< उत्पत्ति 28 >

1 इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।
Stoga Izak pozove Jakova, blagoslovi ga te mu naloži: “Nemoj uzimati ženu od kanaanskih djevojaka.
2 पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌ ।
Odmah se zaputi u Padan Aram, u dom Betuela, oca svoje majke, pa odande sebi uzmi ženu, od kćeri Labana, brata svoje majke.
3 सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्; तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्‍न सक्‍नेछस् ।
A Bog Svemožni, El-Šadaj, neka te blagoslovi i neka te učini rodnim i brojnim, tako da postaneš mnoštvo naroda.
4 उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।”
Neka protegne na te blagoslov Abrahamov, na te i na tvoje potomstvo, tako da zaposjedneš zemlju u kojoj boraviš kao pridošlica, a koju je Bog predao Abrahamu!”
5 यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।
Tako Izak otpremi Jakova, i on ode u Padan Aram Labanu, sinu Aramejca Betuela, bratu Rebeke, majke Jakova i Ezava.
6 अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्‍नी ल्‍याउन त्‍यहाँबाट पद्दन-आराममा पठाएको देखे । याकूबले तिनलाई आशीर्वाद दिएर यस्तो आज्ञा दिएको पनि उनले देखे “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।”
Kad je Ezav vidio kako je Izak blagoslovio Jakova kad ga je otpremao u Padan Aram da odande sebi uzme ženu, naređujući mu kad ga je blagoslivljao: “Ne smiješ uzeti ženu od kanaanskih djevojaka”,
7 याकूबले आफ्ना बाबुआमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएको पनि एसावले देखे ।
i da je Jakov poslušao svoga oca i svoju majku te otišao u Padan Aram,
8 कनानी स्‍त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ भन्‍ने एसावले थाहा पाए ।
Ezav shvati koliko su djevojke kanaanske mrske njegovu ocu Izaku.
9 तब एसाव इश्‍माएलकहाँ गए, र उनका आफ्‍ना पत्‍नीहरूबाहेक अब्राहामका छोरा इश्‍माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्‍नी पत्‍नीको रूपमा ल्याए ।
Stoga ode k Jišmaelu te se, uza žene koje već imaše, oženi Mahalatom, kćerju Jišmaela, sina Abrahamova, a sestrom Nebajotovom.
10 याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।
Jakov ostavi Beer Šebu i zaputi se u Haran.
11 कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ बास बसे । त्‍यस ठाउँमा भएका ढुङ्गाहरूमध्येबाट एउटा लिएर आफ्‍नो सिरान बनाई त्‍यही ठाउँमा सुत्‍नलाई पल्‍टे ।
Stigne u neko mjesto i tu prenoći, jer sunce bijaše već zašlo. Uzme jedan kamen s onog mjesta, stavi ga pod glavu i na tom mjestu legne.
12 तिनले पृथ्वीमा खडा गरिएको एउटा भर्‍याङको सपना देखे । त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दा रहेछन्‌ ।
I usne san: ljestve stoje na zemlji, a vrhom do neba dopiru, i anđeli Božji po njima se penju i silaze.
13 परमप्रभुले त्‍यसमाथि उभिएर याकूबलाई भन्‍नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ । जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु ।
Uza nj je Jahve te mu govori: “Ja sam Jahve, Bog tvoga praoca Abrahama i Bog Izakov. Zemlju na kojoj ležiš dat ću tebi i tvome potomstvu.
14 तेरा सन्‍तान पृथ्‍वीको धुलोसरह हुनेछन्‌ । तँ पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिएर जानेछस्‌ । तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित्् हुनेछन्‌ ।
Tvojih će potomaka biti kao i praha na zemlji; raširit ćete se na zapad, istok, sjever i jug; tobom će se i tvojim potomstvom blagoslivljati svi narodi zemlje.
15 हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु । म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु । किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ ।”
Dobro znaj: ja sam s tobom; čuvat ću te kamo god pođeš te ću te dovesti natrag u ovu zemlju; i neću te ostaviti dok ne izvršim što sam ti obećao.”
16 तब याकूबले निद्राबाट ब्‍युँझेर भने, “निश्‍चय नै परमप्रभु यस ठाउँमा हुनुहुँदोरहेछ, र मलाई यो थाहा थिएन ।”
Jakov se probudi od sna te reče: “Zaista se Jahve nalazi na ovome mjestu, ali ja nisam znao!”
17 तिनले डराएर भने, “यो ठाउँ कस्‍तो भययोग्‍य रहेछ । यो त परमेश्‍वरको घरबाहेक अरू केही होइन । यो त स्‍वर्गको ढोका हो ।”
Potresen, uzviknu: “Kako je strašno ovo mjesto! Zaista, ovo je kuća Božja, ovo su vrata nebeska!”
18 याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिए । त्यसलाई खामोजस्‍तै गरी खडा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए ।
Rano ujutro Jakov uzme onaj kamen što ga bijaše stavio pod glavu, uspravi ga kao stup i po vrhu mu izlije ulja.
19 तिनले त्‍यस ठाउँको नाउँ बेथेल राखे । पहिले त्‍यस ठाउँको नाउँ लूज थियो ।
Ono mjesto on nazva Betel, dok je ime tome gradu prije bilo Luz.
20 तब याकूबले यसो भनेर भाकल गरे, “यदि परमेश्‍वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्‍त्र दिनुभयो
Tada učini zavjet: “Ako Bog ostane sa mnom i uščuva me na ovom putu kojim idem, dade mi kruha da jedem i odijela da se oblačim,
21 भने म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा फर्कन्छु, अनि परमप्रभु नै मेरा परमेश्‍वर हुनुहुनेछ ।
te se zdravo vratim kući svoga oca, Jahve će biti moj Bog.
22 त्यसपछि मैले खामो बनाएको यो ढुङ्गाचाहिँ पवित्र ढुङ्गा हुनेछ । तपाईंले मलाई दिनुभए जति सबै थोकको दशांश म तपाईंलाई अवश्‍य चढाउनेछु ।”
A ovaj kamen koji sam uspravio kao stup bit će kuća Božja. A od svega što mi budeš davao za te ću odlagati desetinu.”

< उत्पत्ति 28 >