< उत्पत्ति 29 >

1 तब याकूब आफ्‍नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।
Yakobo anapitiriza ulendo wake kupita ku dziko la anthu a kummawa.
2 तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्‍यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए । किनकि त्‍यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्‍ने ढुङ्गा ठुलो थियो ।
Atafika kumeneko anaona chitsime ku busa ndipo panali magulu atatu a nkhosa zitagona pafupi ndi chitsimecho chifukwa nkhosazo zimamwetsedwa madzi ochokera mʼchitsimecho. Pamwamba pa chitsimecho panali mwala waukulu.
3 सबै बगालहरू त्‍यहाँ जम्‍मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्‍थे । त्‍यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्‍थे ।
Amati nkhosa zonse zikasonkhana, abusawo ankagudubuza mwalawo, kuwuchotsa ndi kumwetsa madzi nkhosazo. Kenaka ankawubwezera mwalawo pamalo pake, pakamwa pa chitsimepo.
4 याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानका हौँ ।”
Yakobo anafunsa abusawo kuti, “Abale anga, mwachokera kuti?” Iwo anayankha, “Tachokera ku Harani.”
5 उनले तिनीहरूलाई भने, “तिमीहरू नाहोरका छोरो लाबानलाई चिन्‍छौ?” तिनीहरूले भने, “हामी तिनलाई चिन्‍छौँ ।”
Iye anawafunsanso kuti, “Kodi Labani, mdzukulu wa Nahori mukumudziwa?” Iwo anayankha, “Inde tikumudziwa?”
6 उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्‍चै हुनुहुन्‍छ?” तिनीहरूले भने, “उहाँ सन्‍चै हुनुहुन्‍छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌ ।”
Ndipo Yakobo anawafunsanso, “Kodi ali bwino?” Iwo anati, “Inde ali bwino. Nayu Rakele mwana wake akubwera apoyu ndi nkhosa.”
7 याकूबले भने, “हेर, मध्य दिन भएको छ । भेडा-बाख्राहरूलाई जम्‍मा गर्ने बेला भएको छैन । भेडाहरूलाई पानी खुवाएर जाओ र तिनीहरूलाई चर्न देओ ।
Iye anati, “Taonani, dzuwa likanalipo ndipo nthawi yosonkhanitsa nkhosa sinakwane. Bwanji osazimwetsa madzi nkhosazi.”
8 तिनीहरूले भने, “सबै बगालहरू जम्‍मा नभई हामी तिनीहरूलाई पानी खुवाउन सक्दैनौँ । त्यसपछि यी मानिसहरूले इनारको मुखको ढुङ्गो हटाउनेछन्, अनि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ ।”
Iwo anayankha, “Ayi sitingatero. Tidikira mpaka nkhosa zonse zisonkhane. Zikatero, tigubuduza mwalawu kuwuchotsa pamwamba pa chitsimepo, kenaka nʼkuzimwetsa madzi nkhosazo.”
9 याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्‍ना बुबाका भेडाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।
Ali chiyankhulire nawo, Rakele anafika ndi nkhosa za abambo ake popeza ndiye amene ankaweta nkhosazo.
10 जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्‍ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।
Yakobo ataona Rakele mwana wa Labani, mlongo wa amayi ake, ali ndi nkhosa za Labani, anapita nawugudubuza mwala uja nazimwetsa madzi nkhosa za amalume akezo.
11 तब याकूबले राहेललाई चुम्बन गरे र डाको छोडेर रोए ।
Kenaka Yakobo anapsompsona Rakele nayamba kulira mokweza.
12 याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार र रिबेकाको छोरा भएको कुरा बताए । तब राहेल दौडेर गइन्‌ र आफ्‍ना बाबुलाई यो कुरा बताइन्‌ ।
Kenaka Yakobo anawuza Rakele kuti iye ndi mwana wa Rebeka, mlongo wa abambo a Rakele uja. Choncho Rakele anathamanga nakawuza abambo ake.
13 आफ्‍ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्‌नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्‍बन गरे, अनि तिनलाई आफ्‍नो घरमा ल्‍याए । याकूबले लाबानलाई सबै कुरा बताइदिए ।
Labani atamva za Yakobo, mwana wa mlongo wake, anafulumira kukakumana naye. Anamukupatira napsompsona, napita naye ku nyumba kwake. Yakobo anafotokozera Labani zonse zinachitika.
14 लाबानले तिनलाई भने, “वास्‍तवमा तिमी मेरो हाड र मासु हौ ।” त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे ।
Ndipo, Labani anati kwa iye, “Iwe ndiwe ndithu fupa ndi mnofu wanga.” Yakobo anakhala ndi Labani mwezi umodzi.
15 त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्‍याला कति हो मलाई भन ।”
Tsono Labani anawuza Yakobo kuti, “Zoona iwe ndi ife ndi abale. Koma suyenera kundigwirira ntchito popanda malipiro. Ndiwuze kuti malipiro ako azikhala wotani?”
16 लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो ।
Tsono Labani anali ndi ana aakazi awiri; dzina la wamkulu linali Leya, ndipo dzina la wamngʼono linali Rakele.
17 लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल र हेर्नमा सुन्‍दरी थिइन्‌ ।
Leya anali ndi maonekedwe wofowoka koma Rakele anali wa maonekedwe wokongola kwambiri.
18 याकूबले राहेललाई प्रेम गरे, त्यसैले तिनले भने, “तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति म सात वर्षसम्‍म तपाईंको सेवा गर्नेछु ।”
Yakobo anakonda Rakele ndipo anati, “Ndidzakugwirirani ntchito kwa zaka zisanu ndi ziwiri chifukwa cha mwana wanu wamngʼono, Rakele.”
19 लाबानले भने, “त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”
Labani anati, “Kuli bwino kuti ndimupereke kwa iwe ameneyu kusiyana ndi munthu wina. Khala ndi ine kuno.”
20 यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे । राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो ।
Choncho Yakobo anagwira ntchito zaka zisanu ndi ziwiri chifukwa cha Rakele. Koma kwa iye zaka zonsezi zinakhala ngati masiku wochepa chifukwa anamukonda Rakele.
21 त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्‍नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।”
Kenaka Yakobo anati kwa Labani, “Nthawi yanga ndakwanitsa, ndipatseni mwana wanu kuti ndimukwatire.”
22 तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए ।
Pamenepo Labani anakonza phwando la ukwati, nayitana anthu onse a pamalopo.
23 साँझमा उनले आफ्‍नी छोरी लेआलाई याकूबकहाँ ल्‍याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।
Koma pokwana usiku, Labani anatenga mwana wake wamkazi Leya namupatsa Yakobo, ndipo Yakobo anagona naye.
24 लाबानले आफ्‍नी कमारी जिल्‍पालाई आफ्‍नी छोरी लेआकी कमारी हुनलाई दिए ।
Ndipo Labani anapereka wantchito wake wamkazi Zilipa kwa Leya kuti akhale wantchito wake.
25 याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्‌ । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्‍ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?”
Pakucha mmawa, Yakobo anaona kuti anagona ndi Leya. Choncho Yakobo anafunsa Labani, “Nʼchiyani mwandichitirachi? Kodi ine sindinakugwirireni ntchito chifukwa cha Rakele? Bwanji mwandinyenga?”
26 लाबानले भने, “जेठीको भन्‍दा कान्‍छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन ।
Labani anayankha, “Si mwambo wathu kuno kupereka wamngʼono ku banja, wamkulu asanakwatiwe.
27 यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु ।”
Yamba watsiriza sabata ya chikondwerero cha ukwati wa Leya; kenaka ndidzakupatsanso Rakele. Koma udzayenera kundigwirira ntchito zaka zisanu ndi ziwiri.”
28 याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पुरा गरे । तब लाबानले आफ्‍नी छोरी राहेललाई पनि याकूबकी पत्‍नीको रूपमा दिए ।
Yakobo anachitadi momwemo. Anamaliza sabata ya chikondwerero cha Leya, ndipo Labani anamupatsa Rakele kuti akhale mkazi wake.
29 लाबानले आफ्‍नी कमारी बिल्‍हालाई आफ्‍नी छोरी राहेलकी कमारी हुनलाई दिए ।
Labani anapereka wantchito wake wamkazi Biliha kwa Rakele kuti akhale wantchito wake.
30 त्यसैले याकूबले राहेलसँग पनि सहवास गरे, तर तिनले लेआलाई भन्‍दा राहेललाई बढी प्रेम गर्थे । यसकारण याकूबले थप सात साल लाबानको सेवा गरे ।
Yakobo analowana ndi mkazi wake Rakele, ndipo Yakobo anakonda Rakele kuposa Leya. Ndipo anamugwirira ntchito Labani zaka zina zisanu ndi ziwiri chifukwa cha Rakele.
31 लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्‍नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।
Pamene Mulungu anaona kuti Yakobo sankamukonda Leya kwambiri, Iye analola kuti Leya uja akhale ndi ana, ndi kuti Rakele akhale wosabala.
32 लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् । “साँच्‍ची नै परमप्रभुले मेरो दु: ख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
Leya anakhala ndi pathupi ndipo anabereka mwana wamwamuna. Anamutcha Rubeni pakuti anati, “Yehova waona kusauka kwanga. Zoonadi, mwamuna wanga adzandikonda tsopano.”
33 तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्‍माइन्‌ । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌ ।
Anakhalanso ndi pathupi ndipo pamene anabereka mwana wamwamuna anati, “Yehova anamva kuti mwamuna wanga sakundikonda, choncho wandipatsanso mwana winayu.” Ndipo anamutcha dzina lake Simeoni.
34 तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्‍यसको नाउँ लेवी राखियो ।
Anatenganso pathupi kachitatu, ndipo pamene anabereka mwana wamwamuna anati, “Pano pokha tidzaphatikana kwambiri ndi mwamuna wanga, chifukwa ndamubalira ana aamuna atatu.” Kotero anamutcha dzina lake Levi.
35 तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्‍यसको नाउँ यहूदा राखियो । त्‍यसपछि तिनले जन्‍माउन छोडिन्‌ ।
Anatenganso pathupi pena, ndipo pamene anabereka mwana wamwamuna, iye anati, “Nthawi ino ndidzalemekeza Yehova.” Choncho anamutcha Yuda. Kenaka analeka kubereka.

< उत्पत्ति 29 >