< उत्पत्ति 21 >

1 आफूले भन्‍नुभएअनुसार परमप्रभुले सारालाई ध्यान दिनुभयो, र आफूले प्रतिज्ञा गर्नुभएझैँ उहाँले साराको निम्ति गर्नुभयो ।
Wakati huu Bwana akamrehemu Sara kama alivyokuwa amesema, naye Bwana akamtendea Sara kile alichokuwa ameahidi.
2 सारा गर्भवती भइन् र अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्‍नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन् ।
Sara akapata mimba, akamzalia Abrahamu mwana katika uzee wake, majira yale ya Mungu aliomwahidi.
3 आफू र साराबाट जन्मेको आफ्नो छोरोको नाउँ अब्राहामले इसहाक राखे ।
Abrahamu akamwita Isaki yule mwana ambaye Sara alimzalia.
4 परमप्रभुले आज्ञा गर्नुभएझैँ आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरिदिए ।
Isaki alipokuwa na umri wa siku nane, Abrahamu akamtahiri, kama Mungu alivyomwamuru.
5 आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए ।
Abrahamu alikuwa na miaka 100 wakati Isaki mwanawe alipozaliwa.
6 साराले भनिन्, “परमप्रभुले मलाई हाँसो दिनुभएको छ; सुन्‍नेहरू हरेक मसँगै हाँस्‍नेछन् ।”
Sara akasema, “Mungu ameniletea kicheko, kila mmoja atakayesikia jambo hili atacheka pamoja nami.”
7 तिनले फेरि भनिन्, “साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्‍नेथियो र, तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु!”
Akaongeza kusema, “Nani angemwambia Abrahamu kuwa Sara angenyonyesha watoto? Tena nimemzalia mwana katika uzee wake.”
8 त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे ।
Mtoto akakua, akaachishwa kunyonya. Siku hiyo Isaki alipoachishwa kunyonya, Abrahamu alifanya sherehe kubwa.
9 मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् ।
Lakini Sara aliona kuwa mwana ambaye Hagari, Mmisri, aliyemzalia Abrahamu alikuwa anadhihaki,
10 त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्‍त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्‍त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्‍नेछैन ।”
Sara akamwambia Abrahamu, “Mwondoe mwanamke huyo mtumwa pamoja na mwanawe, kwa kuwa mwana wa mwanamke mtumwa kamwe hatarithi pamoja na mwanangu Isaki.”
11 आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो ।
Jambo hili lilimhuzunisha sana Abrahamu kwa sababu lilimhusu mwanawe.
12 तर परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “त्यो केटो र तेरी कमारी स्‍त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।
Lakini Mungu akamwambia, “Usihuzunike hivyo kwa sababu ya kijana na mtumishi wako wa kike. Sikiliza lolote Sara analokuambia, kwa sababu uzao wako utahesabiwa kupitia kwake Isaki.
13 त्यस कमारी स्‍त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”
Nitamfanya huyu mwana wa mtumishi wako wa kike kuwa taifa pia, kwa sababu naye ni uzao wako.”
14 अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।
Kesho yake asubuhi na mapema, Abrahamu akachukua chakula na kiriba cha maji, akampa Hagari. Akaviweka mabegani mwa Hagari, akamwondoa pamoja na kijana. Hagari akashika njia, akatangatanga katika jangwa la Beer-Sheba.
15 जब मशकको पानी सक्‍कियो, तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन् ।
Maji yalipokwisha kwenye kiriba, akamwacha kijana chini ya mojawapo ya vichaka.
16 त्यसपछि तिनी त्यस बालकबाट केही दुरी (करिब एउटा काँडले पार गर्ने दुरी) मा गएर बसिन् र भनिन्, “मैले यस बालकको मृत्यु हेर्न नपरोस् ।” त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् र रोइन् ।
Kisha akajiendea zake akaketi karibu, umbali wa kutupa mshale, akawaza, “Siwezi kumwangalia kijana akifa.” Ikawa alipokuwa ameketi pale karibu, akaanza kulia kwa huzuni.
17 परमप्रभुले त्यस बालकको सोर सुन्‍नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्‍नुभएको छ ।
Mungu akamsikia kijana akilia, malaika wa Mungu akamwita Hagari kutoka mbinguni na kumwambia, “Kuna nini Hagari? Usiogope, Mungu amesikia kijana analia akiwa amelala pale.
18 उठ, त्यस बालकलाई उठाऊ, र त्यसलाई उत्साहित गराऊ, किनभने म त्यसबाट एउटा महान् जाति खडा गर्नेछु ।”
Mwinue kijana na umshike mkono, kwa maana nitamfanya kuwa taifa kubwa.”
19 त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो, र तिनले पानीको एउटा कुवा देखिन् । तिनी गएर त्यस मशकमा पानी भरिन्, अनि बालकलाई पानी दिइन् ।
Ndipo Mungu akamfumbua Hagari macho yake naye akaona kisima cha maji. Hivyo akaenda akajaza kiriba maji na kumpa kijana anywe.
20 परमप्रभु त्यस बालकसँग हुनुहुन्थ्यो, र ऊ बढ्दै गयो । ऊ उजाड-स्थानमै बस्थ्यो र एउटा धनुर्धारी बन्यो ।
Mungu akawa pamoja na huyu kijana alipokuwa akiendelea kukua. Aliishi jangwani na akawa mpiga upinde.
21 ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिइन् ।
Alipokuwa akiishi katika Jangwa la Parani, mama yake akampatia mke kutoka Misri.
22 त्यस समय अबीमेलेक र तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने, “तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ ।
Wakati huo Abimeleki na Fikoli mkuu wa majeshi yake wakamwambia Abrahamu, “Mungu yu pamoja nawe katika kila kitu unachofanya.
23 यसैकारण अब मसँग यहाँ परमप्रभुको सामु प्रतिज्ञा गर, कि तिमीले म, मेरा सन्तति र मेरा उत्तराधिकारीहरूसँग कुनै छल गर्नेछैनौ । मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्‍वसनीयता देखाएँ तिमीले पनि त्यस्तै विश्‍वसनीयता म, र तिमी बसोबास गर्दै आएको यस भूमिप्रति देखाउनू ।”
Sasa niapie hapa mbele za Mungu kwamba hutanitenda hila mimi, watoto wangu wala wazao wangu. Nitendee mimi na nchi ambayo unaishi kama mgeni wema ule ule ambao nimekutendea.”
24 अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।”
Abrahamu akasema, “Ninaapa hivyo.”
25 अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे ।
Ndipo Abrahamu akalalamika kwa Abimeleki kuhusu kisima cha maji ambacho watumishi wa Abimeleki walikuwa wamekinyangʼanya.
26 अबीमेलेकले भने, “यो काम कसले गर्‍यो मलाई थाहा भएन । तिमीले यस विषयमा मलाई पहिले नै भनेनौ, र मैले यसबारे आजसम्म केही सुनेको छैनँ ।”
Lakini Abimeleki akasema, “Sijui ni nani ambaye amefanya hili. Hukuniambia, leo tu ndipo ninasikia habari zake.”
27 यसैकारण अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए, र तिनीहरूले प्रतिज्ञा गरे ।
Hivyo Abrahamu akaleta kondoo na ngʼombe, akampa Abimeleki, nao watu hawa wawili wakafanya mapatano.
28 त्यसपछि आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्‍ट्याए ।
Abrahamu akatenga kondoo wa kike saba kutoka kwenye kundi,
29 अबीमेलेकले अब्राहामलाई भने, “तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो?”
Abimeleki akamuuliza Abrahamu, “Ni nini maana ya hawa kondoo wa kike saba uliowatenga peke yao?”
30 तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्‍त गर्नुहुनेछ ।”
Abrahamu akamjibu, “Upokee hawa kondoo wa kike saba kutoka mkononi mwangu kama ushahidi kuwa nilichimba kisima hiki.”
31 यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए ।
Hivyo mahali pale pakaitwa Beer-Sheba, kwa sababu watu wawili waliapiana hapo.
32 तिनीहरूले बेर्शेबामा प्रतिज्ञा गरे, र त्यसपछि अबीमेलेक र सेनापति पीकोल पलिश्तीहरूको भूमिमा फर्के ।
Baada ya mapatano kufanyika huko Beer-Sheba, Abimeleki na Fikoli mkuu wa majeshi yake wakarudi katika nchi ya Wafilisti.
33 अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे । त्यसपछि उनले अनन्तका परमेश्‍वरको आराधना गरे ।
Abrahamu akapanda mti wa mkwaju huko Beer-Sheba, na hapo akaliitia jina la Bwana, Mungu wa milele.
34 अब्राहाम धेरै दिन पलिश्तीहरूको भूमिमा परदेशी भएर नै रहे ।
Naye Abrahamu akakaa katika nchi ya Wafilisti kwa muda mrefu.

< उत्पत्ति 21 >