< उत्पत्ति 24 >
1 अब्राहाम दिन धेरै खाएर बुढा भइसकेका थिए र परमप्रभुले तिनलाई सबै कुरामा आशिष् दिनुभएको थियो ।
アブラハムは年が進んで老人となった。主はすべての事にアブラハムを恵まれた。
2 अब्राहामले आफ्नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्
さてアブラハムは所有のすべてを管理させていた家の年長のしもべに言った、「あなたの手をわたしのももの下に入れなさい。
3 अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई पनि मेरो छोरोकी पत्नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु ।
わたしはあなたに天地の神、主をさして誓わせる。あなたはわたしが今一緒に住んでいるカナンびとのうちから、娘をわたしの子の妻にめとってはならない。
4 तर तैँले मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनेछस् ।”
あなたはわたしの国へ行き、親族の所へ行って、わたしの子イサクのために妻をめとらなければならない」。
5 त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”
しもべは彼に言った、「もしその女がわたしについてこの地に来ることを好まない時は、わたしはあなたの子をあなたの出身地に連れ帰るべきでしょうか」。
6 अब्राहामले त्यसलाई भने, “तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू!
アブラハムは彼に言った、「わたしの子は決して向こうへ連れ帰ってはならない。
7 मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्तानलाई म यो देश दिनेछु,’ उहाँले नै आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउनेछस् ।
天の神、主はわたしを父の家、親族の地から導き出してわたしに語り、わたしに誓って、おまえの子孫にこの地を与えると言われた。主は、み使をあなたの前につかわされるであろう。あなたはあそこからわたしの子に妻をめとらねばならない。
8 त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँ मेरो यो शपथबाट मुक्त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानू ।”
けれどもその女があなたについて来ることを好まないなら、あなたはこの誓いを解かれる。ただわたしの子を向こうへ連れ帰ってはならない」。
9 त्यसैले त्यस नोकरले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर यस विषयमा तिनीसित शपथ खायो ।
そこでしもべは手を主人アブラハムのももの下に入れ、この事について彼に誓った。
10 आफ्ना मालिकका दशवटा ऊँट लिएर त्यो नोकर बिदा भयो । त्यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो । ऊ बिदा भएर अराम-नाहारैमतिर नाहोरको सहरमा गयो ।
しもべは主人のらくだのうちから十頭のらくだを取って出かけた。すなわち主人のさまざまの良い物を携え、立ってアラム・ナハライムにむかい、ナホルの町へ行った。
11 त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्न लगायो । त्यो साँझपख स्त्रीहरू पानी भर्न आउने बेला थियो ।
彼はらくだを町の外の、水の井戸のそばに伏させた。時は夕暮で、女たちが水をくみに出る時刻であった。
12 अनि त्यसले प्रार्थना गर्यो, “हे परमप्रभु मेरा मालिकका परमेश्वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस् ।
彼は言った、「主人アブラハムの神、主よ、どうか、きょう、わたしにしあわせを授け、主人アブラハムに恵みを施してください。
13 हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन् ।
わたしは泉のそばに立っています。町の人々の娘たちが水をくみに出てきたとき、
14 यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस् । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु ।”
娘に向かって『お願いです、あなたの水がめを傾けてわたしに飲ませてください』と言い、娘が答えて、『お飲みください。あなたのらくだにも飲ませましょう』と言ったなら、その者こそ、あなたがしもべイサクのために定められた者ということにしてください。わたしはこれによって、あなたがわたしの主人に恵みを施されることを知りましょう」。
15 त्यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन् । तिनी अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी थिइन् ।
彼がまだ言い終らないうちに、アブラハムの兄弟ナホルの妻ミルカの子ベトエルの娘リベカが、水がめを肩に載せて出てきた。
16 ती जवान स्त्री अत्यन्त सुन्दरी र कुमारी थिइन् । तिनको कुनै मानिससित पनि सहवास भएको थिएन । इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन् ।
その娘は非常に美しく、男を知らぬ処女であった。彼女が泉に降りて、水がめを満たし、上がってきた時、
17 तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ ।”
しもべは走り寄って、彼女に会って言った、「お願いです。あなたの水がめの水を少し飲ませてください」。
18 तिनले “हजूर, पिउनुहोस्” भनेर तुरुन्तै गाग्रो झारिन्, र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी पियाइन् ।
すると彼女は「わが主よ、お飲みください」と言って、急いで水がめを自分の手に取りおろして彼に飲ませた。
19 त्यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकुञ्जेल म पानी उघाएर दिनेछु ।”
飲ませ終って、彼女は言った、「あなたのらくだもみな飲み終るまで、わたしは水をくみましょう」。
20 तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डुँडमा खन्याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन् ।
彼女は急いでかめの水を水ぶねにあけ、再び水をくみに井戸に走って行って、すべてのらくだのために水をくんだ。
21 त्यो मानिसचाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागेर तिनलाई हेरिरह्यो ।
その間その人は主が彼の旅の祝福されるか、どうかを知ろうと、黙って彼女を見つめていた。
22 ऊँटहरूले पानी खाइसकेपछि त्यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर
らくだが飲み終ったとき、その人は重さ半シケルの金の鼻輪一つと、重さ十シケルの金の腕輪二つを取って、
23 भन्यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?”
言った、「あなたはだれの娘か、わたしに話してください。あなたの父の家にわたしどもの泊まる場所がありましょうか」。
24 तिनले त्यसलाई भनिन्, “म नाहोरबाट मिल्काले जन्माएका बतूएलकी छोरी हुँ ।”
彼女は彼に言った、「わたしはナホルの妻ミルカの子ベトエルの娘です」。
25 तिनले त्यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्त छन्, र रात गुजार्नलााई कोठा पनि छन् ।”
また彼に言った、「わたしどもには、わらも、飼葉もたくさんあります。また泊まる場所もあります」。
26 तब त्यस मानिसले आफ्नो शिर निहुराएर परमप्रभुको आराधना गर्यो ।
その人は頭を下げ、主を拝して、
27 त्यसले भन्यो, “परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको करारको दया र विश्वस्तता त्याग्नुभएको छैन । परमप्रभुले नै मलाई डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ ।”
言った、「主人アブラハムの神、主はほむべきかな。主はわたしの主人にいつくしみと、まこととを惜しまれなかった。そして主は旅にあるわたしを主人の兄弟の家に導かれた」。
28 तब ती कन्या गइन् र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन् ।
娘は走って行って、母の家のものにこれらの事を告げた。
29 रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्यस मानिसतिर गए ।
リベカにひとりの兄があって、名をラバンといった。ラバンは泉のそばにいるその人の所へ走って行った。
30 जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र “त्यस मानिसले मलाई यसो भन्यो” भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिसकहाँ गए, त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो ।
彼は鼻輪と妹の手にある腕輪とを見、また妹リベカが「その人はわたしにこう言った」というのを聞いて、その人の所へ行ってみると、その人は泉のほとりで、らくだのそばに立っていた。
31 त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस् । किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।”
そこでその人に言った、「主に祝福された人よ、おはいりください。なぜ外に立っておられますか。わたしは家を準備し、らくだのためにも場所を準備しておきました」。
32 तब त्यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिइयो ।
その人は家にはいった。ラバンはらくだの荷を解いて、わらと飼葉をらくだに与え、また水を与えてその人の足と、その従者たちの足を洗わせた。
33 तिनीहरूले त्यसको सामु खानेकुरा पनि राखिदिए, तर त्यसले भन्यो, “जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्नँ ।” तब लाबानले भने, “ल, भन्नुहोस् ।”
そして彼の前に食物を供えたが、彼は言った、「わたしは用向きを話すまでは食べません」。ラバンは言った、「お話しください」。
34 त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ ।
そこで彼は言った、「わたしはアブラハムのしもべです。
35 परमप्रभुले मेरा मालिकलाई धेरै आशिष् दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन् । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।
主はわたしの主人を大いに祝福して、大いなる者とされました。主はまた彼に羊、牛、銀、金、男女の奴隷、らくだ、ろばを与えられました。
36 मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना सबै कुरा दिएका छन् ।
主人の妻サラは年老いてから、主人に男の子を産みました。主人はその所有を皆これに与えました。
37 मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनू ।
ところで主人はわたしに誓わせて言いました、『わたしの住んでいる地のカナンびとの娘を、わたしの子の妻にめとってはならない。
38 बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्नी ल्याउनू ।'
おまえはわたしの父の家、親族の所へ行って、わたしの子に妻をめとらなければならない』。
39 मैले मेरो मालिकलाई भनेँ, 'सायद त्यो स्त्री मेरो साथमा आउन मान्दिन होला?'
わたしは主人に言いました、『もしその女がわたしについてこない時はどういたしましょうか』。
40 तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैैँले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस् ।
主人はわたしに言いました、『わたしの仕えている主は、み使をおまえと一緒につかわして、おまえの旅にさいわいを与えられるであろう。おまえはわたしの親族、わたしの父の家からわたしの子に妻をめとらなければならない。
41 तर तँ मेरो कुटुम्बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्नेछस् ।'
そのとき、おまえはわたしにした誓いから解かれるであろう。またおまえがわたしの親族に行く時、彼らがおまえにその娘を与えないなら、おまえはわたしにした誓いから解かれるであろう』。
42 यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,
わたしはきょう、泉のところにきて言いました、『主人アブラハムの神、主よ、どうか今わたしのゆく道にさいわいを与えてください。
43 म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्दा
わたしはこの泉のそばに立っていますが、水をくみに出てくる娘に向かって、「お願いです。あなたの水がめの水を少し飲ませてください」と言い、
44 तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भनिन् भने, मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्त्री त्यही होस् ।
「お飲みください。あなたのらくだのためにも、くみましょう」とわたしに言うなら、その娘こそ、主がわたしの主人の子のために定められた女ということにしてください』。
45 “मैले यी कुरा मनमनै भनिसक्न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन् । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’
わたしが心のうちでそう言い終らないうちに、リベカが水がめを肩に載せて出てきて、水をくみに泉に降りたので、わたしは『お願いです、飲ませてください』と言いますと、
46 “तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन् ।
彼女は急いで水がめを肩からおろし、『お飲みください。わたしはあなたのらくだにも飲ませましょう』と言いました。それでわたしは飲みましたが、彼女はらくだにも飲ませました。
47 “मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधेँ । “तिनले भनिन्, ‘नाहोर र मिल्काका छोरा बतूएलकी छोरी हुँ ।’ तब मैले तिनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ ।
わたしは彼女に尋ねて、『あなたはだれの娘ですか』と言いますと、『ナホルとその妻ミルカの子ベトエルの娘です』と答えました。そこでわたしは彼女の鼻に鼻輪をつけ、手に腕輪をつけました。
48 अनि मैले आफ्नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्वरलाई धन्यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्याउनुभएको थियो ।
そしてわたしは頭をさげて主を拝し、主人アブラハムの神、主をほめたたえました。主は主人の兄弟の娘を子にめとらせようと、わたしを正しい道に導かれたからです。
49 अब तपाईंहरू मेरा मालिकसँग करारको विश्वासयोग्यता र भरोसायोग्य व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस् । होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला ।”
あなたがたが、もしわたしの主人にいつくしみと、まことを尽そうと思われるなら、そうとわたしにお話しください。そうでなければ、そうでないとお話しください。それによってわたしは右か左に決めましょう」。
50 तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो । हामी तपाईंलाई खराब अथवा असल केही भन्न सक्दैनौँ ।
ラバンとベトエルは答えて言った、「この事は主から出たことですから、わたしどもはあなたによしあしを言うことができません。
51 हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे । त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्नी होस् ।”
リベカがここにおりますから連れて行って、主が言われたように、あなたの主人の子の妻にしてください」。
52 तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्डवत् गर्यो ।
アブラハムのしもべは彼らの言葉を聞いて、地に伏し、主を拝した。
53 तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो । त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् उपहारहरू दियो ।
そしてしもべは銀の飾りと、金の飾り、および衣服を取り出してリベカに与え、その兄と母とにも価の高い品々を与えた。
54 तब त्यो र त्यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्यो रात त्यहीँ बिताए अनि बिहान उठेपछि त्यसले भन्यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस् ।”
彼と従者たちは飲み食いして宿ったが、あくる朝彼らが起きた時、しもべは言った、「わたしを主人のもとに帰らせてください」。
55 रिबेकाका दाजु र आमाले भने, “कन्यालाई कम्तीमा पनि दस दिन यहीँ हामीसँग रहन दिनुहोस् । त्यसपछि तिनी गए हुन्छ ।”
リベカの兄と母とは言った、「娘は数日、少なくとも十日、わたしどもと共にいて、それから行かせましょう」。
56 तर त्यसले तिनीहरूलाई भन्यो, “परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको हुनाले मलाई नअलमल्याउनुहोस् । मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु ।”
しもべは彼らに言った、「主はわたしの道にさいわいを与えられましたから、わたしを引きとめずに、主人のもとに帰らせてください」。
57 तिनीहरूले भने, “हामी कन्यालाई बोलाउँछौँ र तिनलाई सोध्छौँ ।”
彼らは言った、「娘を呼んで聞いてみましょう」。
58 अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे, “के तिमी यस मानिसको साथमा जान्छ्यौ?” तिनले भनिन्, “म जान्छु ।”
彼らはリベカを呼んで言った、「あなたはこの人と一緒に行きますか」。彼女は言った、「行きます」。
59 यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए ।
そこで彼らは妹リベカと、そのうばと、アブラハムのしもべと、その従者とを送り去らせた。
60 तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्तानले तिनीहरूसँग दुश्मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्जा गरून् ।”
彼らはリベカを祝福して彼女に言った、「妹よ、あなたは、ちよろずの人の母となれ。あなたの子孫はその敵の門を打ち取れ」。
61 तब रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्यस मानिसको पछि लागिन् । यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो ।
リベカは立って侍女たちと共にらくだに乗り、その人に従って行った。しもべはリベカを連れて立ち去った。
62 अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए, उनी बेअर-लहै-रोइबाट भर्खरै आएका थिए ।
さてイサクはベエル・ラハイ・ロイからきて、ネゲブの地に住んでいた。
63 इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्केका थिए । उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे ।
イサクは夕暮、野に出て歩いていたが、目をあげて、らくだの来るのを見た。
64 रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लिन् ।
リベカは目をあげてイサクを見、らくだからおりて、
65 तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्न बाहिर हिँड्दै आउने मानिस को हुन्?” त्यस नोकरले भन्यो, “उनी त मेरा मालिक हुन् ।” तब रिबेकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन् ।
しもべに言った、「わたしたちに向かって、野を歩いて来るあの人はだれでしょう」。しもべは言った、「あれはわたしの主人です」。するとリベカは、被衣で身をおおった。
66 त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो ।
しもべは自分がしたことのすべてをイサクに話した。
67 इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे । अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे । यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए ।'
イサクはリベカを天幕に連れて行き、リベカをめとって妻とし、彼女を愛した。こうしてイサクは母の死後、慰めを得た。