< उत्पत्ति 25 >

1 अब्राहामले अर्की एउटी पत्‍नी विवाह गरे ।
Potem Abraham pojął drugą żonę, której imię było Ketura.
2 तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌ ।
Która mu urodziła Zamrama, i Joksana, i Madana, i Midyjana, i Jesobaka, i Suacha.
3 योक्षान शेबा र ददानका पिता भए । अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू ददानका सन्‍तान थिए ।
A Joksan spłodził Sabę, i Dedana; a synowie Dedanowi byli Asurymowie i Letusymowie, i Leumymowie.
4 मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए ।
Synowie zaś Midyjanowi byli Hefa, i Hefer, i Henoch, i Abyda, i Eldaa; wszyscy ci byli synowie Ketury.
5 अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए ।
I dał Abraham wszystko, co miał, Izaakowi.
6 तर आफू जीवित छँदै तिनका उपपत्‍नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्‍याएर तिनीहरूलाई पूर्व देशतिर पठाए ।
A synom założnic, które miał Abraham, dał upominki; i wyprawił je od Izaaka syna swego, jeszcze za żywota swego, ku wschodowi do krainy wschodniej.
7 अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे ।
Teć są dni lat żywota Abrahamowego, które przeżył, sto i siedemdziesiąt, i pięć lat.
8 अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।
I ustawając umarł Abraham w starości dobrej, zeszły w leciech, i syty dni; i przyłączon jest do ludu swego.
9 तिनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्‍पेलाको ओडारमा गाडे ।
I pogrzebli go Izaak i Ismael, synowie jego, w jaskini Machpela, na polu Efrona, syna Socharowego, Hetejczyka, które było przeciwko Mamre;
10 त्‍यो खेत अब्राहामले हेतका छोराहरूबाट किनेका थिए । अब्राहाम आफ्‍नी पत्‍नी सारासित त्‍यहीँ नै गाडिए ।
Na polu, które był kupił Abraham u synów Hetowych; tam pogrzebiony jest Abraham, i Sara, żona jego.
11 अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।
A po śmierci Abrahamowej błogosławił Bóg Izaakowi, synowi jego, a Izaak mieszkał u studni Żywiącego i Widzącego mię.
12 साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।
A teć są rodzaje Ismaela, syna Abrahamowego, którego urodziła Hagar, Egipczanka, służebnica Sary, Abrahamowi.
13 जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै थिएः इश्‍माएलको जेठो छोरो नबायोत, केदार, अदबेल,
I te są imiona synów Ismaelowych w nazwiskach ich, według rodzajów ich: pierworodny Ismaelów, Nebajot; po nim Kedar, i Abdeel, i Mabsan.
14 मिब्‍साम, मिश्‍मा, दुमा, मस्‍सा,
I Masma, i Duma, i Masa.
15 हदद, तेमा, यतूर, नापीश र केदमा ।
Hadar, i Tema, Jetur, Nafis i Kedma.
16 इश्‍माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए ।
Ci są synowie Ismaelowi, i te imiona ich, według miasteczek ich, i zamków ich, dwanaście książąt w familijach ich.
17 इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए ।
A było lat żywota Ismaelowego, sto lat, i trzydzieści lat i siedem lat, i zszedł a umarł, i przyłączon jest do ludu swego.
18 तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्‍शूर देशतिर पर्ने हवीलादेखि शूरसम्‍म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।
I mieszkali od Hewila aż do Sur, która leży na przeciwko Egiptowi, idąc do Asyryi; przed obliczem wszystkich braci swych umarł.
19 अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।
Te zaś są rodzaje Izaaka syna Abrahamowego: Abraham spłodził Izaaka.
20 पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए ।
A Izaak miał czterdzieści lat, gdy sobie pojął Rebekę, córkę Batuela Syryjczyka, z krainy Syryjskiej, siostrę Labana, Syryjczyka, za żonę.
21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्‍नुभयो, र तिनकी पत्‍नी रिबेका गर्भवती भइन्‌ ।
Tedy się modlił Izaak Panu za żonę swą, iż była niepłodna; i wysłuchał go Pan, i poczęła Rebeka, żona jego.
22 तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्‍तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् ।
A gdy się dziatki trącały w żywocie jej, rzekła: Jeźliż tak miało być, dlaczegożem poczęła? Szła tedy, aby się pytała Pana.
23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ ।”
I rzekł jej Pan: dwa narody są w żywocie twoim, i dwojaki lud z żywota twego rozdzieli się, a jeden lud nad drugi lud możniejszy będzie, i większy będzie służył mniejszemu.
24 तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए ।
A gdy się wypełniły dni jej, aby porodziła, oto bliźnięta były w żywocie jej.
25 जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्‍तै रातो वर्णको जन्‍म्‍यो । तिनीहरूले त्‍यसको नाउँ एसाव राखे ।
I wyszedł pierwszy syn lisowaty, i wszystek jako szata kosmaty; i nazwali imię jego Ezaw.
26 त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।
A potem wyszedł brat jego, ręką swą trzymając za piętę, Ezawa i nazwano imię jego Jakób; a Izaakowi było sześćdziesiąt lat, gdy mu się oni narodzili.
27 बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए ।
A gdy urosły one dzieci, Ezaw był mężem w myślistwie biegłym i rolnikiem, a Jakób był mąż prosty mieszkający w namieciech.
28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌ ।
I miłował Izaak Ezawa, iż jadał z łowu jego; Rebeka zaś miłowała Jakóba.
29 याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।
I uwarzył sobie Jakób potrawę, a na ten czas przyszedł Ezaw z pola spracowany.
30 एसावले याकूबलाई भने, “कृपया, मलाई त्‍यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।
Tedy rzekł Ezaw do Jakóba: Daj mi jeść, proszę cię z tej czerwonej potrawy, bom się spracował: a przetoż nazwano imię jego Edom.
31 याकूबले भने, “पहिले तपाईंको ज्‍येष्‍ठ-अधिकार मलाई बेच्‍नुहोस्‌ ।”
Któremu rzekł Jakób: Przedajże mi dziś pierworodztwo twoje.
32 एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”
I rzekł Ezaw: Otom ja bliski śmierci, cóż mi po pierworodztwie?
33 याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।
I rzekł Jakób: Przysiążże mi dziś, i przysiągł mu. I sprzedał pierworodztwo swoje Jakóbowi.
34 याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे । यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए ।
Tedy Jakób dał Ezawowi chleba, i potrawę z soczewicy, a on jadł i pił, a potem powstawszy odszedł; i pogardził Ezaw pierworodztwem swojem.

< उत्पत्ति 25 >