< उत्पत्ति 31 >
1 याकूबले लाबानका छोराहरूले यसो भनेका सुने, “हाम्रा पिताका सबै थोक याकूबले लिएका छन्, र हाम्रा पिताका सम्पत्तिबाट नै तिनले यी सबै सम्पत्ति पाएका हुन् ।”
Jakobo nowinjo ni yawuot Laban ne wacho niya, “Jakobo osekawo gik ma wuonwa nigo duto kendo oseyudo mwandugi duto koa kuom wuonwa.”
2 याकूबले लाबानको व्यवहार देखे । याकूबप्रति लाबानको मनसाय परिवर्तन भइसकेको याकूबले देखे ।
Kendo Jakobo noneno ni pach Laban ok nikode kaka chon.
3 तब परमप्रभुले याकूबलाई भन्नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु ।”
Eka Jehova Nyasaye nowacho ne Jakobo niya, “Dogi e pinyu ir oweteni kendo abiro bet kodi.”
4 याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए,
Kuom mano Jakobo nooro wach ne Rael kod Lea mondo gibi e lek kumane okwayoe.
5 र तिनीहरूलाई भने, “मप्रतिको तिमीहरूका पिताको मनसाय परिवर्तन भएको म देख्छु, तर मेरा पिताका परमेश्वर मसित हुनुभएको छ ।
Nowachonegi niya, “Aneno ni paro ma wuonu nigo koda ok en paro mane en-go mokwongo, kata kamano Nyasach wuora osebedo koda.
6 मेरो सारा शक्ति लगाएर मैले तिमीहरूका पिताको सेवा गरेको कुरा त तिमीहरूलाई थाहै छ ।
Ungʼeyo kaka asetiyo ne wuonu gi tekra duto.
7 तिमीहरूका पिताले मलाई ठगेका छन्, र मेरो ज्याला दस पटक बद्लेका छन्, तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएको छैन ।
To wuonu osewuonda ka oloko chudona nyadipar. To kata kamano, Nyasaye ok oseweyo otimona marach.
8 'थोप्ले जनावरहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सबै बगालले थोप्ले पाठा-पाठी नै जन्माए । 'पेटारेहरू तिम्रो ज्याला हुनेछ' भनी तिनले भन्दा सारा बगालले पेटारे पाठा-पाठीहरू नै जन्माए ।
Wuonu nowacho ni, ‘Mago ma kitgi angʼech nobed pokni;’ eka jamni duto nonywolo mago ma kitgi angʼech kende, to bende kane owacho ni, ‘Mago ma kitgi rabok nobed pokni,’ eka jamni duto nonywolo mana mago ma kitgi rabok.
9 यसरी परमेश्वरले तिमीहरूका पिताका गाईबस्तु मलाई दिनुभएको छ ।
Kuom mano Nyasaye osekawo kweth mag jamni mag wuonu kendo osemiyagi.
10 एक पटक बगाल मिसिने समयमा मैले सपनामा बोकाहरू बगालमा सँगसँगै भएको देखेँ । बोकाहरू छिर्केमिर्के, पेटारे र थोप्ले थिए ।
“E kinde mane jamni mathuondi dwaro luwo jamni mamon, naleko ni nywogi duto mane oluwo jamni mamon ne gin mago man-gi kido marabok gi mago man-gi kido marangʼech kod mago man-gi kido mopogore opogore.
11 सपनामा परमेश्वरका दूतले मलाई भने, 'हे याकूब!' मैले जवाफ दिएँ, “हजुर, म यहाँ छु ।'
Malaika mar Nyasaye noluonga e lek ni, ‘Jakobo.’ Eka nadwoke ni, ‘An ka.’
12 उहाँले भन्नुभयो, 'तेरा आँखा उठाएर सबै बोका बगालमाथि चढिरहेको हेर् । तिनीहरू छिर्केमिर्के, पेटारे र थोप्ले छन् किनकि लाबानले तँलाई गरेको हरेक कुरा मैले देखेको छु ।
Eka malaika nomedo wachona ni, ‘Tingʼ wangʼi kendo ineye kaka nywogi duto maluwo diek gin rabok, angʼech kod ma dikiyo, nimar aseneno gik moko duto ma Laban osebedo katimoni.
13 म बेथेलको परमेश्वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”
An e Nyasaye mane ofwenyoreni Bethel kamane iwiroe siro gi mo kendo kama ne isingori kikwongʼori ne an. Koro wuogi ia e pinyni kendo idog thuru.’”
14 राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र?
Eka Rael kod Lea nodwoke niya, “Bende pod wadongʼ gi pok moro amora e mwandu wuonwa?
15 किनकि उहाँले हामीलाई बेच्नुभएको छ, र हाम्रो रुपियाँ-पैसा पूर्ण रूपमा सखाप पार्नुभएको छ ।
Donge tinde okwanowa mana kaka jomoko nono? Ok en mana ni osechiwowa kende, to osechano nyaka mwandu duto mane okendwa.
16 हाम्रा पिताबाट परमेश्वरले लैजानुभएका सबै सम्पत्ति अब हाम्रा र हाम्रा छोराछोरीहरूका भएका छन् । त्यसो भए, अब परमेश्वरले तपाईंलाई जे भन्नुभएको छ, सो गर्नुहोस् ।”
Adier mwandu duto ma Nyasaye osegolo kuom wuonwa gin mawa kod nyithindwa. Omiyo tim gimoro amora ma Nyasaye osenyisi.”
17 त्यसपछि याकूब उठे, र तिनले आफ्ना छोराहरू र पत्नीहरूलाई ऊँटहरूमाथि राखे ।
Eka Jakobo nokawo nyithinde kod monde mi oketo ewi ngamia,
18 तिनले पद्दन-आराममा आफूले प्राप्त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए । त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के ।
kendo nosembo jambe duto e nyime kaachiel gi gik moko duto mane osechoko e piny Padan Aram, mondo odhi ir Isaka wuon-gi e piny Kanaan.
19 लाबान आफ्ना भेडाहरूको ऊन कत्रन जाँदा राहेलले आफ्ना पिताका घर-देवताहरू चोरिन् ।
Kane Laban osedhi ngʼado yie rombe, Rael nokwalo nyiseche mag wuon-gi.
20 अरामी लाबानलाई थाहा नदिई घर छाडेकाले याकूबले तिनलाई पनि छल गरे ।
To kata kamano, Jakobo nowuondo Laban ja-Aram ka ok onyise ni odok thurgi.
21 आफूसित भएका सबै थोक लिएर तिनी भागे, र छिट्टै महानदी पार गरेर गिलादको पहाडी देशतर्फ अगाडि बढे ।
Kuom mano noringo gi mago mane en-go duto, kendo nongʼado Aora koluwo yo mochomo piny gode mag Gilead.
22 याकूब भागेको कुरा लाबानलाई तेस्रो दिनमा बताइयो ।
E odiechiengʼ mar adek Laban nowinjo ni Jakobo osepondo modhi.
23 त्यसैले तिनले आफूसित आफ्ना आफन्तहरू लिई सात दिनसम्म तिनको पिछा गरे । लाबानले गिलादको पहाडी देशमा तिनलाई भेट्टाए ।
Nokawo wedene molawo Jakobo; kuom ndalo abiriyo; kendo nojuke e piny gode mag Gilead.
24 राती सपनामा परमेश्वर अरामी लाबानकहाँ देखा पर्नुभई तिनलाई भन्नुभयो, “तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्न होसियार हो ।”
Eka Nyasaye nofwenyore ne Laban ja-Aram gotieno e lek mi owachone niya, “Ne ni ok iwachone Jakobo gimoro amora, maber kata marach.”
25 लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।
Ka Laban nojuko Jakobo noyudo ka oseguro hembe e piny gode mag Gilead kendo mi en bende gi wedene noguro hembe kanyo.
26 लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको?
Eka Laban nopenjo Jakobo niya, “En angʼo ma isetimoni? Isewuonda kendo iseringa gi nyiga mana ka joma omak e lweny.
27 किन तिमीले मलाई नबताईकन सुटुक्क भागेर धोका दियौ? गीत गाउँदै वीणा र खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ ।
Ere gima nomiyo iringo lingʼ-lingʼ ka akia? Angʼo ma nomoni nyisa, mondo omi asewi gi mor kiwerni kendo igoni thum?
28 तिमीले मेरा नातिहरू र छोरीहरूलाई बिदाइको चुम्बन गर्ने अनुमति पनि दिएनौ । तिमीले मूर्खतापूर्वक काम गर्यौ ।
Bende ne ok iweyo agoyoni oriti gi nyiga gi nyikwaya. Kuom mano isetimo gima ofuwo.
29 तिमीलाई हानि गर्ने शक्ति मसित छ, तर तिम्रा परमेश्वर गत रात मसित यसो भन्दै बोल्नुभयो, 'तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्न होसियार हो ।'
Ngʼe ni an-gi teko mar hinyi, to Nyasach wuonu ne onyisa otieno manyoro ni, ‘Ne ni ok iwachone Jakobo gimoro amora, maber kata marach.’
30 अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ । तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्यौ?
Angʼeyo ni nyoro iwuok nikech siso ma in-go mar dok ir joodu. To angʼo momiyo nyoro ikwalo nyisechena?”
31 याकूबले लाबानलाई जवाफ दिई भने, “तपाईंले आफ्ना छोरीहरू मबाट जबरजस्ती खोसेर लैजानुहुने थियो भनी मैले ठानेकाले म डराएको थिएँ । त्यसैले म सुटुक्क भागेँ ।
Jakobo nodwoko Laban niya, “Ne aluor nikech nyo aparo ni dipo ka imaya nyigi githuon.
32 तपाईंका घर-देवताहरू जोसुकैले चोरेको भए तापनि अबदेखि त्यो बाँच्नेछैन । हाम्रा आफन्तहरूको उपस्थितिमा तपाईंसित भएको कुनै थोक मसित छ भने चिनेर लैजानुहोस् ।” राहेलले ती चोरेकी थिइन् भनी याकूबलाई थाहा थिएन ।
To ngʼato angʼata ma iyudo gi nyisechegi ok nokwo. E nyim jowagi, rang in iwuon giri moro amora madabedgo kendo ka iyudo to kaw.” To Jakobo ne ok ongʼeyo ni Rael nosekwalo nyisechego.
33 लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन् । तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे ।
Eka Laban nodonjo ei hemb Jakobo kendo ei hemb Lea kendo ei hemb jotichgi ariyo ma nyiri to ne ok oyudo gimoro. Bangʼ kane osea ei hemb Lea nodonjo ei hemb Rael.
34 राहेलले ती घर-देवताहरू ल्याएकी थिइन् र तिनलाई ऊँटको काठीमा लुकाएकी थिइन् । उनी तीमाथि बसेकी थिइन् । लाबानले पुरै पालमा खोजी गरे तापनि ती पाएनन् ।
Noyudo ka Rael osekawo nyisechego mopando e bwo kom ngamia mobetie. Laban nodwaro gik moko duto mane ni ei hema to ne ok oyudo gimoro.
35 उनले आफ्ना पितालाई भनिन्, “हजुर मसित नरिसाउनुहोला । म महिनावरी भएकीले म तपाईंको सामु उठ्न सक्दिनँ ।” त्यसैले तिनले खोजी गरे तापनि ती घर-देवताहरू भेट्टाएनन् ।
Rael nowacho ni wuon-gi niya, “Yaye ruodha, kik mirima maki koda ni atamora chungʼ e nyimi nikech an e kindena mag neno malo.” Kuom mano Laban nomanyo nyisechenego to ne ok oyudo.
36 याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो?
Jakobo mirima nomako mi odhawo gi Laban. Nopenje niya, “En richo mane masetimo momiyo ilawa matek kama?
37 तपाईंले मेरा सबै मालसामानको खोजी गरिसक्नुभयो । के तपाईंले कुनै आफ्ना घरेलु सामानहरू फेला पार्नुभयो? पाउनुभएको छ भने ती हाम्रा आफन्तहरूको सामु राखिदिनुहोस् ताकि तिनीहरूले हामी दुईको बिचमा न्याय गरून् ।
Koro ero isemanyo giga duto, angʼo ma iyudo ma mari? Kete e lela e nyim oweteni kod owetena kendo we gingʼad bura e kindwa.
38 बिस वर्षसम्म म तपाईंसँगै थिएँ । तपाईंका भेडीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहिएन, न त मैले तपाईंका बगालबाट भेडाहरू खाएँ ।
“Asebedo kodi koro higni piero ariyo, to rombi kata dieki pok obwogo bende achamo imi kata achiel.
39 जङ्गली जनावरहरूले फहराएकाहरूलाई मैले तपाईंकहाँ ल्याउन्नथेँ । बरु, मैले त्यसको क्षतिपूर्ति तिर्थें । दिनमा चोरी भएर होस् वा रातमा चोरी भएर होस्, तपाईंले मलाई सधैँ हराएको हरेक पशुको मोल तिराउनुभयो ।
Ne ok akeloni chiayo ma ondiek ochamo; to ne achulo chiayo mangima an awuon. Bende ne iketo ni achuli kuom gimoro amora mane okwal gotieno kata godiechiengʼ.
40 मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्याउँथ्यो । मलाई निद्रा लाग्दैनथ्यो ।
Kamano e kaka ne abet; chiengʼ nochama godiechiengʼ kendo koyo nochama gotieno, kendo nindo noringo oa e wangʼa.
41 यी बिस वर्ष म तपाईंको घरमा रहेँ । तपाईंका दुई छोरीका लागि मैले चौध वर्ष तपाईंको सेवा गरेँ, र बगालको लागि छ वर्ष सेवा गरेँ । तपाईंले दस पटक मेरो ज्याला बद्लनुभएको छ ।
Ne en kama kuom higni piero ariyo kane an e odi. Ne atiyoni kuom higni apar gangʼwen ne nyigi ariyo, kendo higni auchiel ne jambi, kendo ne imaya pokna nyadipar.
42 मेरा पिताका परमेश्वर जो अब्राहामका परमेश्वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”
Ka dine ni Nyasach wuora, Nyasach Ibrahim, kod luor mane Isaka nigo, ne ok ni koda, adier dine iriemba gi lweta nono. To Nyasaye oseneno chandruokna gi tich matek mar lweta, kendo nyo okweri otieno manyoro ni kik itimna gimoro marach.”
43 लाबानले याकूबलाई जवाफ दिई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् र यी बगालहरू मेरै बगालहरू हुन् । तिमीले देखेका यी सबै मेरै हुन् । तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के नै गर्न सक्छु र?
Laban nodwoko Jakobo niya, “Mon-go gin nyiga, nyithindogo gin nyithinda, kendo kwethgo gin kwethga. Gik moko duto minenogo gin maga. To koro en angʼo marach madatimne nyigagi, kata ne nyithindo ma ginywolo?
44 त्यसैले अब तिमी र मेरो बिचमा एउटा करार बाँधौँ अनि यही करार तिमी र मेरो बिचको गवाही होस् ।”
Bi, mondo watim singruok, in kod an, kendo we obed kaka ranyisi e kindwa kodi.”
45 त्यसकारण याकूबले एउटा ढुङ्गो लिएर त्यसलाई खामोको रूपमा खडा गरे ।
Omiyo Jakobo nokawo kidi mochunge ka siro.
46 याकूबले आफ्ना आफन्तहरूलाई भने, “ढुङ्गाहरू जम्मा गर ।” तिनीहरूले ढुङ्गाहरूको थुप्रो लगाए । त्यसपछि तिनीहरूले त्यही थुप्रोनेर खानपान गरे ।
Nowacho ne wedene niya, “Chokuru kite moko.” Kuom mano negikawo kite kendo negichokogi pith mine gichiemo but pidhno.
47 लाबानले त्यसको नाउँ यगर-सहदूता राखे, तर याकूबले त्यसलाई गलेद भने ।
Laban nochako nying kanyo ni Jegar-Sahadutha; kendo Jakobo nochake ni Galeed.
48 लाबानले भने, “आज यो थुप्रो तिमी र मेरो बिचमा गवाहीको रूपमा खडा छ । त्यसकारण यसको नाउँ गलेद राखियो ।
Laban nowacho niya, “Pidhni en janeno e kinda kodi kawuono!” Mano emomiyo iluonge ni Galeed.
49 यसलाई मिस्पा पनि भनिन्छ किनभने लाबानले यसो भनेका थिए, “हामी एक-अर्काको दृष्टिबाट अलग हुँदा परमप्रभुले तिमी र मेरो हेरचाह गरून् ।
Bende kanyo nochak ni Mizpa (tiende ni kar ngʼicho), nikech Laban nowacho niya, “Mad Jehova Nyasaye bed jarit e kinda kodi ka wan mabor.
50 तिमीले मेरा छोरीहरूलाई दुर्व्यवहार गर्यौ वा तिमीले मेरा छोरीहरूबाहेक अन्य पत्नीहरू ल्यायौ भने हामीसित कोही नभए तापनि परमेश्वर तिम्रो र मेरो बिचमा गवाही हुनुहुन्छ ।”
Ka isando nyiga kata ikendo nyiri mamoko bangʼ nyigagi, kata obedoni onge janeno kae, to ngʼe malongʼo ni Nyasaye e janeno e kindwa.”
51 लाबानले याकूबलाई भने, “तिम्रो र मेरो बिचमा मैले खडा गरेको यो थुप्रो र यो खामोलाई हेर ।
Laban nomedo wacho ne Jakobo niya, “Ne pidhni kendo ne sironi maseketo e kinda kodi.
52 तिम्रो हानि गर्नलाई म यो पार गरेर तिमीकहाँ आउनेछैनँ र मेरो हानि गर्नलाई तिमी यो पार गरेर मकहाँ आउनेछैनौ भन्नाका लागि यो थुप्रो र यो खामो गवाहीको रूपमा खडा छन् ।
Pidhni kata sironi gin joneno ni ok nakadh pidhni mondo amonji kendo in bende ok nikadh pidhni kata sironi mondo imonja.
53 अब्राहामका परमेश्वर, नाहोरका परमेश्वर र तिनीहरूका पिताका परमेश्वरले हाम्रो बिचमा न्याय गरून् । याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए ।
Mad Nyasach Ibrahim, kod Nahor, gi Nyasach kwereni obed jangʼad bura e kindwa.” Omiyo Jakobo notimo kwongʼruok e nying Nyasach Isaka wuon-gi.
54 याकूबले त्यस पहाडमा बलिदान चढाए र आफ्ना आफन्तहरूलाई खानपानको लागि बोलाए । तिनीहरूले खानपान गरे, अनि पुरै रात त्यही पहाडमा बिताए ।
Notimo misango e godno kendo noluongo wedene e nyasino. Bangʼ kane gisechiemo, ne ginindo kanyo.
55 लाबान बिहान सबेरै उठे । तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए । त्यसपछि लाबान बिदा भई घर फर्के ।
Kiny ne gokinyi mangʼich, Laban nogone nyige gi nyikwaye oriti kendo nogwedhogi. Eka nowuok modok dala.