< उत्पत्ति 15 >
1 यी सबै कुराहरू भएपछि दर्शनमा अब्रामकहाँ यसो भन्ने परमप्रभुको वचन आयो, “अब्राम, नडराऊ । म नै तेरो ढाल तेरो धेरै महान् इनाम हुँ ।”
his itaque transactis factus est sermo Domini ad Abram per visionem dicens noli timere Abram ego protector tuus sum et merces tua magna nimis
2 अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।”
dixitque Abram Domine Deus quid dabis mihi ego vadam absque liberis et filius procuratoris domus meae iste Damascus Eliezer
3 अब्रामले भने, “हे्र्नुहोस्, तपाईंले मलाई कुनै पनि सन्तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्छ ।”
addiditque Abram mihi autem non dedisti semen et ecce vernaculus meus heres meus erit
4 हेर्नुहोस्, त्यसपछि यसो भन्ने परमप्रभुको वचन तिनीकहाँ आयो, “यो मानिस तेरो उत्तराधिकार हुनेछैन; तर तेरै शरीरबाट जन्मिने नै तेरो उत्तराधिकारी हुनेछ ।”
statimque sermo Domini factus est ad eum dicens non erit hic heres tuus sed qui egredietur de utero tuo ipsum habebis heredem
5 अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो र भन्नुभयो, “आकाशतिर हेर् र ताराहरूलाई गन्, यदि तैले तिनीहरूलाई गन्न सक्छस् भने ।” अनि उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि यस्तै हुनेछन् ।”
eduxitque eum foras et ait illi suspice caelum et numera stellas si potes et dixit ei sic erit semen tuum
6 तिनले परमप्रभुमा विश्वास गरे र उहाँले यसलाई तिनको धार्मिकताको रूपमा गन्नुभयो ।”
credidit Domino et reputatum est ei ad iustitiam
7 उहाँले तिनलाई भन्नुभयो, “म परमप्रभु हुँ, जसले यो भूमि तँलाई दिन कल्दीहरूका ऊरबाट निकालेर ल्यायो ।”
dixitque ad eum ego Dominus qui eduxi te de Ur Chaldeorum ut darem tibi terram istam et possideres eam
8 तिनले उहाँलाई भने, “हे परमप्रभु परमेश्वर, मैले यो प्राप्त गर्नेछु भनी मैले कसरी थाहा पाउने नि?”
at ille ait Domine Deus unde scire possum quod possessurus sim eam
9 तब उहाँले तिनलाई भन्नुभयो, “मलाई तिन वर्षको एउटा कोरली, तिन वर्षको बाख्राको एउटा पाठी, तिन वर्षको एउटा थुमा, एउटा ढुकुर र एउटा परेवा लेऊ ।”
respondens Dominus sume inquit mihi vaccam triennem et capram trimam et arietem annorum trium turturem quoque et columbam
10 तिनले ती सबै उहाँकहाँ ल्याए र तिनीहरूलाई दुई-दुई फ्याक गरेर काटे अनि हरेक फ्याकलाई आमनेसामने गरी राखे, तर पक्षीहरूलाईचाहिँ तिनले दुई फ्याक पारेनन् ।
qui tollens universa haec divisit per medium et utrasque partes contra se altrinsecus posuit aves autem non divisit
11 शिकारी चराहरू सिनोहरूमाथि झम्टिँदा अब्रामले तिनीहरूलाई धपाए ।
descenderuntque volucres super cadavera et abigebat eas Abram
12 घाम डुब्न लाग्दा अब्राम अब्राम मस्न निद्रामा परे र हेर, तिनलाई गाढा र डरलाग्दो अन्धकारले छोप्यो ।
cumque sol occumberet sopor inruit super Abram et horror magnus et tenebrosus invasit eum
13 त्यपछि परमप्रभुले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू तिनीहरूको आफ्नो नभएको (अर्काको) मुलुकमा प्रवासी हुनेछन् र तिनीहरूलाई चार सय वर्षसम्म दास बनाइनेछन् र अत्याचार गरिनेछन् ।
dictumque est ad eum scito praenoscens quod peregrinum futurum sit semen tuum in terra non sua et subicient eos servituti et adfligent quadringentis annis
14 तिनीहरूले सेवा गरेको देशको मैले न्यान गर्नेछु र त्यसपछि तिनीहरू प्रशस्त धन-सम्पत्तिहरूसहित निस्केर आउनेछन् ।
verumtamen gentem cui servituri sunt ego iudicabo et post haec egredientur cum magna substantia
15 तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्तिमा जानेछस् र तँलाई वृद्धवस्थामा दफन गरिनेछ ।
tu autem ibis ad patres tuos in pace sepultus in senectute bona
16 तिनीहरू चौथो पुस्तामा फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्मको सिमा अझै पुगेको छैन ।”
generatione autem quarta revertentur huc necdum enim conpletae sunt iniquitates Amorreorum usque ad praesens tempus
17 सूर्य अस्ताउँदा र साँझ पर्दा, हेर, धूवाँ आइरहेको मकल र बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बिच भएर गयो ।
cum ergo occubuisset sol facta est caligo tenebrosa et apparuit clibanus fumans et lampas ignis transiens inter divisiones illas
18 त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ-
in die illo pepigit Dominus cum Abram foedus dicens semini tuo dabo terram hanc a fluvio Aegypti usque ad fluvium magnum flumen Eufraten
19 केनीहरू, कनज्जीहरू, कदोनीहरू,
Cineos et Cenezeos et Cedmoneos
20 हित्तीहरू, परिज्जीहरू, रपाईहरू,
et Hettheos et Ferezeos Rafaim quoque
21 एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू र यबूसीहरूलाई दिन्छु ।
et Amorreos et Chananeos et Gergeseos et Iebuseos