राबाट ब्युँझे । आफ्ना दुई पत्‍नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे । तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए ।
他當夜起來,帶了他的兩個妻子,兩個婢女和十一個孩子,由淺處過了雅波克河。
23 यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए ।
等他們過了河,也叫自己所有的過了河,
24 याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले ।
雅各伯獨自一人留在後面。有一人前來與他搏鬥一直到曙光破曉。
25 ती मानिसले याकूबलाई जित्‍न नसक्‍ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे । याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो ।
那人見自己不能制勝,就在他的大腿窩上打了一下;雅各伯正在與他搏鬥之際,大腿窩脫了節。
26 ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्‍जेलसम्म म तपाईंलाई जान दिन्‍नँ ।”
那人說:「讓我走罷! 天已破曉。」雅各伯說:「你如果不祝福我,我不讓你走。」
27 ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”
那人問他說:「你叫什麼名字﹖」他答說:「雅各伯。」
28 ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्‍वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”
那人說:「你的名字以後不再叫雅各伯,應叫以色列,因為你與神與人搏鬥,佔了優勢。」
29 याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।
雅各伯問說:「請你告訴我你的名字。」那人答說:「為什麼你要問我的名字﹖」遂在那裏祝福了他。
30 याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
雅各伯給那地方起名叫「培尼耳,」意謂「我面對面見了神,我的生命仍得保全。」
31 याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो । तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए ।
雅各伯經過培尼耳時,太陽已升起照在身上,由於大腿脫了節,他一走一瘸。
32 यसैकारण आजको दिनसम्म इस्राएलका मानिसहरूले कम्मरको नसा खाँदैनन् किनकि ती मानिसले याकूबको कम्मरको गेडी फुस्काउँदा ती नसाहरूमा चोट पुर्‍याएका थिए ।
為此,以色列子民至今不吃大腿窩上的筋,因為那人打了雅各伯的大腿窩,正打在筋上。

< उत्पत्ति 32 >