< उत्पत्ति 18 >
1 दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो ।
Og Herren aabenbaredes for ham i Mamre Lund, og han sad i sit Telts Dør, der Dagen var hed.
2 तिनले आफ्ना आँखा उठाएर हेरे, र तिनले आफ्नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्म निहुरेर दण्डवत् गरे ।
Og han opløftede sine Øjne og saa, og se, tre Mænd stode for ham; og der han saa dem, løb han dem i Møde fra Teltets Dør og bøjede sig til Jorden.
3 तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्नो दासलाई छोडेर नजानुहोस् ।
Og han sagde: Min Herre! Kære, dersom jeg har fundet Naade for dine Øjne, da gak ikke din Tjener forbi!
4 केही पानी ल्याउन दिनुहोस्, र तपाईंहरू आफ्ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस् ।
Kære, lad hente lidt Vand, og toer eders Fødder, og hviler eder under Træet!
5 मलाई केही रोटी ल्याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्नुहुन्छ, किनभने तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”
Og jeg vil hente en Mundfuld Brød, og vederkvæger eders Hjerte, siden kunne I gaa længere; thi derfor gik I forbi eders Tjener; og de sagde: Gør saaledes, som du har sagt.
6 तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ ।”
Og Abraham skyndte sig til Teltet, til Sara, og sagde: Tag hastig tre Maader Hvedemel, ælt og bag Kager!
7 अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्यसलाई हतारमा तयार गर्न लागे ।
Og Abraham løb til Kvæget og hentede en blød og god Kalv, og han gav Drengen den, og han skyndte sig at tilberede den.
8 तिनले दही, दूध र त्यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए । उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए ।
Og han tog Fløde og Mælk og Kalven, som han havde ladet tilberede, og satte for dem, og han stod hos dem under Træet, og de aade.
9 उनीहरूले तिनलाई सोधे, “तेरी पत्नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन् ।”
Og de sagde til ham: Hvor er Sara, din Hustru? og han svarede: Se, i Teltet.
10 परमप्रभुले भन्नुभयो, “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माउनेछे ।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन् ।
Og han sagde: Jeg vil visseligen komme til dig igen ved denne Aarsens Tid, og se, Sara, din Hustru, skal have en Søn; og Sara hørte det i Teltets Dør, og den var bag ham.
11 अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो । साराको बच्चा जन्माउने उमेर बितिसकेको थियो ।
Og Abraham og Sara vare gamle, vel ved Alder, det gik ikke mere Sara efter Kvinders Vis.
12 यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्नुभएको छ, के मैले सुख पाउँछु र?”
Og Sara lo ved sig selv og sagde: Skulde jeg lade mig lyste, efter at jeg er bleven gammel, og min Herre er gammel!
13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’?
Da sagde Herren til, Abraham: Hvorfor lo Sara og sagde: monne jeg og visseligen skal føde, og jeg er gammel!
14 परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।”
Skulde nogen Ting være underlig for Herren? til den bestemte Tid vil jeg komme til dig igen, ved denne Aarsens Tid, og Sara skal have en Søn.
15 त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डराइन् । तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस् ।”
Og Sara nægtede og sagde: Jeg lo ikke; thi hun frygtede; men han sagde: Nej, thi du lo.
16 तब ती पुरुषहरू उठे र सदोमतिर तल हेरे । अब्राहाम अलि परसम्म उनीहरूलाई बिदा गर्न गए ।
Saa stode Mændene op derfra og vendte sig imod Sodoma, og Abraham gik med dem for at ledsage dem.
17 तर परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?
Da sagde Herren: Skulde jeg dølge for Abraham det, jeg gør?
18 अब्राहामबाट एउटा ठुलो र शक्तिशाली जाति बन्नेछ, र त्यसद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन् ।
efterdi Abraham skal visseligen vorde et stort og stærkt Folk, og alle Folk paa Jorden skulle velsignes i ham.
19 किनभने मैले त्यसलाई आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्नुभएको कुरा पुरा गर्नुभएको होस् ।”
Thi jeg kender ham, at han skal byde sine Børn og sit Hus efter sig, at de skulle bevare Herrens Vej i at gøre Retfærdighed og Dom, paa det at Herren skal lade det komme over Abraham, som han har lovet ham.
20 तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण
Og Herren sagde: Efterdi Skriget i Sodoma og Gomorra er stort, og efterdi deres Synd er meget svar,
21 मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्ने कुरा हेर्नलाई म तल जानेछु । होइन रहेछ भने मलाई थाहा हुनेछ।”
da vil jeg nu fare ned og se, om de have gjort ganske efter det Skrig, som er kommet for mig, eller hvis ikke, saa vil jeg vide det.
22 यसकारण ती पुरुषहरू त्यहाँबाट सदोमतिर गए, तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे ।
Og Mændene vendte deres Ansigt derfra og gik til Sodoma; men Abraham blev endnu staaende for Herrens Aasyn.
23 तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्टहरूसँगै नष्ट गर्नुहुनेछ?
Og Abraham traadte frem og sagde: Vil du da ødelægge den retfærdige med den ugudelige?
24 सायद त्यस सहरमा पचास धर्मी जन छन् होला । के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र?
Der maatte maaske være halvtredsindstyve retfærdige i Staden; vil du og ødelægge og ej spare det Sted for de halvtredsindstyve retfærdiges Skyld, som kunde være derinde?
25 धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र?
Det være langt fra dig at gøre efter denne Vis, at ihjelslaa den retfærdige med den ugudelige, at den retfærdige skulde være ligesom den ugudelige, det være langt fra dig; den, som dømmer den ganske Jord, skulde han ikke gøre Ret?
26 परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।”
Da sagde Herren: Dersom jeg finder halvtredsindstyve retfærdige udi Sodoma Stad, da vil jeg spare hele Stedet for deres Skyld.
27 अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु ।
Og Abraham svarede og sagde: Se nu, jeg har begyndt at tale til Herren, og jeg er Støv og Aske.
28 यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन् भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्नुभयो, “यदि मैले त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ ।”
Der maatte maaske fattes fem i de halvtredsindstyve retfærdige, vilde du ødelægge hele Staden for de fems Skyld? Og han sagde: Jeg vil ikke ødelægge den, om jeg finder fem og fyrretyve der.
29 तिनले फेरि उहाँसँग बोल्दै भने, “यदि त्यहाँ चालीस रहेछन् भने?” उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।”
Og han blev endnu ved at tale til ham og sagde: Der maatte maaske findes fyrretyve; og han sagde: Jeg vil ikke gøre det for de fyrretyves Skyld.
30 तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्यहाँ तिस जना पाइए भने?” उहाँले भन्नुभयो, “त्यहाँ तिस जना नै पाएँ भने पनि म त्यसो गर्नेछैनँ ।”
Og han sagde: Herren blive dog ikke vred, saa vil jeg tale: der kunde maaske findes tredive; og han sagde: Jeg vil ikke gøre det, om jeg finder tredive der.
31 तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाइए भने?” उहाँले भन्नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।”
Og han sagde: Se nu, jeg har begyndt at tale til Herren, der maatte maaske findes tyve; og han sagde: Jeg vil ikke ødelægge den for de tyves Skyld.
32 तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब अन्तिम एक पल्ट बोल्नेछु । सायद त्यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्नुभयो, “दश जनाका खातिर पनि म त्यो नाश गर्नेछैनँ ।”
Og han sagde: Herren blive dog ikke vred, saa vil jeg tale alene denne Gang: der maatte maaske findes ti; og han sagde: Jeg vil ikke ødelægge den for de tis Skyld.
33 अब्राहामसित कुरा गरिसक्ने बित्तिकै परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो घर फर्के ।
Og Herren gik bort, der han havde udtalt med Abraham, og Abraham vendte om til sit Sted.