< उत्पत्ति 16 >
1 अब अब्रामकी पत्नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।
Cependant Saraï femme d’Abram ne lui avait pas donné d’enfants; mais ayant une servante égyptienne du nom d’Agar,
2 त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।
Elle dit à son mari: Voilà que le Seigneur m’a rendue stérile, pour que je n’aie pas d’enfants; prends ma servante, peut-être qu’au moins par elle j’aurai des enfants. Abram ayant consenti à sa prière,
3 अब्राम कनानमा बसेको दश वर्षपछि साराईले आफ्नी मिश्री कमारी हागारलाई अब्राहमकी पत्नी हुनलाई दिइन् ।
Elle prit Agar sa servante égyptienne, dix ans après qu’ils eurent commencé d’habiter dans la terre de Chanaan, et elle la donna à son mari pour femme.
4 त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्नीलाई अपमानको दृष्टिले हेर्न थाली ।
Il alla donc vers elle. Mais elle, voyant qu’elle avait conçu, méprisa sa maîtresse.
5 त्यसपछि साराइले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो । मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्टिमा म तुच्छ भएँ । परमेश्वरले तपाईं र मेरो बिचमा इन्साफ गरून् ।”
Alors Saraï dit à Abram: Tu agis injustement envers moi: c’est moi qui t’ai donné ma servante pour femme, laquelle, voyant qu’elle a conçu, me traite avec mépris. Que le Seigneur juge entre moi et toi.
6 तर अब्राहमले साराइलाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर ।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी ।
Abram lui répondant: Voilà, dit-il, ta servante qui est entre tes mains; fais d’elle ce qui te plaira. Saraï l’ayant donc châtiée, elle prit la fuite.
7 परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा भएको पानीको मूल नजिकै भेट्टाए । त्यो मूल शूरतिर जाने बाटोमा पर्छ ।
Mais l’Ange du Seigneur l’ayant trouvée dans la solitude auprès de la source d’eau qui est sur le chemin de Sur au désert,
8 तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्नी साराईदेखि भाग्दै छु।”
Lui dit: Agar, servante de Saraï, d’où viens-tu? et où vas-tu? Elle répondit: Je fuis devant Saraï ma maîtresse.
9 परमप्रभुका दूतले त्यसलाई भने, “फर्केर तेरी मालिक्नीकहाँ जा र तिनको अधिकारमा समर्पित भएर बस्।”
Et l’ange du Seigneur lui repartit: Retourne vers ta maîtresse, et humilie-toi sous sa main.
10 त्यसपछि परमप्रभुका दूतले त्यसलाई भने, “म तेरा सन्तानहरूलाई औधी बढाउनेछु, कि तिनीहरू गन्न नै नसकिने गरी धेरै हुनेछन् ।”
Et de nouveau: Multipliant, dit-il, je multiplierai ta postérité, et elle sera innombrable par la multitude.
11 परमेश्वरका दूतले यो पनि भने, “हेर्, तँ गर्भवती भएकी छेस् र एउटा छोरो जन्माउनेछेस्, र तैँले त्यसको नाम इश्माएल राख्नेछेस् किनकि परमप्रभुले तेरो दुःख सुन्नुभएको छ । मानिसहरूमा त्यो एउटा जङ्गली गधाझैँ हुनेछ ।
Puis: Voilà, ajouta-t-il, que tu as conçu et tu enfanteras un fils, et tu l’appelleras du nom d’Ismaël, parce que le Seigneur a entendu ton affliction.
12 त्यो हरेक मानिसको विरुद्धमा खडा हुनेछ, र हरेक मानिस त्यसको विरूद्धमा लाग्नेछ, र आफ्ना सबै दाजुभाइहरूबाट अलग बस्नेछ ।”
Ce sera un homme farouche: sa main sera contre tous, et la main de tous contre lui; et c’est vis-à-vis de tous ses frères qu’il plantera ses tentes.
13 त्यसपछि त्यसले आफूसँग बात गर्नुहुने परमेश्वरका दूतलाई यो नाउँ दिई, “तपाईं मलाई देख्नुहुने परमप्रभु हुनुहुन्छ,” किनकि त्यसले भनी, “के उहाँले मलाई देखिसकेपछि पनि म उहाँलाई साँच्चै देखिरहन्छु?”
Alors elle appela le Seigneur qui lui parlait du nom de: Vous êtes le Dieu qui m’avez vue. Car elle dit: Certainement ici j’ai vu par derrière, celui qui me voit.
14 त्यसैले त्यस इनारको नाउँ बेअर-लहै-रोइ राखियो, जुन कादेश र बेरेदको बिचमा पर्छ ।
C’est pourquoi elle appela ce puits, le Puits du vivant et me voyant. Ce puits est entre Cadès et Barad.
15 हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे ।
Agar donc enfanta un fils à Abram qui l’appela du nom d’Ismaël.
16 हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए ।
Abram avait quatre-vingt-six ans, quand Agar lui enfanta Ismaël.