< उत्पत्ति 20 >
1 अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बिचमा बसे । उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए ।
Un Ābrahāms no turienes aizgāja uz to zemi pret dienasvidus pusi un dzīvoja starp Kādeš un Šur un piemita Ģerarā.
2 अब्राहामले आफ्नी पत्नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन् ।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए ।
Un Ābrahāms sacīja no Sāras, savas sievas: tā ir mana māsa; tad Abimelehs, Ģeraras ķēniņš, sūtīja un paņēma Sāru.
3 तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्नी हो ।”
Bet Dievs nāca pie Abimeleha sapnī nakts laikā un uz to sacīja: redzi, tev jāmirst tās sievas dēļ, ko tu esi ņēmis, jo tā ir laulāta sieva.
4 अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र?
Bet Abimelehs viņu vēl nebija aizskāris; tad tas sacīja: Kungs, vai Tu arī taisnus ļaudis nonāvēsi?
5 के त्यो आफैँले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेर भनेको थिएन र? त्यस स्त्रीले पनि, ‘तिनी मेरा दाजु हुन्’ भनेर भनेकी थिई । मेरो हृदयको इमान्दारी र मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ ।”
Vai viņš man nav sacījis: tā ir mana māsa? Un viņa pati arīdzan sacījusi: tas ir mans brālis. Es to esmu darījis vientiesīgu sirdi un šķīstām rokām.
6 त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्त्रीलाई छुन दिइनँ ।
Tad Dievs sapnī uz to sacīja: Es arīdzan zinu, ka to esi darījis savā sirds vientiesībā, un Es tevi arī esmu atturējis, ka tu pret Mani negrēko; tādēļ Es tev neesmu ļāvis viņu aizskart.
7 यसैकारण, त्यस मानिसकी पत्नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्चय नै मर्नेछन् ।”
Un nu, atdodi tam vīram to sievu, jo tas ir pravietis, un lai viņš priekš tevis lūdz, tad tu dzīvosi; bet ja tu to neatdosi, tad zini, ka tu mirdams mirsi, un viss, kas tev pieder.
8 अबीमेलेक बिहानै उठे र आफ्ना सबै नोकरहरूलाई बोलाए । तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए, र तिनीहरू धेरै डराए ।
Un no rīta agri Abimelehs cēlās un aicināja visus savus kalpus un runāja visus šos vārdus priekš viņu ausīm, un tie vīri bijājās ļoti.
9 त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्यौ ।”
Un Abimelehs aicināja Ābrahāmu un uz to sacīja: kam tu mums to esi darījis, un ko es pret tevi esmu grēkojis, ka tu par mani un par manu valsti vedis tik lielus grēkus? Tu man tā esi darījis, kā nepieklājās darīt.
10 अबीमेलेकले अब्राहामलाई भने, “के कुराले तिमीलाई यस्तो काम गर्न लगायो?”
Un Abimelehs sacīja uz Ābrahāmu: ko tu esi nodomājis to darīdams?
11 अब्राहामले भने, “किनभने यस ठाउँमा निश्चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ ।
Tad Ābrahāms sacīja: es domāju, tiešām Dieva bijāšanas nav šinī vietā, un tie mani nokaus manas sievas dēļ.
12 हुन त यिनी मेरो बुबाकी छोरी मेरी बहिनी हुन्, तर यिनी मेरी आमाकी छोरी होइनन्, र यिनी मेरी पत्नी भइन् ।
Un tā arī tiešām ir mana māsa, mana tēva meita, bet tik ne manas mātes meita; un tā ir tapusi mana sieva.
13 जब परमप्रभुले मलाई मेरो बुबाको घर त्यागेर एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्न लगाउनुभयो, मैले तिनलाई भनेँ, ‘तिमी मेरी पत्नी भएकी कारणले हामी जाने हरेक ठाउँमा, मेरो विषयमा “उनी मेरा दाजु हुन्” भन्ने बताएर तिमीले मेरो निम्ति विश्वसनीयता देखाउनू ।’”
Un pēc tam, kad Dievs man licis iziet no mana tēva nama, tad es uz to sacīju: lai šī ir tā žēlastība, ko tu pie manis darīsi: visur, kurp nāksim saki no manis: tas ir mans brālis.
14 त्यसपछि अबीमेलेकले अब्राहामलाई भेडाहरू, गोरुहरू, र कमारा-कमारीहरू दिए । तिनले अब्राहामकी पत्नी सारालाई पनि उनीकहाँ फर्काइदिए ।
Tad Abimelehs ņēma avis un vēršus un kalpus un kalpones un deva tos Ābrahāmam un atdeva tam arī Sāru, viņa sievu.
15 अबीमेलेकले भने, “हेर, मेरो भूमि तिम्रै अगि छ । जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस ।”
Un Abimelehs sacīja: redzi, mana zeme ir tavā priekšā; dzīvo, kur tavām acīm patīk.
16 सारालाई तिनले भने, “हेर, मैले तिम्रो दाजुलाई चाँदीका हजार सिक्काहरू दिएको छु । तिमीसँग भएका सबैका आँखामा तिम्रो विरुद्धमा भएका सबै दोष ढाक्न मैले यो गरेको हुँ, र सबैको अगि तिमीलाई पूर्ण रूपमा सही ठहराएको छु ।”
Un uz Sāru viņš sacīja: redzi, es tavam brālim esmu devis tūkstoš sudraba gabalus, un, redzi, lai tas tev ir par acu apsegu priekš visiem, kas pie tevis un visur, un tu esi taisnota.
17 त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्माउन सके ।
Un Ābrahāms pielūdza Dievu, tad Dievs dziedināja Abimeleku un viņa sievu un viņa kalpones, ka tās dzemdēja.
18 किनभने अब्राहामकी पत्नी साराको कारण अबीमेलेकको घरानाका सबै स्त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो ।
Jo Tas Kungs Abimeleha namā bija cieti aizslēdzis visas mātes, Sāras, Ābrahāma sievas, dēļ.