< उत्पत्ति 26 >
1 अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो । इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए ।
Entonces llegó un tiempo de gran hambruna en la tierra, como el que había sido antes en los días de Abraham. E Isaac fue con Abimelec, rey de los filisteos, en Gerar.
2 तिनीकहाँ देखा परेर परमप्रभुले भन्नुभयो, “तल मिश्रमा नजा, मैले तँलाई बसोबास गर् भनेकै ठाउँमा बस् ।
Y el Señor vino a él en visión y le dijo: No desciendas a Egipto; mantente en la tierra de la cual te daré conocimiento:
3 यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष् दिनेछु, किनकि म यी देशहरू तँ र तेरा सन्तानलाई दिनेछु, अनि तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा म पुरा गर्नेछु ।
Quédate en esta tierra, y yo estaré contigo y te doy mi bendición; porque a ti y a tu simiente daré todas estas tierras, dando cumplimiento al juramento que hice a tu padre Abraham;
4 तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु । संसारका सबै जातिहरूले तेरै सन्तानहरूद्वारा आशिष् पाउनेछन् ।
Haré tu descendencia como las estrellas del cielo en número, y les daré todas estas tierras, y tu descendencia será bendición para todas las naciones de la tierra;
5 अब्राहामले मेरो वचन पालन गरेको र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको पालन गरेको हुनाले म यो गर्नेछु ।”
Porque Abraham escuchó mi voz y guardó mis palabras, mis reglas, mis órdenes y mis leyes.
6 यसैकारण इसहाक गरारमा नै बसे ।
Entonces Isaac siguió viviendo en Gerar;
7 त्यस ठाउँका मानिसहरूले तिनकी पत्नीको विषयमा सोधपुछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्” भने । किनकि तिनले यस्तो सोचे, “रिबेकालाई प्राप्त गर्नको लागि यस ठाउँका मानिसहरूले मलाई मार्नेछन्, किनकी तिनी धेरै सुन्दरी छिन् ।”
Y cuando los hombres del lugar lo interrogaron acerca de su esposa, él dijo: Ella es mi hermana; temiendo decir: Ella es mi esposa; porque, dijo, los hombres del lugar me pueden matar por causa de Rebeca; porque ella es muy hermosa.
8 इसहाक त्यहाँ बसेको धेरै दिनपछि पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट हेर्न पुगे । इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए ।
Y cuando estuvo allí un tiempo, Abimelec, rey de los filisteos, mirando por la ventana, vio a Isaac jugando con Rebeca su mujer.
9 अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्कै पनि तिम्री पत्नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्त गर्नको निम्ति कसैले मार्लान् भन्ने मैले सोचें ।”
Y él le dijo a Isaac: Está claro que ella es tu esposa: ¿por qué dijiste entonces: Ella es mi hermana? E Isaac dijo: Por temor a que me maten por causa de ella.
10 अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित सजिलै नराम्रो कर्म गर्ने थियो, र तिमीले हामीमाथि दोष ल्याउने थियौ ।”
Entonces dijo Abimelec: ¿Qué nos has hecho? una de las personas bien podría haber acostado con tu esposa, y el pecado habría sido nuestro.
11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई चेताउनी दिएर भने, “यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय नै मृत्युदण्ड हुनेछ ।”
Y Abimelec ordenó a su pueblo que cualquiera que tocase a Isaac o su esposa fuera a morir.
12 इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्यही साल सय गुणा कटनी गरे । किनभने परमेश्वरले तिनलाई आशिष् दिनुभयो ।
Y Isaac, plantando simiente en aquella tierra, en el mismo año dio fruto cien veces más, porque la bendición del Señor estaba sobre él.
13 तिनी धनी भए, र अत्यन्तै धनाढ्य नहुञ्जेलसम्म झनझन बढेर गए ।
Y su riqueza se hizo muy grande, creciendo más y más;
14 तिनका धेरै भेडाबाख्रा, गाईवस्तु र ठुलो परिवार भयो । यसैकारण पलिश्तीहरूले तिनको डाह गरे ।
porque tuvo gran riqueza de rebaños y vacas y gran número de siervos; de modo que los filisteos estaban llenos de envidia.
15 तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले ढुङ्गा-माटोले पुरेर रोकिदिए ।
Y todos los pozos que los siervos de su padre habían hecho en los días de Abraham, habían sido tapados con tierra por los Filisteos.
16 त्यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हामीभन्दा ज्यादै शक्तिशाली छौ ।”
Y dijo Abimelec a Isaac: Apártate de nosotros, porque eres más fuerte que nosotros.
17 त्यसैले इसहाक त्यहाँबाट निस्केर गए अनि गरारको बेँसीमा आफ्नो पाल टाँगेर बसोबास गरे ।
Y se fué Isaac de allí, y puso sus tiendas en el valle de Gerar, y moraba allí.
18 तिनले आफ्ना पिताका पालोमा तिनीहरूले खनेका इनारहरू फेरि खने । अब्राहामको मृत्युपछि पलिश्तीहरूले ती रोकिदिएका थिए । अनि तिनले ती इनारहरूलाई आफ्ना पिताले राखेकै नाउँ राखिदिए ।
E hizo de nuevo los pozos de agua que habían sido hechos en los días de Abraham su padre, y que habían sido tapados por los Filisteos; y les dio los nombres que su padre les había dado.
19 इसहाकका नोकरहरूले बेँसीमा खन्दा बगिरहेको पानीको मूल भेट्टाए ।
Y los siervos de Isaac hicieron los pozos en el valle, y llegaron a un manantial de aguas corrientes.
20 तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो ।” यसकारण इसहाकले त्यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे ।
Pero los pastores de Gerar peleaban con los pastores de Isaac, porque decían: Él manantial es nuestro; y le dio al manantial el nombre de Esek, porque hubo una pelea al respecto.
21 तब तिनीहरूले अर्को इनार खने, र त्यसमा पनि तिनीहरूले झगडा गरे । यसकारण तिनले त्यसको नाउँ सित्ना राखे ।
Entonces hicieron otro pozo de agua, y hubo una pelea al respecto, por lo que le dio el nombre de Sitna.
22 तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्यसमा चाहिँ झगडा गरेनन् । यसकारण तिनले त्यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौँ ।”
Entonces él se fue de allí, e hizo otro pozo sobre la cual no hubo guerra, y le dio el nombre de Rehobot, porque dijo: Ahora el Señor nos ha hecho lugar, y nosotros lo haremos dar fruto en esta tierra.
23 त्यसपछि इसहाक बेर्शेबामा गए ।
Y de allí pasó a Beerseba.
24 परमप्रभु त्यही रात तिनीकहाँ देखा पर्नुभयो अनि भन्नुभयो, “म तेरो पिता अब्राहामका परमेश्वर हुँ । नडरा, किनभने म तँसँग छु र म तँलाई आशिष् दिनेछु । अनि मेरो दास अब्राहामको खातिर म तेरा सन्तानको वृद्धि गराउनेछु ।”
Esa noche el Señor vino a él en visión, y dijo: Yo soy el Dios de tu padre Abraham; no temas, porque yo estoy contigo, te bendice, y tu descendencia aumentará a causa de mi siervo Abraham.
25 इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे । तिनले आफ्नो पाल त्यहीँ नै टाँगे, र तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने ।
Entonces él hizo un altar allí, y adoró el nombre del Señor, y allí puso allí sus tiendas, y allí sus siervos hicieron un pozo de agua.
26 एक दिन अबीमेलेक आफ्ना मित्र अहुज्जत र आफ्नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट तिनीकहाँ आए ।
Y Abimelec había venido a él desde Gerar, y Ahuzat su amigo y Ficol, el capitán de su ejército.
27 इसहाकले तिनीहरूलाई भने, “घृणा गरेर तपाईंहरूले आफ्नो बिचबाट मलाई निकाल्नुभयो, अनि तपाईंहरू अहिले किन मकहाँ आउँदै
Y les dijo Isaac: ¿Por qué viniste a mí, viendo que en tu odio por mí me enviaste lejos de ti?
28 हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्छ । यसैले हाम्रा बिचमा, अर्थात् तपाईं र हाम्रा बिचमा एउटा सम्झौता होस् भन्ने हामीले निर्णय गर्यौँ,
Y ellos dijeron: Hemos visto claramente que él Señor fué contigo; y dijimos: Hágase juramento entre tu y nosotros, y hagamos pacto contigo;
29 ताकि जसरी हामीले तपाईंको कुनै हानी गरेनौँ र तपाईंसँग राम्रो व्यवहार गर्यौँ अनि तपाईंलाई शान्तिमा पठायौँ । त्यसरी नै तपाईंले पनि हाम्रो कुनै हानि गर्नुहुनेछैन । तपाईं साँच्चै नै परमप्रभुबाट आशिषित् हुनुहुन्छ ।”
que no nos harás daño, así como nosotros no te impusimos ninguna mano, y no hiciste nada más que bien, y te enviaremos en paz; y ahora la bendición del Señor está sobre ti.
30 त्यसैले इसहाकले तिनीहरूका निम्ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए ।
Entonces él hizo un banquete para ellos, y todos ellos tenían comida y bebida.
31 तिनीहरू बिहान सबेरै उठे र आपसमा शपथ खाए । अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरूले उनलाई शान्तिमा छाडेर गए ।
Y a primera hora de la mañana juraron el uno al otro: luego Isaac los despidió, y ellos siguieron su camino en paz.
32 त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई बताए । तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ ।”
Y aquel día vinieron a él los siervos de Isaac, y le dieron aviso del pozo de agua que habían hecho, y le dijeron: Hemos encontrado las aguas.
33 तिनले त्यस इनारको नाउँ शिबा राखे, यसकारण त्यस सहरको नाउँ आजसम्म पनि बेर्शेबा नै छ ।
Y le dio el nombre de Seba; y el nombre de aquella ciudad es Beer-seba hasta hoy.
34 चालिस वर्षको हुँदा एसावले हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए ।
Y cuando Esaú tenía cuarenta años, tomó por mujer a Judit, hija de Beeri Heteo, y Basemat, hija de Elón heteo;
35 तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए ।
Y tuvieron amarguras Isaac y Rebeca por causa de ellas.