< उत्पत्ति 28 >
1 इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्त्रीहरूबाट आफ्नो निम्ति पत्नी नलिनू ।
ENTONCES Isaac llamó á Jacob, y bendíjolo, y mandóle diciendo: No tomes mujer de las hijas de Canaán.
2 पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर् ।
Levántate, ve á Padan-aram, á casa de Bethuel, padre de tu madre, y toma allí mujer de las hijas de Labán, hermano de tu madre.
3 सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्; तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्न सक्नेछस् ।
Y el Dios omnipotente te bendiga, y te haga fructificar, y te multiplique, hasta venir á ser congregación de pueblos;
4 उहाँले तँलाई र तँ पछिका तेरा सन्तानहरूलाई अब्राहामले पाएको आशिष् देऊन्, ताकि परमेश्वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस् ।”
Y te dé la bendición de Abraham, y á tu simiente contigo, para que heredes la tierra de tus peregrinaciones, que Dios dió á Abraham.
5 यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।
Así envió Isaac á Jacob, el cual fué á Padan-aram, á Labán, hijo de Bethuel Arameo, hermano de Rebeca, madre de Jacob y de Esaú.
6 अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पद्दन-आराममा पठाएको देखे । याकूबले तिनलाई आशीर्वाद दिएर यस्तो आज्ञा दिएको पनि उनले देखे “तैँले कनानी स्त्रीहरूबाट आफ्नो निम्ति पत्नी नलिनू ।”
Y vió Esaú cómo Isaac había bendecido á Jacob, y le había enviado á Padan-aram, para tomar para sí mujer de allí; y que cuando le bendijo, le había mandado, diciendo: No tomarás mujer de las hijas de Canaán;
7 याकूबले आफ्ना बाबुआमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएको पनि एसावले देखे ।
Y que Jacob había obedecido á su padre y á su madre, y se había ido á Padan-aram.
8 कनानी स्त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ भन्ने एसावले थाहा पाए ।
Vió asimismo Esaú que las hijas de Canaán parecían mal á Isaac su padre;
9 तब एसाव इश्माएलकहाँ गए, र उनका आफ्ना पत्नीहरूबाहेक अब्राहामका छोरा इश्माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्नी पत्नीको रूपमा ल्याए ।
Y fuése Esaú á Ismael, y tomó para sí por mujer á Mahaleth, hija de Ismael, hijo de Abraham, hermana de Nabaioth, además de sus otras mujeres.
10 याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।
Y salió Jacob de Beer-seba, y fué á Harán;
11 कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यहीँ बास बसे । त्यस ठाउँमा भएका ढुङ्गाहरूमध्येबाट एउटा लिएर आफ्नो सिरान बनाई त्यही ठाउँमा सुत्नलाई पल्टे ।
Y encontró con un lugar, y durmió allí, porque ya el sol se había puesto: y tomó de las piedras de aquel paraje y puso á su cabecera, y acostóse en aquel lugar.
12 तिनले पृथ्वीमा खडा गरिएको एउटा भर्याङको सपना देखे । त्यसको टुप्पाचाहिँ आकाशसम्मै पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दा रहेछन् ।
Y soñó, y he aquí una escala que estaba [apoyada] en tierra, y su cabeza tocaba en el cielo: y he aquí ángeles de Dios que subían y descendían por ella.
13 परमप्रभुले त्यसमाथि उभिएर याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ । जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु ।
Y he aquí, Jehová estaba en lo alto de ella, el cual dijo: Yo soy Jehová, el Dios de Abraham tu padre, y el Dios de Isaac: la tierra en que estás acostado te la daré á ti y á tu simiente.
14 तेरा सन्तान पृथ्वीको धुलोसरह हुनेछन् । तँ पश्चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिएर जानेछस् । तँ र तेरा सन्तानहरूद्वारा नै पृथ्वीका सबै मानिसहरू आशिषित्् हुनेछन् ।
Y será tu simiente como el polvo de la tierra, y te extenderás al occidente, y al oriente, y al aquilón, y al mediodía; y todas las familias de la tierra serán benditas en ti y en tu simiente.
15 हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु । म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु । किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पुरा नगरुञ्जेल म तँलाई छोड्नेछैनँ ।”
Y he aquí, yo soy contigo, y te guardaré por donde quiera que fueres, y te volveré á esta tierra; porque no te dejaré hasta tanto que haya hecho lo que te he dicho.
16 तब याकूबले निद्राबाट ब्युँझेर भने, “निश्चय नै परमप्रभु यस ठाउँमा हुनुहुँदोरहेछ, र मलाई यो थाहा थिएन ।”
Y despertó Jacob de su sueño, y dijo: Ciertamente Jehová está en este lugar, y yo no lo sabía.
17 तिनले डराएर भने, “यो ठाउँ कस्तो भययोग्य रहेछ । यो त परमेश्वरको घरबाहेक अरू केही होइन । यो त स्वर्गको ढोका हो ।”
Y tuvo miedo, y dijo: ¡Cuán terrible es este lugar! No es otra cosa que casa de Dios, y puerta del cielo.
18 याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिए । त्यसलाई खामोजस्तै गरी खडा गरेर त्यसको टुप्पामा तेल खन्याए ।
Y levantóse Jacob de mañana, y tomó la piedra que había puesto de cabecera, y alzóla por título, y derramó aceite encima de ella.
19 तिनले त्यस ठाउँको नाउँ बेथेल राखे । पहिले त्यस ठाउँको नाउँ लूज थियो ।
Y llamó el nombre de aquel lugar Beth-el, bien que Luz era el nombre de la ciudad primero.
20 तब याकूबले यसो भनेर भाकल गरे, “यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो
E hizo Jacob voto, diciendo: Si fuere Dios conmigo, y me guardare en este viaje que voy, y me diere pan para comer y vestido para vestir,
21 भने म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा फर्कन्छु, अनि परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ ।
Y si tornare en paz á casa de mi padre, Jehová será mi Dios,
22 त्यसपछि मैले खामो बनाएको यो ढुङ्गाचाहिँ पवित्र ढुङ्गा हुनेछ । तपाईंले मलाई दिनुभए जति सबै थोकको दशांश म तपाईंलाई अवश्य चढाउनेछु ।”
Y esta piedra que he puesto por título, será casa de Dios: y de todo lo que me dieres, el diezmo lo he de apartar para ti.