< उत्पत्ति 27 >
1 जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो ।” उनले तिनलाई जवाफ दिए, “हजुर, म यहीँ छु ।”
İshak yaşlanmış, gözleri görmez olmuştu. Büyük oğlu Esav'ı çağırıp, “Oğlum!” dedi. Esav, “Efendim!” diye yanıtladı.
2 तिनले भने, “हेर्, म वृद्ध भएँ । मेरो मर्ने दिनको बारेमा मलाई थाहा छैन ।
İshak, “Artık yaşlandım” dedi, “Ne zaman öleceğimi bilmiyorum.
3 अब तेरा हतियारहरू, अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्ति सिकार गर् ।
Silahlarını –ok kılıfını, yayını– al, kırlara çıkıp benim için bir hayvan avla.
4 मलाई मनपर्ने स्वादिष्ठ तरकारी बनाई मकहाँ ले ताकि यो खाएर मेरो मृत्युअगि म तँलाई आशिष् दिऊँ ।”
Sevdiğim lezzetli bir yemek yap, bana getir yiyeyim. Ölmeden önce seni kutsayayım.”
5 इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्याउन मैदानमा गए ।
İshak, oğlu Esav'la konuşurken Rebeka onları dinliyordu. Esav avlanmak için kıra çıkınca,
6 रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।
Rebeka oğlu Yakup'a şöyle dedi: “Dinle, babanın ağabeyin Esav'a söylediklerini duydum.
7 ‘सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्वादिष्ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्युअगि परमप्रभुको सामुन्ने तँलाई आशिष् दिन सकूँ ।’
Baban ona, ‘Bana bir hayvan avla getir’ dedi, ‘Lezzetli bir yemek yap, yiyeyim. Ölmeden önce seni RAB'bin huzurunda kutsayayım.’
8 यसकारण यसकारण ए मेरो छोरो, मैले तँलाई दिएका आज्ञा मान् ।
Bak oğlum, sana söyleyeceklerimi iyi dinle:
9 बथानमा गएर दुईवटा असल पाठा लिएर आइज, र म तेरा बुबालाई मनपर्ने स्वादिष्ठ तरकारी बनाउनेछु ।
Git süründen bana iki seçme oğlak getir. Onlarla babanın sevdiği lezzetli bir yemek yapayım.
10 अनि तैंले त्यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्नो मृत्युअगि तँलाई आशिष् देऊन् ।”
Yemesi için onu babana sen götüreceksin. Öyle ki, ölmeden önce seni kutsasın.”
11 याकूबले आफ्नी आमा रिबेकालाई भने, “हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्, र मचाहिँ रौँ नभएको छु ।
Yakup, “Ama kardeşim Esav'ın bedeni kıllı, benimkiyse kılsız” diye yanıtladı,
12 सायद मेरा पिताले मलाई छाम्नुहुनेछ, र उहाँको सामु म छली देखिनेछु । मैले ममाथि आशिष् होइन, सराप ल्याउनेछु ।”
“Ya babam bana dokunursa? O zaman kendisini aldattığımı anlar. Kutsama yerine üzerime lanet getirmiş olurum.”
13 तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, जुनसुकै सराप भए पनि त्यो ममाथि नै परोस् । केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले ।”
Annesi, “Sana gelecek lanet bana gelsin, oğlum” dedi, “Sen beni dinle, git oğlakları getir.”
14 तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए, र तिनकी आमाले याकूबका बुबालाई मनपर्ने स्वादिष्ठ तरकारी तयार गरिन् ।
Yakup gidip oğlakları annesine getirdi. Annesi babasının sevdiği lezzetli bir yemek yaptı.
15 रिबेकाले घरमा भएका आफ्ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्छा छोरो याकूबलाई लगाइदिइन् ।
Büyük oğlu Esav'ın en güzel giysileri o anda evdeydi. Rebeka onları küçük oğlu Yakup'a giydirdi.
16 बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात र घाँटीका रौँ नभएका भागमा लगाइदिइन्,
Ellerinin üstünü, ensesinin kılsız yerini oğlak derisiyle kapladı.
17 अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन् ।
Yaptığı güzel yemekle ekmeği Yakup'un eline verdi.
18 याकूबले आफ्ना पिताकहाँ गएर भने, “बुबा ।” इसहाकले भने, “हँ, तँ को होस्?”
Yakup babasının yanına varıp, “Baba!” diye seslendi. Babası, “Evet, kimsin sen?” dedi.
19 याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्नुहोस्, र मैले ल्याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस् ।”
Yakup, “Ben ilk oğlun Esav'ım” diye karşılık verdi, “Söylediğini yaptım. Lütfen kalk, otur da getirdiğim av etini ye. Öyle ki, beni kutsayabilesin.”
20 इसहाकले आफ्ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्यो भेट्टाउन सकिस्?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्वरले यसलाई मकहाँ ल्याउनुभयो ।”
İshak, “Nasıl böyle çabucak buldun, oğlum?” dedi. Yakup, “Tanrın RAB bana yardım etti” diye yanıtladı.
21 इसहाकले याकूबलाई भने, “मेरो छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस् कि होइनस् म छामेर थाहा पाउन सकूँ ।”
İshak, “Yaklaş, oğlum” dedi, “Sana dokunayım, gerçekten oğlum Esav mısın, değil misin anlayayım.”
22 याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन् ।”
Yakup babasına yaklaştı. Babası ona dokunarak, “Ses Yakup'un sesi, ama eller Esav'ın elleri” dedi.
23 तिनका हातहरू तिनका दाजु एसावकै हातजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्, त्यसैले इसहाकले तिनलाई आशिष् दिए ।
Onu tanıyamadı. Çünkü Yakup'un elleri ağabeyi Esav'ın elleri gibi kıllıydı. İshak onu kutsamak üzereyken,
24 इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस्?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ ।”
bir daha sordu: “Sen gerçekten oğlum Esav mısın?” Yakup, “Evet!” diye yanıtladı.
25 तब इसहाकले भने, “तैँले शिकार गरेको मासु यहाँ ले, र म खानेछु, र तँलाई आशिष् दिऊँ ।” याकूबले त्यो मासु आफ्ना पिताकहाँ ल्याए । उनले खाए र याकूबले दाखमद्य पनि लगिदिए, र उनले पिए ।
İshak, “Oğlum, av etini getir yiyeyim de seni kutsayayım” dedi. Yakup önce yemeği, sonra şarabı getirdi. İshak yedi, içti.
26 तब तिनका पिता इसहाकले तिनलाई भने, “मेरो छोरो, मेरो नजिकै आएर मलाई मलाई चुम्बन गर् ।”
“Yaklaş da beni öp, oğlum” dedi.
27 याकूब नजिक गएर आफ्ना पितालाई चुम्बन गरे । अनि इसहाकले तिनका लुगाहरूको गन्ध सुँघेर यसो भनी आशिष् दिए, “हेर, मेरो छोराको बास्ना, परमप्रभुले आशिष् दिनुभएको खेतको बास्नाजस्तै छ ।
Yakup yaklaşıp babasını öptü. Babası onun giysilerini kokladı ve kendisini kutsayarak şöyle dedi: “İşte oğlumun kokusu Sanki RAB'bin kutsadığı kırların kokusu.
28 परमेश्वरले तँलाई आकाशको शीत र पृथ्वीको प्रचुरता अनि धेरै दाखमद्य र अन्न देऊन् ।
Tanrı sana göklerin çiyinden Ve yerin verimli topraklarından Bol buğday ve yeni şarap versin.
29 मानिसहरूले तेरो सेवा गरून् र जाति-जातिहरूले तँलाई दण्डवत् गरून् । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून् । तँलाई सराप्नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन् ।”
Halklar sana kulluk etsin, Uluslar boyun eğsin. Kardeşlerine egemen ol, Kardeşlerin sana boyun eğsin. Sana lanet edenlere lanet olsun, Seni kutsayanlar kutsansın.”
30 इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।
İshak Yakup'u kutsadıktan ve Yakup babasının yanından ayrıldıktan hemen sonra kardeşi Esav avdan döndü.
31 उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्ना पिताकहाँ ल्याए । उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको सिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस् ।”
Esav da lezzetli bir yemek yaparak babasına götürdü. Ona, “Baba, kalk, getirdiğim av etini ye” dedi, “Öyle ki, beni kutsayabilesin.”
32 उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ ।”
Babası, “Sen kimsin?” diye sordu. Esav, “Ben ilk oğlun Esav'ım” diye karşılık verdi.
33 इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकेँ । वास्तवमा, त्योचाहिँ आशीर्वादी हुनेछ।”
İshak'ı bir titreme sardı. Tir tir titreyerek, “Öyleyse daha önce avlanıp bana yemek getiren kimdi?” diye sordu, “Sen gelmeden önce yemeğimi yiyip onu kutsadım. Artık o kutsanmış oldu.”
34 जब एसावले आफ्ना पिता इसहाकका कुरा सुने तब उनी अत्यन्तै विह्वल भई चर्को सोरले रोए र आफ्ना पितालाई भने, “हे मेरा बुबा, मलाई पनि आशिष् दिनुहोस् ।”
Esav babasının anlattıklarını duyunca, acı acı haykırdı. “Beni de kutsa, baba, beni de!” dedi.
35 इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष् लग्यो ।”
İshak, “Kardeşin gelip beni kandırdı” diye karşılık verdi, “Senin yerine o kutsandı.”
36 एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठग्यो । त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?”
Esav, “Ona boşuna mı Yakup diyorlar?” dedi, “İki kezdir beni aldatıyor. Önce ilk oğulluk hakkımı aldı. Şimdi de benim yerime o kutsandı.” Sonra, “Kutsamak için bana bir hak ayırmadın mı?” diye sordu.
37 इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्यसलाई तेरो मालिक तुल्याइसकेँ । र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ । अन्न र दाखमद्यले मैले त्यसलाई तृप्त पारेको छु । अब तेरो निम्ति म के गर्न सक्छु र, छोरो?”
İshak, “Onu sana egemen kıldım” diye yanıtladı, “Bütün kardeşlerini onun hizmetine verdim. Onu buğday ve yeni şarapla besledim. Senin için ne yapabilirim ki, oğlum?”
38 एसावले आफ्ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष् छैन र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस् ।” एसाव डाँको छोडेर रोए ।
Esav, “Sen yalnız bir kişiyi mi kutsayabilirsin baba?” dedi, “Beni de kutsa, baba, beni de!” Sonra hıçkıra hıçkıra ağlamaya başladı.
39 उनका पिता इसहाकले जवाफ दिएर भने, “हेर्, तँ बस्ने जमिन पृथ्वीको प्रशस्तताबाट बाहिरै हुनेछ, आकाशको शीतबाट बाहिर ।
Babası şöyle yanıtladı: “Göklerin çiyinden, Zengin topraklardan Uzak yaşayacaksın.
40 तैंले आफ्नो तरवारको बलले जीविका चलाउनेछस् र तैंले तेरो भाइको सेवा गर्नेछस् । तर जब तैंले विद्रोह गर्नेछस्, तब त्यसको जुवा तेरो काँधबाट हल्लाएर फ्याँक्नेछस् ।”
Kılıcınla yaşayacak, Kardeşine hizmet edeceksin. Ama özgür olmak isteyince, Onun boyunduruğunu kırıp atacaksın.”
41 आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”
Babası Yakup'u kutsadığı için Esav kardeşi Yakup'a kin bağladı. “Nasıl olsa babamın ölümü yaklaştı” diye düşünüyordu, “O zaman kardeşim Yakup'u öldürürüm.”
42 तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ ।
Büyük oğlu Esav'ın ne düşündüğü Rebeka'ya bildirilince Rebeka küçük oğlu Yakup'u çağırttı. “Bak, ağabeyin Esav seni öldürmeyi düşünerek kendini avutuyor” dedi,
43 यसकारण मेरो छोरो, मैले भनेको कुरा मान् र हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा ।
“Beni dinle, oğlum. Hemen Harran'a, kardeşim Lavan'ın yanına kaç.
44 तँप्रति तेरो दाजुको रिस नमरुञ्जेल केही दिन त्यहाँ उनीसँग बस् र
Ağabeyinin öfkesi dinip sana kızgınlığı geçinceye, ona yaptığını unutuncaya kadar orada kal. Birini gönderir, seni getirtirim. Niçin bir günde ikinizden de yoksun kalayım?”
45 तैंले त्यसमाथि गरेको काम बिर्सन्छ । त्यसपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु । मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?”
46 रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्यो । यदि याकूबले यस देशका स्त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्ये एउटीलाई विवाह गर्यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्छ र?”
Sonra İshak'a, “Bu Hititli kadınlar yüzünden canımdan bezdim” dedi, “Eğer Yakup da bu ülkenin kızlarıyla, Hitit kızlarıyla evlenirse, nasıl yaşarım?”