< उत्पत्ति 29 >
1 तब याकूब आफ्नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।
Kisha Yakobo akaendelea na safari yake na akafika katika nchi ya watu wa mashariki.
2 तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए । किनकि त्यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्ने ढुङ्गा ठुलो थियो ।
Hata alipotazama, akaona kisima kondeni, na, tazama, makundi matatu ya kondoo yalikuwa yamelala kando yake. Kwani kutoka katika hicho wangeyanywesha makundi, na jiwe juu ya mdomo wa kisima lilikuwa kubwa.
3 सबै बगालहरू त्यहाँ जम्मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे । त्यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्थे ।
Wakati makundi yote yangekusanyika pale, wachungaji wangevingirisha jiwe kutoka katika mdomo wa kisima na kuwanywesha kondoo, na kisha kurudisha jiwe juu ya mdomo wa kisima, mahali pake.
4 याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानका हौँ ।”
Yakobo akawambia, “Ndugu zangu, ninyi mnatokea wapi?” nao wakasema, “Tunatoka Harani.”
5 उनले तिनीहरूलाई भने, “तिमीहरू नाहोरका छोरो लाबानलाई चिन्छौ?” तिनीहरूले भने, “हामी तिनलाई चिन्छौँ ।”
Akawambia, “Mnamfahamu Labani mwana wa Nahori?” Wakasema, “Tunamfahamu.”
6 उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्चै हुनुहुन्छ?” तिनीहरूले भने, “उहाँ सन्चै हुनुहुन्छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन् ।”
Akawambia, “Je hajambo?” Wakasema, “Hajambo, na, tazama pale, Raheli binti yake anakuja na kondoo.”
7 याकूबले भने, “हेर, मध्य दिन भएको छ । भेडा-बाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन । भेडाहरूलाई पानी खुवाएर जाओ र तिनीहरूलाई चर्न देओ ।
Yakobo akasema, “Tazama, ni mchana. Siyo wakati wa kukusanya kondoo pamoja. Mnapaswa kuwanywesha kondoo na kisha mkaenda na kuwaacha wachunge.”
8 तिनीहरूले भने, “सबै बगालहरू जम्मा नभई हामी तिनीहरूलाई पानी खुवाउन सक्दैनौँ । त्यसपछि यी मानिसहरूले इनारको मुखको ढुङ्गो हटाउनेछन्, अनि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ ।”
Wakamwambia, “Hatuwezi kuwanywesha mpaka makundi yote yakusanyike pamoja. Ndipo wanaume watakapovingirisha jiwe kutoka mlangoni mwa kisima, na ndipo tutakapowanywesha kondoo.”
9 याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।
Wakati bado Yakobo anaongea nao, Raheli akaja pamoja na kondoo wa babaye, kwani alikuwa akiwachunga.
10 जब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।
Yakobo alipomwona Raheli, binti wa Labani, kaka wa mamaye, na kondoo wa Labani, kaka wa mama yake, Yakobo akaja juu, akalivingirisha jiwe kutoka mlangoni mwa kisima, na akawanywesha kondoo wa Labani, kaka wa mama yake.
11 तब याकूबले राहेललाई चुम्बन गरे र डाको छोडेर रोए ।
Yakobo akambusu Raheli na akalia kwa sauti.
12 याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार र रिबेकाको छोरा भएको कुरा बताए । तब राहेल दौडेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइन् ।
Yakobo akamwambia Raheli kwamba alikuwa ni ndugu wa baba yake, na kwamba alikuwa mwana wa Rebeka. Kisha yeye akakimbia kumwambia baba yake.
13 आफ्ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्बन गरे, अनि तिनलाई आफ्नो घरमा ल्याए । याकूबले लाबानलाई सबै कुरा बताइदिए ।
Labani aliposikia habari kuhusu Yakobo mwana wa dada yake, akaenda kukutana naye, akamkumbatia, akambusu, na kumleta nyumbani kwake. Yakobo akamwambia Labani mambo haya yote.
14 लाबानले तिनलाई भने, “वास्तवमा तिमी मेरो हाड र मासु हौ ।” त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे ।
Labani akamwambia, “Kwa hakika wewe ni mfupa wangu na nyama yangu.” Kisha Yakobo akakaa naye kama mwezi mmoja.
15 त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हो मलाई भन ।”
Kisha Labani akamwambia Yakobo, “Je unitumikie bure kwa kuwa wewe ni ndugu yangu? Niambie, ujira wako utakuwaje?
16 लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो ।
Basi Labani alikuwa na binti wawili. Jina la mkubwa lilikuwa ni Lea, na jina la mdogo lilikuwa Raheli.
17 लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल र हेर्नमा सुन्दरी थिइन् ।
Macho ya Lea yalikuwa dhaifu, lakini Raheli alikuwa mzuri wa umbo na mwonekano.
18 याकूबले राहेललाई प्रेम गरे, त्यसैले तिनले भने, “तपाईंकी कान्छी छोरी राहेलको निम्ति म सात वर्षसम्म तपाईंको सेवा गर्नेछु ।”
Yakobo alimpenda Raheli, hivyo akasema, “Nitakutumikia miaka saba kwa ajili ya Raheli, binti yako mdogo.”
19 लाबानले भने, “त्यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”
Labani akasema, Itakuwa vema kukupa wewe, kuliko kumpa mtu mwingine. Kaa nami.”
20 यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे । राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो ।
Hivyo Yakobo akamtumikia kwa miaka saba kwa ajili ya Raheli; nayo ilionekana kwake kama siku chache tu, kwa ajili ya upendo aliokuwa nao kwake.
21 त्यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।”
Kisha Yakobo akamwambia Labani, “Nipe mke wangu, kwani siku zangu zimetimia - ili kwamba nimwoe!
22 तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए ।
Hivyo Labani akawaalika watu wa mahali hapo na kuandaa sherehe.
23 साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।
Wakati wa jioni, Labani akamchukua Lea binti yake mkubwa na kumleta kwa Yakobo, aliyelala naye.
24 लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए ।
Labani akampa mtumishi wake wakike Zilpa kuwa mjakazi wa Lea.
25 याकूबले बिहान हेर्दा त लेआ पो रहिछन् । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?”
Ilipofika asubuhi, tazama, kumbe ni Lea! Yakobo akamwambia Labani, “Ni nini hiki ulichonifanyia? Je sikukutumikia kwa ajili ya Raheli? Kwa nini basi umenihadaa?
26 लाबानले भने, “जेठीको भन्दा कान्छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन ।
Labani akamwambia, “Siyo utamaduni wetu kumtoa bindi mdogo kabla ya mzaliwa wa kwanza.
27 यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु ।”
Timiza juma la bibi arusi, na tutakupa yule mwingine pia kwa mbadala wa kunitumikia miaka mingine saba.”
28 याकूबले त्यसै गरे, र लेआसँग एक साता पुरा गरे । तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकूबकी पत्नीको रूपमा दिए ।
Yakobo akafanya hivyo, na akatimiza juma la Lea. Kisha Labani akampa Raheli binti yake kuwa mke wake.
29 लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए ।
Lakini pia Labani akampa Raheli binti yake Bilha, kuwa mjakazi wake.
30 त्यसैले याकूबले राहेलसँग पनि सहवास गरे, तर तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गर्थे । यसकारण याकूबले थप सात साल लाबानको सेवा गरे ।
Hivyo Yakobo akalala na Raheli, pia, lakini akampenda Raheli zaidi ya Lea. Hivyo Yakobo akamtumikia Labani kwa miaka saba mingine.
31 लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।
Yahwe akaona kwamba Lea hakupendwa, hivyo akalifungua tumbo lake, lakini Raheli hakuwa na mtoto.
32 लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्यसको नाम रूबेन राखिन् । “साँच्ची नै परमप्रभुले मेरो दु: ख देख्नुभएको छ, अब त मेरा पतिले निश्चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
Lea akashika mimba na kuzaa mwana, naye akamwita Rubeni. Kwani alisema, “Kwa sababu Yahwe ameliangalia teso langu; bila shaka mme wangu sasa atanipenda.”
33 तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन् । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्यसको नाउँ शिमियोन राखिन् ।
Kisha akashika mimba tena na kuzaa mwana. Akasema, “Kwa sababu Yahwe amesikia kwamba sipendwi, kwa hiyo amenipa mwana mwingine,” na akamwita Simoni.
34 तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्यसको नाउँ लेवी राखियो ।
Kisha akashika mimba tena na kuzaa mwana. Akasema, “Wakati huu mme wangu ataungana nami, kwa kuwa nimemzalia wana watatu.” Kwa hiyo akaitwa Lawi.
35 तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्यसको नाउँ यहूदा राखियो । त्यसपछि तिनले जन्माउन छोडिन् ।
Akashika mimba tena na kuzaa mwana. Akasema, “Wakati huu nitamsifu Yahwe.” Kwa hiyo akamwita jina lake Yuda; kisha akaacha kuzaa watoto.