< उत्पत्ति 29 >
1 तब याकूब आफ्नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।
Then Jacob went on his journey till he came to the land of the children of the East.
2 तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए । किनकि त्यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्ने ढुङ्गा ठुलो थियो ।
And there he saw a water-hole in a field, and by the side of it three flocks of sheep, for there they got water for the sheep: and on the mouth of the water-hole there was a great stone.
3 सबै बगालहरू त्यहाँ जम्मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे । त्यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्थे ।
And all the flocks would come together there, and when the stone had been rolled away, they would give the sheep water, and put the stone back again in its place on the mouth of the water-hole.
4 याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानका हौँ ।”
Then Jacob said to the herdmen, My brothers, where do you come from? And they said, From Haran.
5 उनले तिनीहरूलाई भने, “तिमीहरू नाहोरका छोरो लाबानलाई चिन्छौ?” तिनीहरूले भने, “हामी तिनलाई चिन्छौँ ।”
And he said to them, Have you any knowledge of Laban, the son of Nahor? And they said, We have.
6 उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्चै हुनुहुन्छ?” तिनीहरूले भने, “उहाँ सन्चै हुनुहुन्छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन् ।”
And he said to them, Is he well? And they said, He is well, and here is Rachel his daughter coming with the sheep.
7 याकूबले भने, “हेर, मध्य दिन भएको छ । भेडा-बाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन । भेडाहरूलाई पानी खुवाएर जाओ र तिनीहरूलाई चर्न देओ ।
Then Jacob said, The sun is still high and it is not time to get the cattle together: get water for the sheep and go and give them their food.
8 तिनीहरूले भने, “सबै बगालहरू जम्मा नभई हामी तिनीहरूलाई पानी खुवाउन सक्दैनौँ । त्यसपछि यी मानिसहरूले इनारको मुखको ढुङ्गो हटाउनेछन्, अनि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ ।”
And they said, We are not able to do so till all the flocks have come together and the stone has been rolled away from the mouth of the water-hole; then we will get water for the sheep.
9 याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।
While he was still talking with them, Rachel came with her father's sheep, for she took care of them.
10 जब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।
Then when Jacob saw Rachel, the daughter of Laban, his mother's brother, coming with Laban's sheep, he came near, and rolling the stone away from the mouth of the hole, he got water for Laban's flock.
11 तब याकूबले राहेललाई चुम्बन गरे र डाको छोडेर रोए ।
And weeping for joy, Jacob gave Rachel a kiss.
12 याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार र रिबेकाको छोरा भएको कुरा बताए । तब राहेल दौडेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइन् ।
And Rachel, hearing from Jacob that he was her father's relation and that he was the son of Rebekah, went running to give her father news of it.
13 आफ्ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्बन गरे, अनि तिनलाई आफ्नो घरमा ल्याए । याकूबले लाबानलाई सबै कुरा बताइदिए ।
And Laban, hearing news of Jacob, his sister's son, came running, and took Jacob in his arms, and kissing him, made him come into his house. And Jacob gave him news of everything.
14 लाबानले तिनलाई भने, “वास्तवमा तिमी मेरो हाड र मासु हौ ।” त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे ।
And Laban said to him, Truly, you are my bone and my flesh. And he kept Jacob with him for the space of a month.
15 त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हो मलाई भन ।”
Then Laban said to Jacob, Because you are my brother are you to be my servant for nothing? say now, what is your payment to be?
16 लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो ।
Now Laban had two daughters: the name of the older was Leah, and the name of the younger was Rachel.
17 लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल र हेर्नमा सुन्दरी थिइन् ।
And Leah's eyes were clouded, but Rachel was fair in face and form.
18 याकूबले राहेललाई प्रेम गरे, त्यसैले तिनले भने, “तपाईंकी कान्छी छोरी राहेलको निम्ति म सात वर्षसम्म तपाईंको सेवा गर्नेछु ।”
And Jacob was in love with Rachel; and he said, I will be your servant seven years for Rachel, your younger daughter.
19 लाबानले भने, “त्यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”
And Laban said, It is better for you to have her than another man: go on living here with me.
20 यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे । राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो ।
And Jacob did seven years' work for Rachel; and because of his love for her it seemed to him only a very little time.
21 त्यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।”
Then Jacob said to Laban, Give me my wife so that I may have her, for the days are ended.
22 तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए ।
And Laban got together all the men of the place and gave a feast.
23 साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।
And in the evening he took Leah, his daughter, and gave her to him, and he went in to her.
24 लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए ।
And Laban gave Zilpah, his servant-girl, to Leah, to be her waiting-woman.
25 याकूबले बिहान हेर्दा त लेआ पो रहिछन् । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?”
And in the morning Jacob saw that it was Leah: and he said to Laban, What have you done to me? was I not working for you so that I might have Rachel? why have you been false to me?
26 लाबानले भने, “जेठीको भन्दा कान्छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन ।
And Laban said, In our country we do not let the younger daughter be married before the older.
27 यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु ।”
Let the week of the bride-feast come to its end and then we will give you the other in addition, if you will be my servant for another seven years.
28 याकूबले त्यसै गरे, र लेआसँग एक साता पुरा गरे । तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकूबकी पत्नीको रूपमा दिए ।
And Jacob did so; and when the week was ended, Laban gave him his daughter Rachel for his wife.
29 लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए ।
And Laban gave Rachel his servant-girl Bilhah to be her waiting-woman.
30 त्यसैले याकूबले राहेलसँग पनि सहवास गरे, तर तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गर्थे । यसकारण याकूबले थप सात साल लाबानको सेवा गरे ।
Then Jacob took Rachel as his wife, and his love for her was greater than his love for Leah; and he went on working for Laban for another seven years.
31 लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।
Now the Lord, seeing that Leah was not loved, gave her a child; while Rachel had no children.
32 लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्यसको नाम रूबेन राखिन् । “साँच्ची नै परमप्रभुले मेरो दु: ख देख्नुभएको छ, अब त मेरा पतिले निश्चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
And Leah was with child, and gave birth to a son to whom she gave the name Reuben: for she said, The Lord has seen my sorrow; now my husband will have love for me.
33 तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन् । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्यसको नाउँ शिमियोन राखिन् ।
Then she became with child again, and gave birth to a son; and said, Because it has come to the Lord's ears that I am not loved, he has given me this son in addition: and she gave him the name Simeon.
34 तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्यसको नाउँ लेवी राखियो ।
And she was with child again, and gave birth to a son; and said, Now at last my husband will be united to me, because I have given him three sons: so he was named Levi.
35 तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्यसको नाउँ यहूदा राखियो । त्यसपछि तिनले जन्माउन छोडिन् ।
And she was with child again, and gave birth to a son: and she said, This time I will give praise to the Lord: so he was named Judah; after this she had no more children for a time.