< उत्पत्ति 2 >
1 सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्टि पुरा भयो ।
Så blevo nu himmelen och jorden fullbordade med hela sin härskara.
2 सातौँ दिनसम्ममा परमेश्वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो ।
Och Gud fullbordade på sjunde dagen det verk som han hade gjort; och han vilade på sjunde dagen från allt det verk som han hade gjort.
3 परमेश्वरले सातौँ दिनलाई आशिष्् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।
Och Gud välsignade den sjunde dagen och helgade den, därför att han på den dagen vilade från allt sitt verk, det som Gud hade gjort, när han skapade.
4 परमप्रभु परमेश्वरले आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।
Detta är berättelsen om den ordning i vilken allt blev till på himmelen och jorden, när de skapades, då när HERREN Gud gjorde jord och himmel.
5 पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन ।
Då bar jorden ännu ingen buske på marken, och ingen ört hade ännu skjutit upp på marken, ty HERREN Gud hade icke låtit regna på jorden, och ingen människa fanns, som kunde bruka jorden;
6 तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।
men en dimma steg upp från jorden och vattnade hela marken.
7 परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।
Och HERREN Gud danade människan av stoft från jorden och inblåste livsande i hennes näsa, och så blev människan en levande varelse.
8 परमप्रभु परमेश्वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्नुभयो ।
Och HERREN Gud planterade en lustgård i Eden österut och satte däri människan som han hade danat.
9 हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
HERREN Gud lät nämligen alla slags träd som voro ljuvliga att se på och goda att äta av växa upp ur marken, och livets träd mitt i lustgården, så ock kunskapens träd på gott och ont.
10 बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए ।
Och från Eden gick en flod ut, som vattnade lustgården; sedan delade den sig i fyra grenar.
11 पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ ।
Den första heter Pison; det är den som flyter omkring hela landet Havila, där guld finnes,
12 त्यस भूमिको सुन असल छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् ।
och det landets guld är gott; där finnes ock bdelliumharts och onyxsten.
13 दोस्रो नदीको नाम गीहोन हो । योचाहिँ कूशको सारा भूमिमा बग्दछ ।
Den andra floden heter Gihon; det är den som flyter omkring hela landet Kus.
14 तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो ।
Den tredje floden heter Hiddekel; det är den som har sitt lopp öster om Assyrien. Den fjärde floden är Frat.
15 परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्नुभयो ।
Så tog nu HERREN Gud mannen och satte honom i Edens lustgård, till att bruka och bevara den.
16 परमप्रभु परमेश्वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्त्रता छ ।
Och HERREN Gud bjöd mannen och sade: "Av alla andra träd i lustgården må du fritt äta,
17 तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस् ।”
men av kunskapens träd på gott och ont skall du icke äta, ty när du äter därav, skall du döden dö."
18 त्यसपछि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”
Och HERREN Gud sade: "Det är icke gott att mannen är allena. Jag vill göra åt honom en hjälp, en sådan som honom höves."
19 परमप्रभु परमेश्वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।
Och HERREN Gud danade av jord alla markens djur och alla himmelens fåglar, och förde dem fram till mannen för att se huru denne skulle kalla dem; ty såsom mannen kallade var levande varelse, så skulle den heta.
20 मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।
Och mannen gav namn åt alla boskapsdjur, åt fåglarna under himmelen och åt alla markens djur. Men för Adam fann han icke någon hjälp, sådan som honom hövdes.
21 परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्वरले त्यसका करङहरूमध्ये एउटा झिक्नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।
Då lät HERREN Gud en tung sömn falla på mannen, och när han hade somnat, tog han ut ett av hans revben och fyllde dess plats med kött.
22 परमप्रभु परमेश्वरले मानिसबाट झिक्नुभएको करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो ।
Och HERREN Gud byggde en kvinna av revbenet som han hade tagit av mannen, och förde henne fram till mannen.
23 मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”
Då sade mannen: "Ja, denna är nu ben av mina ben och kött av mitt kött. Hon skall heta maninna, ty av man är hon tagen."
24 त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
Fördenskull skall en man övergiva sin fader och sin moder och hålla sig till sin hustru, och de skola varda ett kött.
25 मानिस र त्यसकी पत्नी दुवै नाङ्गै थिए, तर तिनीहरू लजाउँदैन थिए ।
Och mannen och hans hustru voro båda nakna och blygdes icke för varandra.