< उत्पत्ति 21 >
1 आफूले भन्नुभएअनुसार परमप्रभुले सारालाई ध्यान दिनुभयो, र आफूले प्रतिज्ञा गर्नुभएझैँ उहाँले साराको निम्ति गर्नुभयो ।
Y visitó el SEÑOR a Sara, como había dicho, e hizo el SEÑOR con Sara como había hablado.
2 सारा गर्भवती भइन् र अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन् ।
Y Sara concibió y dio a luz a Abraham un hijo en su vejez, en el tiempo que Dios le había dicho.
3 आफू र साराबाट जन्मेको आफ्नो छोरोको नाउँ अब्राहामले इसहाक राखे ।
Y llamó Abraham el nombre de su hijo que le nació, que le dio a luz Sara, Isaac.
4 परमप्रभुले आज्ञा गर्नुभएझैँ आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरिदिए ।
Y circuncidó Abraham a su hijo Isaac de ocho días, como Dios le mandó.
5 आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए ।
Y era Abraham de cien años, cuando le nació Isaac su hijo.
6 साराले भनिन्, “परमप्रभुले मलाई हाँसो दिनुभएको छ; सुन्नेहरू हरेक मसँगै हाँस्नेछन् ।”
Entonces dijo Sara: Dios me ha hecho reir, y cualquiera que lo oyere, se reirá conmigo.
7 तिनले फेरि भनिन्, “साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्नेथियो र, तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु!”
Y añadió: ¿Quién dijera a Abraham que Sara había de dar leche a hijos? Que le he dado a luz un hijo en su vejez.
8 त्यो बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे ।
Y creció el niño, y fue destetado; e hizo Abraham gran banquete el día que fue destetado Isaac.
9 मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन् ।
Y vio Sara al hijo de Agar la egipcia, el cual ésta le había dado a luz a Abraham, que se burlaba.
10 त्यसैकारण तिनले अब्राहामलाई भनिन्, “त्यस कमारी स्त्री र त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस्, किनकि त्यस कमारी स्त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्नेछैन ।”
Por tanto dijo a Abraham: Echa a esta sierva y a su hijo; que el hijo de esta sierva no ha de heredar con mi hijo, con Isaac.
11 आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो ।
Este dicho pareció grave en gran manera a Abraham a causa de su hijo.
12 तर परमप्रभुले अब्राहामलाई भन्नुभयो, “त्यो केटो र तेरी कमारी स्त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ ।
Entonces dijo Dios a Abraham: No te parezca grave a causa del muchacho y de tu sierva; en todo lo que te dijere Sara, oye su voz, porque en Isaac te será llamada descendencia.
13 त्यस कमारी स्त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।”
Y también al hijo de la sierva pondré en gente, porque es tu simiente.
14 अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।
Entonces Abraham se levantó muy de mañana, y tomó pan, y un odre de agua, y lo dio a Agar, poniéndolo sobre su hombro, y le entregó al muchacho, y la envió. Y ella fue, y se perdió en el desierto de Beerseba.
15 जब मशकको पानी सक्कियो, तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन् ।
Y faltó el agua del odre, y echó al muchacho debajo de un árbol;
16 त्यसपछि तिनी त्यस बालकबाट केही दुरी (करिब एउटा काँडले पार गर्ने दुरी) मा गएर बसिन् र भनिन्, “मैले यस बालकको मृत्यु हेर्न नपरोस् ।” त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् र रोइन् ।
y se fue y se sentó enfrente, alejándose como un tiro de arco; diciendo: No veré cuando el muchacho morirá; y se sentó enfrente, y alzó su voz y lloró.
17 परमप्रभुले त्यस बालकको सोर सुन्नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्नुभएको छ ।
Y oyó Dios la voz del muchacho; y el ángel de Dios llamó a Agar desde el cielo, y le dijo: ¿Qué tienes, Agar? No temas; porque Dios ha oído la voz del muchacho en donde está.
18 उठ, त्यस बालकलाई उठाऊ, र त्यसलाई उत्साहित गराऊ, किनभने म त्यसबाट एउटा महान् जाति खडा गर्नेछु ।”
Levántate, alza al muchacho, y tómalo de tu mano, porque en gran gente lo tengo de poner.
19 त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो, र तिनले पानीको एउटा कुवा देखिन् । तिनी गएर त्यस मशकमा पानी भरिन्, अनि बालकलाई पानी दिइन् ।
Entonces abrió Dios sus ojos, y vio una fuente de agua; y fue, y llenó el odre de agua, y dio de beber al muchacho.
20 परमप्रभु त्यस बालकसँग हुनुहुन्थ्यो, र ऊ बढ्दै गयो । ऊ उजाड-स्थानमै बस्थ्यो र एउटा धनुर्धारी बन्यो ।
Y fue Dios con el muchacho; y creció, y habitó en el desierto, y fue tirador de arco.
21 ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्नी ल्याइदिइन् ।
Y habitó en el desierto de Parán; y su madre le tomó mujer de la tierra de Egipto.
22 त्यस समय अबीमेलेक र तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने, “तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ ।
Y aconteció en aquel mismo tiempo que habló Abimelec, y Ficol, príncipe de su ejército, a Abraham diciendo: Dios es contigo en todo cuanto haces.
23 यसैकारण अब मसँग यहाँ परमप्रभुको सामु प्रतिज्ञा गर, कि तिमीले म, मेरा सन्तति र मेरा उत्तराधिकारीहरूसँग कुनै छल गर्नेछैनौ । मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्वसनीयता देखाएँ तिमीले पनि त्यस्तै विश्वसनीयता म, र तिमी बसोबास गर्दै आएको यस भूमिप्रति देखाउनू ।”
Ahora pues, júrame aquí por Dios, que no faltarás a mí, ni a mi hijo, ni a mi nieto; sino que conforme a la misericordia que yo hice contigo, harás tú conmigo y con la tierra donde has peregrinado.
24 अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।”
Y respondió Abraham: Yo juraré.
25 अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे ।
Y Abraham reprendió a Abimelec a causa de un pozo de agua, que los siervos de Abimelec le habían quitado.
26 अबीमेलेकले भने, “यो काम कसले गर्यो मलाई थाहा भएन । तिमीले यस विषयमा मलाई पहिले नै भनेनौ, र मैले यसबारे आजसम्म केही सुनेको छैनँ ।”
Y respondió Abimelec: No sé quién haya hecho esto, ni tampoco tú me lo hiciste saber, ni yo lo he oído hasta hoy.
27 यसैकारण अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए, र तिनीहरूले प्रतिज्ञा गरे ।
Y tomó Abraham ovejas y vacas, y dio a Abimelec; e hicieron ambos alianza.
28 त्यसपछि आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्ट्याए ।
Y puso Abraham siete corderas del rebaño aparte.
29 अबीमेलेकले अब्राहामलाई भने, “तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो?”
Y dijo Abimelec a Abraham: ¿Qué significan esas siete corderas que has puesto aparte?
30 तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्त गर्नुहुनेछ ।”
Y él respondió: Que estas siete corderas tomarás de mi mano, para que me sean en testimonio de que yo cavé este pozo.
31 यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए ।
Por esto llamó a aquel lugar Beerseba; porque allí juraron ambos.
32 तिनीहरूले बेर्शेबामा प्रतिज्ञा गरे, र त्यसपछि अबीमेलेक र सेनापति पीकोल पलिश्तीहरूको भूमिमा फर्के ।
Así hicieron alianza en Beerseba; y se levantó Abimelec y Ficol, príncipe de su ejército, y se volvieron a tierra de los filisteos.
33 अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे । त्यसपछि उनले अनन्तका परमेश्वरको आराधना गरे ।
Y plantó Abraham un bosque en Beerseba, e invocó allí el nombre del SEÑOR Dios eterno.
34 अब्राहाम धेरै दिन पलिश्तीहरूको भूमिमा परदेशी भएर नै रहे ।
Y moró Abraham en tierra de los filisteos muchos días.