< उत्पत्ति 19 >
1 साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।
Ɔsoro abɔfo baanu no duu Sodom anwummere. Na Lot te kurow no pon ano. Bere a Lot huu sɛ wɔreba no, ɔsɔre kohyiaa wɔn kwan. Obuu nkotodwe, de nʼanim butuw fam, nam so maa wɔn akwaaba.
2 तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्न सक्नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।
Ɔkae se, “Me wuranom, mesrɛ mo, mommɛsoɛ mo akoa fi na memma mo nsu nhohoro mo anan ho, na monna, na ɔkyena anɔpatutuutu, moatoa mo akwantu no so.” Nanso abɔfo no buae se, “Dabi, mmom, yɛbɛda aguabɔbea.”
3 तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।
Nanso Lot kɔɔ so srɛɛ wɔn anibere so nti, wɔne no kɔɔ ne fi. Ɔtoo brodo a wamfa mmɔkaw amfra da no ara, de too wɔn pon ma wodii.
4 तर उनीहरू सुत्नअगि सदोम सहरका सबै युवा र जवान, र सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे ।
Ansa na wɔbɛkɔ akɔda no, Sodomfo mpanyin ne mmofra nyinaa fi kurow no afanan betwaa ofi no ho hyiae.
5 तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्न सकौँ ।”
Wɔteɛteɛɛ mu frɛɛ Lot bisaa no se, “Mmarima a wɔbaa wo nkyɛn anadwo yi wɔ he? Fa wɔn brɛ yɛn, na yɛne wɔn nkɔda.”
6 यसैकारण लोत ढोकाबाट बाहिर मानिसहरूकहाँ निस्के र आफू निस्केपछि ढोका थुनिदिए ।
Lot fii adi, too ne pon mu, kohyiaa Sodom mmarima no.
7 तिनले भने, “मेरा भाइहरू, म बिन्ती गर्दछु, यस्तो दुष्ट काम नगर्नुहोस् ।
Ɔka kyerɛɛ wɔn se, “Me nuanom, mesrɛ mo, munni amumɔyɛsɛm a ɛte saa.
8 हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।”
Muntie! Mewɔ mmabea baanu a wonhuu mmarima da. Momma memfa wɔn mmrɛ mo, na nea mopɛ biara, moayɛ wɔn. Na saa mmarima baanu yi de, mommfa mo nsa nka wɔn, efisɛ wɔaba me suhyɛ bammɔ mu.”
9 तिनीहरूले भने, “पछि हट्!” तिनीहरूले यसो पनि भने, “यो यहाँ परदेशी भएर बस्न आएको थियो, र अहिले हाम्रो न्यायकर्ता भएको छ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ ।” तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्काउनको निम्ति नजिक आए ।
Dɔm no teɛteɛɛ mu se, “Twe wo ho! Woyɛ hena? Yɛn na yɛama wo baabi atena wɔ ha, na afei de worebɛkyerɛ yɛn nea yɛnyɛ. Yɛne wo bedi no anibere so asen nkurɔfo no.” Dɔm no twiw faa Lot so, na wofii ase bubuu apon no.
10 तर ती मानिसहरूले आफ्ना हात निकालेर लोतलाई तिनीहरूसँगै घरभित्र ताने र ढोका बन्द गरिदिए ।
Nanso ɔsoro abɔfo baanu a wɔhyɛ fie hɔ no pue bɛtwee Lot kɔhyɛɛ fie hɔ, too pon no mu.
11 त्यसपछि लोतका पाहुनाहरूले घरको ढोकाबाहिर भएका मानिसहरू, जवान र वृद्ध दुवैलाई प्रहार गरी अन्धा बनाइदिए, र तिनीहरू ढोका खोज्ने प्रयास गर्दा-गर्दै थाके ।
Ɔsoro abɔfo baanu no maa mpanyin ne mmofra a wogyinagyina ɔpon no akyi no ani furafurae, enti wɔanhu ɔpon no koraa.
12 त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन्? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ ।
Mmarima baanu no bisaa Lot se, “Wowɔ abusuafo bi wɔ kurom ha sɛ ɛyɛ wo nsenom, wo mmabea, wo mmabarima anaa obi foforo bi a ɔyɛ wo ho nipa? Yi wɔn nyinaa fi ha,
13 किनभने हामीले यो ठाउँलाई नष्ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्ट पार्न पठाउनुभएको छ ।”
efisɛ yɛrebɛsɛe saa kurow yi pasaa. Amumɔyɛsɛm a etia nnipa yi a adu Awurade anim no ano den nti, wasoma yɛn sɛ yɛmmɛsɛe kurow yi.”
14 लोत बाहिर गए, र तिनले आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरूसँग यसो भने, “छिट्टै, यस ठाउँबाट निस्किहाल, किनभने परमप्रभुले यस सहरलाई नष्ट पार्न लाग्नुभएको छ ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेझैँ लाग्यो ।
Enti Lot fii adi kɔbɔɔ mmarima bi a wɔahyɛ bɔ sɛ wɔbɛwareware ne mmabea no amanneɛ. Ɔka kyerɛɛ wɔn se, “Monyɛ no ntɛm, na mumfi kurow yi mu, efisɛ Awurade Nyankopɔn rebɛsɛe kurow yi!” Nanso na saa mmarima yi susuw sɛ ɔredi fɛw bi.
15 जब झिसमिसे बिहान भयो, ती स्वर्गदूतहरूले लोतलाई यसो भने, “जाऊ, यहाँ भएका तिम्री पत्नी र तिम्रा छोरीहरूलाई लैजाऊ, र यस सहरको दण्डमा तिमी नष्ट हुनेछैनौ ।”
Anɔpahema no, ɔsoro abɔfo no hyɛɛ Lot se, “Ntɛm! Ka wo ho, na fa wo yere ne wo mmabea baanu a wɔwɔ ha no fi ha kɔ; anyɛ saa a, wɔde mo bɛfra kurow no, asɛe mo.”
16 तर तिनले अलमल गर्न थाले । त्यसैकारण ती मानिसहरूले लोत, तिनकी पत्नी, र तिनका दुई छोरीका हातहरू समाते, किनभने परमप्रभु तिनीप्रति दयालु हुनुहुन्थ्यो । उनीहरूले तिनीहरू सबैलाई बाहिर निकाले, र सहरबाहिर पठाए ।
Ɔtwentwɛn ne anan ase no, ɔsoro abɔfo no susoo Lot ne yere ne ne mmabea baanu no nsa, twee wɔn, de wɔn fii kurow no mu asomdwoe mu, efisɛ Awurade huu wɔn mmɔbɔ.
17 जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरू नष्ट हुनेछैनौ ।”
Ɔsoro abɔfo no yii Lot mmabea baanu no fii kurow no mu ara pɛ, abɔfo no mu baako kae se, “Munguan nnye mo kra nkwa; monnhwɛ mo akyi. Munnnyina baabiara. Munguan nkɔ mmepɔw no so, anyɛ saa a mubewuwu!”
18 लोतले तिनीहरूलाई भने, “होइन, मेरा मालिकहरू!
Nanso Lot ka kyerɛɛ wɔn se, “Dabi me wuranom!
19 तपाईंका दृष्टिमा तपाईंको दासले कृपा पाएको छ, र मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको छ, तर म पहाडहरूतिर भाग्न सक्दिनँ, किनभने ममाथि विपत्ति आइलाग्नेछ र म मर्नेछु ।
Mo akoa anya mo anim adom, na moayɛ me adɔe kɛse de agye me nkwa. Nanso me de, merentumi nguan nkɔ mmepɔw no so, efisɛ misuro sɛ anhwɛ a, saa amanehunu yi bɛto me, ama mawu.
20 हेर्नुहोस्, त्यहाँको सहर भाग्नको निम्ति नजिक छ, र त्यो सानो पनि छ । कृपया, मलाई त्यहाँ भाग्न दिनुहोस् (के त्यो सानोचाहिँ होइन र?), र मेरो जीवन बच्नेछ ।”
Hwɛ, kurow ketewa bi bɛn ha. Mesrɛ mo, momma minkohintaw hɔ mmom, na manhwere me nkwa. Kurow no nsua ana?”
21 उनले तिनलाई भने, “ठिक छ, म तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु र तिमीले उल्लेख गरेको त्यस सहर म नष्ट गर्दिनँ ।
Ɔsoro abɔfo no ka kyerɛɛ Lot se, “Eye, Mɛpene wʼabisade yi so; merensɛe saa kurow ketewa no.
22 छिटो गर! त्यहाँ भाग, किनभने तिमी त्यहाँ नपुगेसम्म म केही गर्न सक्दिनँ ।” यसैकारण त्यस सहरलाई सोअर भनियो ।
Ɛno de, guan kɔ hɔ ntɛm, efisɛ sɛ wunnuu hɔ a, merenyɛ biribiara.” Efi saa bere no na wɔfrɛɛ kurow no Soar a ase ne kurow ketewa.
23 लोत सोहर पुग्दा घाम उदाइसकेको थियो ।
Bere a Lot duu Soar no, na owia apue.
24 त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।
Afei, Awurade maa sufre ne ogya tɔ fii soro, guu Sodom ne Gomora so.
25 उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्ट पार्नुभयो ।
Saa ɔkwan yi so na wɔfa de sɛee saa nkuropɔn abien ne asasetam no nyinaa. Nnipa a na wɔtete saa nkuropɔn no so ne asase no so afifide nso nyinaa sɛee.
26 तर लोतकी पत्नीले पछाडि फर्केर हेरिन्, जो तिनको पछि-पछि थिइन्, र तिनी नुनको ढिक्का बनिन् ।
Nanso Lot yere twaa nʼani hwɛɛ nʼakyi ma ɔdan nkyene siw.
27 अब्राहाम बिहान सबेरै उठे र तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए ।
Ade kyee anɔpatutuutu no, Abraham kɔɔ baabi a ogyinaa Awurade anim no.
28 उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।
Ɔmaa nʼani so hwɛɛ Sodom ne Gomora fam ne asasetam no so nyinaa, huu wusiw kumɔnn a abua asase no so te sɛ wusiw a efi fononoo mu.
29 परमेश्वरले समतल भूमिका सहरहरूलाई नष्ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्नुभयो ।
Bere a Onyankopɔn sɛee nkurow a ɛwɔ asase tamaa no so no, Onyankopɔn kaee Abraham, na oyii Lot fii ɔsɛe a ɛbaa nkurow a na Lot te so no mu no.
30 तर लोत आफ्ना दुई छोरीसँग सोअरबाट पहाडहरूमा बसोबास गर्न गए, किनभने तिनी सोअरमा बस्न डराए । यसैकारण, तिनी र तिनका दुई छोरीहरू एउटा गुफामा बसे ।
Lot ne ne mmabea baanu no tu fii Soar kɔtenaa ɔbodan bi a na ɛwɔ mmepɔw no so no mu, efisɛ na osuro sɛ ɔbɛtena Soar.
31 जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्ने कहीँ पनि कोही मानिस छैन ।
Da koro bi, ɔbabea panyin no ka kyerɛɛ akumaa no se, “Yɛn agya abɔ akwakoraa, na ɔbarima biara nso nni ha a ɔne yɛn bɛda, sɛnea wɔyɛ wɔ wiase baabiara no.
32 आऊ, हाम्रो बुबालाई मद्य पिउन लगाऔँ, अनि हाम्रो बुबाको वंशलाई बिस्तार गर्न हामी उहाँसँग सुतौँ ।”
Ne saa nti, ma yɛmma yɛn agya nsa nnom, na afei yɛne no nna, sɛnea ɛbɛyɛ a yɛnam ne so bɛma yɛn ase afɛe.”
33 यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए । त्यसपछि जेठीचाहिँ भित्र गइन् र आफ्ना बुबासँग सुतिन्; तिनी कहिले सुतिन् र कहिले उठिन् भन्ने उनलाई पत्तो नै भएन ।
Saa anadwo no, wɔmaa wɔn agya nsa nomee. Na ɔbabea panyin no ne no kɔdae. Lot anhu bere ko a ne babea panyin no de bɛdaa hɔ ne bere ko a ɔsɔre kɔe.
34 अर्को दिन जेठीले कान्छीलाई भनिन्, “सुन, गएको रात म मेरो बुबासँग सुतेँ । आजको रातमा पनि उहाँलाई मद्य पिउन लगाऔँ, र हाम्रो बुबाको वंश विस्तार गर्नको निम्ति तिमी गएर उहाँसँग सुत ।”
Ade kyee no, ɔbabea panyin no ka kyerɛɛ akumaa no se, “Nnɛra anadwo, me ne mʼagya dae. Saa anadwo yi, ma yɛnsan mma no nsa nnom, na wo nso, wo ne no nkɔda, sɛnea ɛbɛyɛ a yɛnam yɛn agya so bɛma yɛn ase afɛe.”
35 यसैकारण, तिनीहरूले आफ्ना बुबालाई त्यस रात पनि मद्य पिउन लगाए, र कान्छीचाहिँ गएर उनीसँग सुतिन् । तिनी कहिले सुतिन् र कहिले उठिन् भन्ने उनलाई पत्तो नै भएन ।
Saa anadwo no nso, wɔmaa wɔn agya nsa nomee. Na akumaa no nso ne nʼagya kɔdae. Bio, Lot anhu bere ko a akumaa no de bɛdaa hɔ ne bere ko a ɔsɔre kɔe.
36 यसरी लोतका दुवै छोरीहरू आफ्ना बुबाबाट गर्भवती भइन् ।
Enti Lot ne ne mmabea baanu no nyinsɛnee.
37 जेठीले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ मोआब राखिन् । वर्तमान समयका मोआबीहरूका पुर्खा उनी नै हुन् ।
Ne babea panyin no woo ɔbabarima, na ɔtoo no din Moab. Ɔno na ɔyɛ Moabfo agya de besi nnɛ.
38 कान्छी छोरीले पनि एउटा छोरा जन्माइन्, र त्यसको नाउँ बेन-अमी राखिन् । वर्तमान समयका अम्मोनीहरूका पुर्खा उनी नै हुन् ।
Akumaa no nso woo ɔbabarima, na ɔtoo no din Ben-Ami; ɔno nso ne Amon mma agya de besi nnɛ.