< उत्पत्ति 23 >
1 सारा एक सय सत्ताइस वर्ष बाँचिन् । साराका जीवनमा वर्षहरू यी नै थिए ।
サラの一生は百二十七年であった。これがサラの生きながらえた年である。
2 सारा कनान देशको किर्यत-अर्बा अर्थात् हेब्रोनमा मरिन् । अब्राहामले साराको निम्ति शोक र विलाप गरे ।
サラはカナンの地のキリアテ・アルバすなわちヘブロンで死んだ。アブラハムは中にはいってサラのために悲しみ泣いた。
3 त्यसपछि अब्राहाम आफ्नी पत्नीको लाश भएको ठाउँबाट उठे, र हेतका छोराहरूलाई यसो भने,
アブラハムは死人のそばから立って、ヘテの人々に言った、
4 “म तपाईंहरूका बिचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।”
「わたしはあなたがたのうちの旅の者で寄留者ですが、わたしの死人を出して葬るため、あなたがたのうちにわたしの所有として一つの墓地をください」。
5 हेतका छोराहरूले अब्राहामलाई भने,
ヘテの人々はアブラハムに答えて言った、
6 “मालिक, हाम्रा कुरा सुन्नुहोस् । तपाईं हाम्रो बिचमा परमेश्वरका राजकुमार हुनुहुन्छ । हाम्रा चिहानमध्ये सबैभन्दा असलचाहिँ छानेर लाश गाड्नुहोस् । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्ये कसैले पनि आफ्नो चिहान तपाईंलाई दिन इन्कार गर्नेछैन ।”
「わが主よ、お聞きなさい。あなたはわれわれのうちにおられて、神のような主君です。われわれの墓地の最も良い所にあなたの死人を葬りなさい。その墓地を拒んで、あなたにその死人を葬らせない者はわれわれのうちには、ひとりもないでしょう」。
7 तब अब्राहामले उठेर त्यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्डवत् गरे ।
アブラハムは立ちあがり、その地の民ヘテの人々に礼をして、
8 तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्न तपाईंहरूलाई मन्जुर छ भने मेरो कुरो सुन्नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति बिन्ती गरिदिनुहोस् ।
彼らに言った、「もしわたしの死人を葬るのに同意されるなら、わたしの願いをいれて、わたしのためにゾハルの子エフロンに頼み、
9 उनका खेतको छेउमा भएको आफ्नो मक्पेलाको ओडार मलाई बेच्न भनिदिनुहोस् । उनले त्यो जमिन पुरा दाममा गाड्ने ठाउँको निम्ति सार्वजनिक रूपमा मलाई बेचून् ।”
彼が持っている畑の端のマクペラのほら穴をじゅうぶんな代価でわたしに与え、あなたがたのうちに墓地を持たせてください」。
10 त्यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,
時にエフロンはヘテの人々のうちにすわっていた。そこでヘテびとエフロンはヘテの人々、すなわちすべてその町の門にはいる人々の聞いているところで、アブラハムに答えて言った、
11 “होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्ने म त्यो तपाईंलाई दिन्छु। म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु ।”
「いいえ、わが主よ、お聞きなさい。わたしはあの畑をあなたにさしあげます。またその中にあるほら穴もさしあげます。わたしの民の人々の前で、それをさしあげます。あなたの死人を葬りなさい」。
12 अब्राहामले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत् गरे ।
アブラハムはその地の民の前で礼をし、
13 अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, “तर यदि तपाईंको मन्जुरी भए मेरो कुरा सुन्नुहोस् । म त्यस जग्गाको मोल तिर्नेछु । मबाट पैसा लिनुहोस्, र म त्यहाँ लाश गाड्नेछु
その地の民の聞いているところでエフロンに言った、「あなたがそれを承諾されるなら、お聞きなさい。わたしはその畑の代価を払います。お受け取りください。わたしの死人をそこに葬りましょう」。
14 ।” एप्रोनले अब्राहामलाई भने,
エフロンはアブラハムに答えて言った、
15 “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । जग्गाको मोल चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई गाड्नुहोस् ।”
「わが主よ、お聞きなさい。あの地は銀四百シケルですが、これはわたしとあなたの間で、なにほどのことでしょう。あなたの死人を葬りなさい」。
16 अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्ने उनले भने जस्तै व्यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्का जोखेर उनलाई दिए ।
そこでアブラハムはエフロンの言葉にしたがい、エフロンがヘテの人々の聞いているところで言った銀、すなわち商人の通用銀四百シケルを量ってエフロンに与えた。
17 यसरी मक्पेलामा मम्रेनेरको एप्रोनको खेत र त्यसभित्र भएका ओडार र रूखहरूसमेत एप्रोनले
こうしてマムレの前のマクペラにあるエフロンの畑は、畑も、その中のほら穴も、畑の中およびその周囲の境にあるすべての木も皆、
18 त्यस सहरका ढोकाको अगाडि आएकाहरू हेतका छोराहरू सबैका सामु अब्राहामको अधिकारमा दिए ।
ヘテの人々の前、すなわちその町の門にはいるすべての人々の前で、アブラハムの所有と決まった。
19 त्यसपछि अब्राहामले आफ्नी पत्नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात् हेब्रोनमा भएको मक्पेलाक खेतको ओडारमा गाडे ।
その後、アブラハムはその妻サラをカナンの地にあるマムレ、すなわちヘブロンの前のマクペラの畑のほら穴に葬った。
20 यसरी त्यो खेत र त्यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो ।
このように畑とその中にあるほら穴とはヘテの人々によってアブラハムの所有の墓地と定められた。