< उत्पत्ति 14 >
1 यो अम्रापेल, एल्लासारका राजा अर्योक र एलाममा राजा कदोर्लाओमेर र गोयीमका राजा तिदालको समयमा भएको थियो ।
En los días de Amrafel, rey de Sinar; Arioc, rey de Elasar; Quedorlaomer, rey de Elam; y Tidal, rey de Goim,
2 तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अद्माका राजा शिनाब, सबोयिमका राजा शेमेबेर र बेला (अर्थात् सोअरका) विरुद्ध युद्ध गरे ।
hicieron la guerra a Bera, rey de Sodoma; a Birsa, rey de Gomorra; a Sinab, rey de Adma; a Semeber, rey de Zeboim; y al rey de Bela (también llamado Zoar).
3 यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए ।
Todos ellos se unieron en el valle de Sidim (también llamado Mar Salado).
4 तिनीहरूले बाह्र वर्षसम्म कदर्लाओमेरको सेवा गरे तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे ।
Sirvieron a Quedorlaomer durante doce años, y en el año trece se rebelaron.
5 अनि चौधौँ वर्षमा, कदोर्लाओमेर र तिनीसित भएका राजाहरू आए र अस्तेरोत-केर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,
En el decimocuarto año Quedorlaomer y los reyes que estaban con él vinieron y golpearon a los refaítas en Astarot Karnaim, a los zuzim en Ham, a los emim en Save Quiriataim,
6 र होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको एल-पारानसम्म आक्रमण गरे ।
y a los horeos en su monte Seir, hasta El Paran, que está junto al desierto.
7 त्यपछि तिनीहरू फर्के र एन-मिशपातमा (अर्थात् कादेशमा) आए अनि अमालेकीहरूका सबै देशहरू र हासेसोन-तामारमा बस्ने एमोरीहरूलाई पराजीत गरे ।
Volvieron y llegaron a En Mispat (también llamado Cades), y atacaron todo el país de los amalecitas, y también a los amorreos que vivían en Hazazón Tamar.
8 त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयिमका राजा र बेला (अर्थात् सोअरका) राजा निस्के अनि सिद्दीमको बेँसीमा युद्धको निम्ति तयार भए ।
Salieron el rey de Sodoma y el rey de Gomorra, el rey de Adma, el rey de Zeboim y el rey de Bela (también llamada Zoar), y prepararon la batalla contra ellos en el valle de Sidim
9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक; पाँच राजाका विरिद्ध चार राजा ।
contra Quedorlaomer, rey de Elam, Tidal, rey de Goim, Amrafel, rey de Sinar, y Arioc, rey de Elasar; cuatro reyes contra los cinco.
10 सिद्दीमको बेँसी अलकत्राको धापले भरिएको थियो, र सदोम र गमोराका राजाहरू भागे, तिनीहरू त्यसमा खसे । बाँकी रहेकाहरू पहाडतिर भागे ।
El valle de Sidim estaba lleno de pozos de brea, y los reyes de Sodoma y Gomorra huyeron, y algunos cayeron allí. Los que quedaron huyeron a las colinas.
11 यसैले राजाहरू सदोम र गमोराका सबै मालसामानहरू, तिनीहरूका रासनहरू लगे र आफ्नो बाटो लागे ।
Tomaron todos los bienes de Sodoma y Gomorra, y toda su comida, y se fueron.
12 जब तिनीहरू गए, तिनीहरूले अब्रामका भाइका छोरा लोतलाई पनि तिनका सबै मालसामानसँगै लगे, जो सदोममा बसोबास गरिरहेका थिए ।
Tomaron a Lot, el hijo del hermano de Abram, que vivía en Sodoma, y sus bienes, y se fueron.
13 उम्केर आएका एक जानले हिब्रू अब्रामलाई भने । तिनी एश्कोल र अनेरका भाइ मम्रेका फलाँटका रूखहरू नजिक बसिरहेका थिए, तिनीहरू सबै अब्रामका मित्रहरू थिए ।
Uno que había escapado vino y se lo contó a Abram, el hebreo. En aquel tiempo, vivía junto a los robles de Mamre, el amorreo, hermano de Escol y hermano de Aner. Eran aliados de Abram.
14 जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्ना घरमा नै जन्मेका तालिम प्राप्त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे ।
Cuando Abram se enteró de que su pariente estaba cautivo, sacó a sus trescientos dieciocho hombres entrenados, nacidos en su casa, y los persiguió hasta Dan.
15 तिनले आफ्ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे, जुन दमस्कसको उत्तर पर्छ ।
Se dividió contra ellos de noche, él y sus siervos, y los atacó, y los persiguió hasta Hoba, que está a la izquierda de Damasco.
16 तिनले आफ्ना सबै सम्पत्तिहरू पनि फिर्ता ल्याए र तिनका नातेदार र तिनका मालसामानहरू साथै महिलाहरू र अन्य मानिसहरू पनि ल्याए ।
Hizo volver todos los bienes, y también hizo volver a su pariente Lot y sus bienes, y también a las mujeres y a las demás personas.
17 अब्रामले कदोर्लाओमेर र तिनीसँग भएका राजाहरूलाई पराजित गरेर फर्केपछि, सदोमका राजा तिनलाई भेट्न शावेको (अर्थात् राजाको उपत्यका) उपत्यकामा गए ।
El rey de Sodoma salió a recibirlo después de su regreso de la matanza de Quedorlaomer y de los reyes que estaban con él, en el valle de Save (es decir, el Valle del Rey).
18 शालेमका राजा मल्कीसेदेकले रोटी र दाखमद्य लिएर आए । तिनी सर्वोच्चका पूजाहारी थिए ।
Melquisedec, rey de Salem, sacó pan y vino. Era sacerdote del Dios Altísimo.
19 तिनले उनलाई यसो भन्दै आशोष् दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नु हुने परमेश्वरले अब्रामलाई आशिष् दिनुभएको होस् ।
Lo bendijo y dijo: “Bendito sea Abram del Dios Altísimo, poseedor del cielo y de la tierra.
20 सर्वोच्च परमेश्वर धन्यको हौऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पनुभएको छ ।” तब अब्रामले तिनका सबै थोकको दशांश उनलाई दिए ।
Bendito sea el Dios Altísimo, que ha entregado a tus enemigos en tu mano”. Abram le dio la décima parte de todo.
21 सदोमका राजाले अब्रामलाई भने, “मानिसहरू मलाई देऊ र सबै मालसामानहरू आफैले लैजाऊ ।
El rey de Sodoma dijo a Abram: “Dame la gente y toma los bienes para ti”.
22 अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्च परमेश्वर, स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमप्रभुमा शपथ खाएको छु,
Abram dijo al rey de Sodoma: “He levantado mi mano a Yahvé, Dios Altísimo, poseedor del cielo y de la tierra,
23 मैले तपाईंबाट एउटा धागोम जुत्ताको फित्ता वा कुनै पनि कुरा लिनेछैन, ताकि 'मैले अब्रामलाई धनी बनाएको छु' भनी तपाईंले कहिल्यै भन्न सक्नुहुनेछैन ।
que no tomaré ni un hilo ni una correa de sandalia ni nada que sea tuyo, para que no digas: ‘Yo he enriquecido a Abram’.
24 मैले जवान मानिसहरूले खाएका र मसँग गएका मानिसहरूका भाग बाहेक कुनै कुरा लिनेछैन । आनेर, एश्कोल र मम्रेले आफ्ना भाग लेऊन् ।
No aceptaré nada de ti, excepto lo que hayan comido los jóvenes y la porción de los hombres que fueron conmigo: Aner, Escol y Mamre. Que tomen su porción”.