< उत्पत्ति 13 >
1 अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक लिएर मिश्रबाट माथि नेगेवतिर गए । लोत पनि तिनीसँगै गए ।
Et Abram monta d’Égypte vers le midi, lui, et sa femme, et tout ce qui était à lui, et Lot avec lui.
2 अब्राम पशुहरू, चाँदी र सुनमा धेरै धनाढ्य थिए ।
Et Abram était très riche en troupeaux, en argent et en or.
3 तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो ।
Et il s’en alla, en ses traites, du midi jusqu’à Béthel, jusqu’au lieu où était sa tente au commencement, entre Béthel et Aï,
4 तिनी आफूले पहिले नै बनाएका वेदी भएको ठाउँमा गए । यहाँ तिनले परमप्रभुको नाउँको पुकारा गरे ।
au lieu où était l’autel qu’il y avait fait auparavant; et Abram invoqua là le nom de l’Éternel.
5 अब्रामसँगै यात्रा गरिरहेका लोतका पनि भेडाबाख्रा र गाईवस्तुहरूका बथान र पालहरू थिए ।
Et Lot aussi, qui allait avec Abram, avait du menu et du gros bétail, et des tentes.
6 तिनीहरू दुवै नजिकै रहनलाई जमिनले धान्न सकेन, किनभने तिनीहरूका सम्पत्ति अत्यधिक थियो, यसैले तिनीहरू सँगै बस्न सकेनन् ।
Et le pays ne pouvait les porter pour qu’ils habitent ensemble; car leur bien était grand, et ils ne pouvaient habiter ensemble.
7 अब्राम र लोतका गाईवस्तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो । त्यस बेला त्यहाँ कनानीहरू र परिज्जीहरू बस्दथे ।
Et il y eut querelle entre les bergers des troupeaux d’Abram et les bergers des troupeaux de Lot. Et le Cananéen et le Phérézien habitaient alors dans le pays.
8 यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ ।
Et Abram dit à Lot: Qu’il n’y ait point, je te prie, de contestation entre moi et toi, et entre mes bergers et tes bergers, car nous sommes frères.
9 के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ । यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु । वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु ।”
Tout le pays n’est-il pas devant toi? Sépare-toi, je te prie, d’avec moi. Si [tu prends] la gauche, j’irai à droite; et si [tu prends] la droite, j’irai à gauche.
10 यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।)
Et Lot leva ses yeux et vit toute la plaine du Jourdain, qui était arrosée partout, avant que l’Éternel détruise Sodome et Gomorrhe, comme le jardin de l’Éternel, comme le pays d’Égypte, quand tu viens à Tsoar.
11 यसैले लोतले आफ्नो निम्ति यर्दनको बेँसी चुने र पूर्वतिर लागे अनि नातेदारहरू आपसमा छुटे ।
Et Lot choisit pour lui toute la plaine du Jourdain; et Lot partit vers l’orient. Et ils se séparèrent l’un de l’autre:
12 अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्ना पालहरू सदोमसम्म नै टाँगेर बसे ।
Abram habita dans le pays de Canaan, et Lot habita dans les villes de la plaine, et dressa ses tentes jusqu’à Sodome.
13 सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्ट पापीहरू थिए ।
Or les hommes de Sodome étaient méchants, et grands pécheurs devant l’Éternel.
14 लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “तँ उभिएको ठाउँदेखि उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर् ।
Et l’Éternel dit à Abram, après que Lot se fut séparé de lui: Lève tes yeux, et regarde, du lieu où tu es, vers le nord, et vers le midi, et vers l’orient, et vers l’occident;
15 तैँले देखेका यी सबै भूमि, म तँलाई र तेरा सन्तानहरूलाई सदाको निम्ति दिनेछु ।
car tout le pays que tu vois, je te le donnerai, et à ta semence, pour toujours;
16 म तेरा सन्तानहरूलाई पृथ्वीका धुलो जत्तिकै प्रशस्त बनाउनेछु, यसैले कसैले पृथ्वीको धूलोलाई गन्न सक्छ भने मात्र तेरा सन्तानहरूलाई गन्न सक्नेछ ।
et je ferai que ta semence sera comme la poussière de la terre; en sorte que, si quelqu’un peut compter la poussière de la terre, ta semence aussi sera comptée.
17 उठ्, भूमिको चारैतिर हिँड्, किनकि यो म तँलाई दिनेछु ।”
Lève-toi, et promène-toi dans le pays en long et en large, car je te le donnerai.
18 यसैले अब्रामले आफ्नो पाल उठाए र मम्रेका फलाँटका रूखहरू नजिकै बसोबास गरे, जुन हेब्रोन थियो र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी निर्माण गरे ।
Et Abram leva ses tentes, et vint et habita auprès des chênes de Mamré, qui sont à Hébron; et il bâtit là un autel à l’Éternel.