< उत्पत्ति 3 >
1 परमप्रभु परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले साँच्चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्नुभएको छ?”
耶和华 神所造的,惟有蛇比田野一切的活物更狡猾。蛇对女人说:“神岂是真说不许你们吃园中所有树上的果子吗?”
2 स्त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ,
女人对蛇说:“园中树上的果子,我们可以吃,
3 तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्वरले भन्नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’”
惟有园当中那棵树上的果子, 神曾说:‘你们不可吃,也不可摸,免得你们死。’”
4 सर्पले स्त्रीलाई भन्यो, “निश्चय नै तिमीहरू मर्नेछैनौ ।
蛇对女人说:“你们不一定死;
5 किनभने परमेश्वर जान्नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ ।”
因为 神知道,你们吃的日子眼睛就明亮了,你们便如 神能知道善恶。”
6 जब स्त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
于是女人见那棵树的果子好作食物,也悦人的眼目,且是可喜爱的,能使人有智慧,就摘下果子来吃了,又给她丈夫,她丈夫也吃了。
7 तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए ।
他们二人的眼睛就明亮了,才知道自己是赤身露体,便拿无花果树的叶子为自己编做裙子。
8 अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्वरको नजरबाट लुके।
天起了凉风,耶和华 神在园中行走。那人和他妻子听见 神的声音,就藏在园里的树木中,躲避耶和华 神的面。
9 परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”
耶和华 神呼唤那人,对他说:“你在哪里?”
10 मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्गै थिएँ । यसैकारण म लुकेँ ।”
他说:“我在园中听见你的声音,我就害怕;因为我赤身露体,我便藏了。”
11 परमेश्वरले भन्नुभयो, “तँ नाङ्गै थिइस् भनेर तँलाई कसले भन्यो? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस्?”
耶和华说:“谁告诉你赤身露体呢?莫非你吃了我吩咐你不可吃的那树上的果子吗?”
12 मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाएँ ।”
那人说:“你所赐给我、与我同居的女人,她把那树上的果子给我,我就吃了。”
13 परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैँले यो के गरिस्?” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले खाएँ ।”
耶和华 神对女人说:“你做的是什么事呢?”女人说:“那蛇引诱我,我就吃了。”
14 परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् । तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस् ।
耶和华 神对蛇说: 你既做了这事,就必受咒诅, 比一切的牲畜野兽更甚; 你必用肚子行走, 终身吃土。
15 तेरो र स्त्रीबिच, अनि तेरो सन्तान र स्त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्चा डस्नेछस् ।”
我又要叫你和女人彼此为仇; 你的后裔和女人的后裔也彼此为仇。 女人的后裔要伤你的头; 你要伤他的脚跟。
16 उहाँले स्त्रीलाई भन्नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्नेछ ।”
又对女人说: 我必多多加增你怀胎的苦楚; 你生产儿女必多受苦楚。 你必恋慕你丈夫; 你丈夫必管辖你。
17 आदमलाई उहाँले भन्नुभयो, “तैँले तेरी पत्नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।
又对亚当说: 你既听从妻子的话, 吃了我所吩咐你不可吃的那树上的果子, 地必为你的缘故受咒诅; 你必终身劳苦才能从地里得吃的。
18 त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् ।
地必给你长出荆棘和蒺藜来; 你也要吃田间的菜蔬。
19 तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
你必汗流满面才得糊口, 直到你归了土, 因为你是从土而出的。 你本是尘土,仍要归于尘土。
20 मानिसले आफ्नी पत्नीको नाम हव्वा राख्यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन् ।
亚当给他妻子起名叫夏娃,因为她是众生之母。
21 परमप्रभु परमेश्वरले आदम र उनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो ।
耶和华 神为亚当和他妻子用皮子做衣服给他们穿。
22 परमप्रभु परमेश्वरले भन्नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
耶和华 神说:“那人已经与我们相似,能知道善恶;现在恐怕他伸手又摘生命树的果子吃,就永远活着。”
23 त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।
耶和华 神便打发他出伊甸园去,耕种他所自出之土。
24 परमेश्वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।
于是把他赶出去了;又在伊甸园的东边安设基路伯和四面转动发火焰的剑,要把守生命树的道路。