< उत्पत्ति 17 >
1 अब्राम उनान्सय वर्षको हुँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ । मेरो सामु आज्ञाकारी भएर हिँड्, र निर्दोष हो ।
Avram doksan dokuz yaşındayken RAB ona görünerek, “Ben Her Şeye Gücü Yeten Tanrı'yım” dedi, “Benim yolumda yürü, kusursuz ol.
2 त्यसपछि मेरो र तेरो बिचको आफ्नो करार म पक्का गर्नेछु, र तँलाई अत्यन्तै वृद्धि गराउनेछु ।”
Seninle yaptığım antlaşmayı sürdürecek, soyunu alabildiğine çoğaltacağım.”
3 अब्राम घोप्टो परे अनि परमेश्वरले तिनलाई भन्नुभयो,
Avram yüzüstü yere kapandı. Tanrı,
4 “निश्चय नै मेरो करार तँसँगै छ । तँ धेरै जातिहरूका पिता बन्नेछस् ।”
“Seninle yaptığım antlaşma şudur” dedi, “Birçok ulusun babası olacaksın.
5 तेरो नाम अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ । किनकि म तँलाई धेरै जातिका पिता हुनलाई नियुक्त गर्छु ।
Artık adın Avram değil, İbrahim olacak. Çünkü seni birçok ulusun babası yapacağım.
6 म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु । तँबाट राजाहरू उत्पन्न हुनेछन् ।
Seni çok verimli kılacağım. Soyundan uluslar doğacak, krallar çıkacak.
7 तँ र तँपछिका तेरा सन्तानका परमेश्वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु ।
Antlaşmamı seninle ve soyunla kuşaklar boyunca, sonsuza dek sürdüreceğim. Senin, senden sonra da soyunun Tanrısı olacağım.
8 तँ बसेको देश अर्थात् सारा कनान तँ र तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु ।”
Bir yabancı olarak yaşadığın toprakları, bütün Kenan ülkesini sonsuza dek mülkünüz olmak üzere sana ve soyuna vereceğim. Onların Tanrısı olacağım.”
9 त्यसपछि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तैँलेचाहिँ मेरो करार पालन गर्नुपर्छ, तँ र तँपछिका तेरा सन्तानहरूले तिनीहरूका पुस्तौँसम्म ।
Tanrı İbrahim'e, “Sen ve soyun kuşaklar boyu antlaşmama bağlı kalmalısınız” dedi,
10 यो मेरो र तेरो र तँपछि आउने तेरा सन्तानहरूका बिचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार होः तिमीहरूका बिचमा भएका हरेक पुरुषको खतना हुनुपर्छ ।
“Seninle ve soyunla yaptığım antlaşmanın koşulu şudur: Aranızdaki erkeklerin hepsi sünnet edilecek.
11 तिमीहरूको खलडीको खतना हुनुपर्छ । मेरो र तिमीहरूको बिचको करारको चिन्ह यही हुनेछ ।
Sünnet olmalısınız. Sünnet aramızdaki antlaşmanın belirtisi olacak.
12 तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा आठ दिन पुगेका हरेक पुरुषको खतना गरिनुपर्छ । यसमा तेरो घरमा जन्मेका र तेरो सन्तान नभए पनि विदेशीबाट दाम हालेर किनेका व्यक्ति पनि पर्दछन् ।
Evinizde doğmuş ya da soyunuzdan olmayan bir yabancıdan satın alınmış köleler dahil sekiz günlük her erkek çocuk sünnet edilecek. Gelecek kuşaklarınız boyunca sürecek bu.
13 तेरो घरमा जन्मेका र तेरो पैसाले किनेका सबैको खतना हुनैपर्छ । यसरी मेरो करार तिमीहरूको शरीरमा नित्य रहिरहने करार हुनेछ ।
Evinizde doğan ya da satın aldığınız her çocuk kesinlikle sünnet edilecek. Bedeninizdeki bu belirti sonsuza dek sürecek antlaşmamın simgesi olacak.
14 खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ । त्यसले मेरो करार भङ्ग गरेको छ ।”
Sünnet edilmemiş her erkek halkının arasından atılacak, çünkü antlaşmamı bozmuş demektir.”
15 पमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी पत्नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू । तर त्यसको नाउँ सारा हुनेछ ।
Tanrı, “Karın Saray'a gelince, ona artık Saray demeyeceksin” dedi, “Bundan böyle onun adı Sara olacak.
16 म त्यसलाई आशिष् दिनेछु, र त्यसद्वारा म तँलाई एउटा छोरो दिनेछु । म त्यसलाई आशिष् दिनेछु, र त्यो जाति-जातिहरूकी आमा हुनेछे । जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन् ।”
Onu kutsayacak, ondan sana bir oğul vereceğim. Onu kutsayacağım, ulusların anası olacak. Halkların kralları onun soyundan çıkacak.”
17 त्यसपछि अब्राहाम घोप्टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?”
İbrahim yüzüstü yere kapandı ve güldü. İçinden, “Yüz yaşında bir adam çocuk sahibi olabilir mi?” dedi, “Doksan yaşındaki Sara doğurabilir mi?”
18 अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष््मा बाँचिरहे त हुन्छ!”
Sonra Tanrı'ya, “Keşke İsmail'i mirasçım kabul etseydin!” dedi.
19 परमेश्वरले भन्नुभयो, “होइन, तर तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।
Tanrı, “Hayır. Ama karın Sara sana bir oğul doğuracak, adını İshak koyacaksın” dedi, “Onunla ve soyuyla antlaşmamı sonsuza dek sürdüreceğim.
20 इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु ।
İsmail'e gelince, seni işittim. Onu kutsayacak, verimli kılacak, soyunu alabildiğine çoğaltacağım. On iki beyin babası olacak. Soyunu büyük bir ulus yapacağım.
21 तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।”
Ancak antlaşmamı gelecek yıl bu zaman Sara'nın doğuracağı oğlun İshak'la sürdüreceğim.”
22 तिनीसँग कुरा गरिसक्नुभएपछि परमेश्वर अब्राहामदेखि छुट्टिनुभयो ।
Tanrı İbrahim'le konuşmasını bitirince ondan ayrılıp yukarıya çekildi.
23 त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्वरले भन्नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे ।
İbrahim evindeki bütün erkekleri –oğlu İsmail'i, evinde doğanların, satın aldığı uşakların hepsini– Tanrı'nın kendisine buyurduğu gibi o gün sünnet ettirdi.
24 तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए ।
İbrahim sünnet olduğunda doksan dokuz yaşındaydı.
25 तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए ।
Oğlu İsmail on üç yaşında sünnet oldu.
26 अब्राहाम र इश्माएलको खतना एकै दिनमा भयो ।
İbrahim, oğlu İsmail'le aynı gün sünnet edildi.
27 तिनको घरमा जन्मेका र विदेशीबाट किनिएका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो ।
İbrahim'in evindeki bütün erkekler –evinde doğanlar ve yabancılardan satın alınanlar– onunla birlikte sünnet oldu.